पाल्पा ।। जिल्लाकाे बगनासकाली गाउँपालिकाकाे कृषि प्राविधिक र वडा ८ का अध्यक्ष कृषकहरूकाे घरमै पुगेर कृषकहरूले सामुहिक रूपमा लगाएका तरकारी अनुगमन गर्नु भएको छ । देश कृषि प्रधान हुदा हुँदै पनि कृषिमा अाधुनिकरण हुन नसक्दा साेचे जस्तो प्रतिफल पाउन सकिएको छैन तर देशमा स्थानिय सरकार अाइसके पछि अहिले स्थानीय सरकारले जनताकाे प्रत्यक्ष सम्पर्कमा रहेर काम गरेको छ ।
त्यस्तै बगनासकाली गाउँपालिकाले पनि पालिकाका सबै वडाहरूलाई कृषिमा अात्म निर्भर बनाउनका लागि याेजनाका साथ अगाडि बढेको गाउँपालिका अध्यक्ष कृष्ण बस्यालकाे भनाई छ । पालिकालाई माैरी पालन पकेट क्षेत्र बनाउन माैरी घार वितरण,बाख्रा पालन हुने ठाउँमा बाख्रा पाठापाठी,बगुरका पाठापाठी वितरण तथा तरकारी खेती हुने ठाउहरूमा तरकारीका बीउ विजन वितरण,कृषि अाैजारहरू वितरण ,तालिम प्रदान जस्ता कार्यक्रमहरू सञ्चालन भएको बताउनु भयाे । यस्तै गाउँपालिकाकाे वडा न ८ काे बराङ्दिमा कृषकहरूले सामुहिक रूपमा गरिएको तरकारीको अनुगम गरिएको गाउपालिकाकि प्रविधिक निशा मरासिनीले बताउनु भयाे ।
कृषकले सामृहिक रूपमा लगाएको काउली, अालु,टमाटर,प्याज लगाएतका तरकारीको अनुगमन गरिएको हाे । वडा अध्यक्ष गणेश प्रसाद बस्याले अहिले बगनासकाली गाउँपालिका वडा न ८ ले कृषिमा अात्मनिर्भर हुनका लागि कृषिहरूलाई समूह गठन गरि सामुहिक तरकारी खेतीकाे अवधारणा अगाडिको सारिएको बताउनु भयाे । त्यस्तै वडाले कृषकहरूलाई उत्साहित गर्नका लागि उत्कृष्ट हुनेलाई १० हजार पुरस्कार पनि दिइने बताउनु भयाे । अनुगमनमा वडा सचिव ,कृषि संयाेजकर कृषि संजाल समितिकाे उपस्थिति रहेको थियाे ।