लुम्बिनी प्रदेशमा माओवादीका जाेखबहादुर महरा मुख्यमन्त्री नियुक्त भएका छन्।
आज चैत्र २३ गते प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेश सभा सदस्य तथा माओवादिका दलका दलनेता जोखबहादुर महरालाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरेका छन ।
प्रदेश प्रमुख शेरचन समक्ष ने.क.पा. (माओवादी केन्द्र), लुम्बिनी प्रदेश संसदीय दलका नेता जोखबहादुर महराले लुम्बिनी प्रदेश सभाको तत्काल कायम रहेको प्रदेश सभा संख्या मध्ये विभिन्न संसदीयदलहरुबाट ४८ जनाको हस्ताक्षरसहित दुई भन्दा बढी दलहरुको समर्थनमा लुम्बिनीको पाचाैँ मुख्यमन्त्री नियुक्त भएका हुन ।
फागुन २३ गते काङ्ग्रेस नेतृत्व सरकारकाे समर्थन फिर्ता लिएपछि कांग्रेसका मुख्यमन्त्री डिल्ली चौधरी अल्पमतमा परेपछि चैत्र २१ गते उनले सरकारकाे मुख्यमन्त्री पदबाट राजिनामा दिएका थिए । माओवादी संसदीय दलका नेता महरालाई नेकपा एमाले , जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति , स्वतन्त्र गरी ५ दलको समर्थनमा मुख्यमन्त्रीकाे नियुक्ति भएका हुन ।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन चाहिन्छ। लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्तिका ४/४ जनमत, जसपा र लोसपाका ३/३, जनमोर्चा र एकीकृत समाजवादीका १/१ तथा १ जना स्वतन्त्र सांसद छन्।