रुपन्देहीको तिलोत्तमामा आज देखी प्रथम दलित ज्ञान उत्सव सुरु भएको छ । तिलोत्तमा नगरपालिका र दलित रिडर्सकाे संयुक्त आयोजनामा उक्त कार्यक्रम सुरु भएकाे हो । आजदेखी सुरु भएकाे कार्यक्रम तिन दिन सम्म चल्ने छ ।
कार्यक्रमकाे उद्धघाटन सत्रलाई संबाेधन गर्दै प्रमुख अतिथि तिलोत्तमाका नगरप्रमुख रामकृष्ण खाँणले दलित समुदाय सिपकाे खानी र आविष्कारकाे उपज भएकाे बताए । उनले भने जातिय बिवेद मानव सभ्यताकाे कलंक हाे यसले सभ्य समाज निर्माणमा बाधा पुर्याउँछ त्यसकारण हामी हाम्राे चेतना स्तरलाई परिवर्तन गर्न जुरुरि छ । उनले विभेद रहित समाज निर्माण र सभ्य नगरिपालिकाकाे निति अबलम्वन गरेर सामाजिक न्याय, समानता र विभेदका विरुद्ध तिलोत्तमा नगरपालिका अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे । बुद्धकाेभूमि रुपन्देहीकाे तिलाेत्तमाबाट जातिय विभेदका विरुद्ध सन्देश दिने गरी प्रथम दलित ज्ञान उत्सवकाे आयाेजना गरियाे यस्ताे कार्यक्रम देश भरका स्थानीय तहहरुले अभियानकै रुपमा चलाउनुपर्ने खाणँले बताए ।
त्यस्तै कार्यक्रमका बिशिष्ट अतिथि उपप्रमुख जागेश्वरी देबी चाैधरीले दलित समुदायकाे काम पेशा र सिपले समाजिक न्यायमा महत्त्वपुर्ण भुमिका खेलेकाे छ हामीले त्याे सिप र पेशालाई सधै सम्मान गर्नुपर्छ । उनिहरुकाे सिपले पनि देशकाे अर्थतन्त्रमा केहि हदसम्म टेवा पुर्याएकाे छ यसकारण पनि विभेद रहित समाज निर्माणका लागी हामी सबैले देशकाे,संबिधान र कानुनमा रहेका बिषयलाई अनुसरण गर्दै विभेद रहित समाज निर्माण लाग्नुपर्छ । यस ज्ञान उत्सवले विभेद रहित समाज र समतामुलुक देश बनाउने अभियानमा थप टेवा पुग्ने विश्वास समेत व्यक्त गरिन ।
आज देखी सुरु भएकाे ज्ञान उत्सव १६ गतेसम्म चल्ने छ । ज्ञान उत्सवमा देशभरबाट दलित अगुवाहरुको लगायत समाजिक अभियन्ताहरुकाे बिभिन्न क्षेत्रका विज्ञहरुकाे सहभागिता रहकाे छ। ज्ञान उत्सवको मुख्य विषय “नेपालमा जातीय अर्थतन्त्र” हुने भए पनि ज्ञानको जात शास्त्र, निजी क्षेत्रमा आरक्षण, दलित लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय, दलित राजनीतिक तथा सामाजिक आन्दोलन, कला–साहित्य र चलचित्र, दलित उद्यम र मिडियाको लोकतन्त्र लगायतका विविध सम–सामयिक बिषयमा छलफल हुने आयाेजकले बताए ।