वैशाख १०, बुटवल । म्याप्ल इन्टरनेसनल एजुकेसनले आफ्नो तेस्रो शाखा बुटवलको चौराहामा उद्घाटन गरेको छ। आईतबार एक उद्घाटन कार्यक्रम गरेर उक्त शाखा सुरु भएको हो ।
नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)का केन्द्रिय अध्यक्ष सेशराज भट्टराईले रिबन काटेर उक्त शाखाको उद्घाटन गर्नु भएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टराईले म्याप्ल इन्टरनेसनल एजुकेसनको अन्य शाखाझैँ यस शाखाले पनि आफ्नो सेवालाई अझै विस्वासिलो र प्रगाड बनोस सुभकामना दिदै इक्यान साथ र सहयोग प्रदान गर्न सदैव तयार रहेको बताउनु भयो ।
कार्यक्रममा नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)का केन्द्रिय प्रथम उपाध्यक्ष लक्ष्मन पौडेल (एन्ड्रयू), रुपन्देही जिल्ला सचिब गोविन्द बस्नेत ,नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) रुपन्देही शाखा अध्यक्ष गिरिराज पाण्डे , UCW क्यानाडाका नेपाल प्रतिनिधि नेत्र प्रसाद कोइराला लगायत विभिन्न एजुकेसनल कन्सल्ट्यान्सीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
“वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई सही परामर्श र सल्लाह दिई राष्ट्रिय स्तरमा नाम चलेको एजुकेसनल कन्सल्ट्यान्सीका रुपमा स्थापित म्याप्ल इन्टरनेसनल एजुकेसनको नयाँ शाखा रुपन्देहीको बुटवलमा आउनु विद्यार्थीहरुकालागि अझै राम्रो हुने” धारणा नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) रुपन्देही शाखा अध्यक्ष गिरिराज पाण्डेले व्यक्त गर्नु भयो ।
कार्यक्रममा बोल्दै म्याप्ल इन्टरनेसनल एजुकेसनका प्रबन्ध निर्देशक इश्वर ढकालले २००७ मा स्थापना भएको म्याप्ल इन्टरनेसनल एजुकेसन आज आफ्नो तेस्रो शाखा रुपन्देहीको बुटवलमा उद्घाटन गर्न पाउदा खुसि व्यक्त गर्दै अन्य शाखाझैँ साथ र सहयोग यस शाखाले पनि पाउनेमा विस्वस्त रहेको बताउनु भयो ।
काठमाडौँमा केन्द्रिय कार्यालय रहेको म्याप्ल इन्टरनेसनल एजुकेसन, पोखरामा दोस्रो र बुटवलमा तेस्रो शाखाले नेपाली विद्यार्थीलाई अष्ट्रेलिया, न्युजिल्यान्ड, युके, क्यानडा, युएसए, फ्रान्स, डेनमार्कलगायत युरोपियन देशहरूमा उच्च शिक्षा अध्ययन गर्न पठाउने उद्देश्यले म्याप्ल इन्टरनेसनल एजुकेसनको बुटवल शाखा स्थापना गरिएको शाखा प्रमुख एवं A-Priori Education Foundation द्वारा व्यवस्थापन गरिएको बताउनुभएको छ।