पल शाहको वास्तविक नाम धेरैलाई थाहा नहुन सक्छ । उनको नाम पूर्ण विक्रम शाह हो । उनी पछिल्लो समय निकै चर्चीत नायक हुन् । उनी सामाजिक कामका लागि पनि अगाडी सर्छन । कोरोना फैलन नदिन सरकारले लकडाउनके घोषणा गरेपछि उनले फिल्म क्षेत्रका प्राविधिकहरुलाई राहत दिने घोषणा गरे । उनले ५ लाख रुपैया बराबरको राहत पनि बाँडीसकेका छन् । १६ वर्षको उमेरमा एसएलसी पास भएपछि उनी थप अध्ययन गर्न काठमाडौं आए ।