गुल्मी ,
श्री कङ्के देउराली आधारभुत विद्यालय मदाने गाउँपालिका-६, पुर्कोट दह गुल्मीमा आज एक विशेष कार्यक्रमका साथ शैक्षिकसत्र २०८० को बार्षिक परिक्षाको नतिजा प्रकाशित भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री भोजबहादुर कुँवरको सभापतित्वमा कार्यक्रम सुरु भएको थियो भने विशेष अतिथी मदाने गा.पा. वडा नम्बर ६ वडा अध्यक्ष मनिराम थापा अन्य अतिथिहरुमा मदाने गा.पा. कार्यपालिका सदस्य तथा महिला वडा सदस्य-६ सुर्यकुमारी कुँवर , वडा सदस्य-६ वसन्त कुँवर, मदन कुवर, हुम ब. कुवर,ओम ब.के.सी., लगायतका रहनु भएको थियो। सोहि कार्यक्रममा उपस्थित सम्पुर्ण महानुभाबहरुलाई कक्षा ७ का छात्रा समिक्षा नेपालीले स्वागत मन्तव्य राखेकी थिइन भने अन्य कलाकार विद्यार्थीहरुले स्वागत गित र नृत्यबाट स्वागत गरेका थिए।
साथै सोही कार्यक्रममा शिक्षक टंक सेन ओली , वि. व्य.स. हुम ब. कुवर , मदन कुवर , प्रेम जि.सी. लगायतले विद्यालयको राम्रो कार्यको प्रशंसा गर्दै सफल विद्यार्थीहरुलाई बधाई तथा असफल विद्यार्थीहरुलाई आगामी दिनहरुमा थप मेहनत गर्न हौसला प्रदान गर्नु भएको थियो। विद्यालयका विभिन्न विधामा पुरस्कृत ८९ जना विद्यार्थीहरुले प्रमुख अतिथिबाट पुरस्कार ग्रहण गरेका थिए साथै यसै अवसरमा छिमेकी विद्यालयका विभिन्न प्रतियोगितामा सहभागीता जनाई विजय हासिल गर्न सफल विद्यार्थीभाईबहिनीहरुलाई पनि पुरस्कार द्वारा सम्मानित गरिएको थियो।
शिक्षक रमेश विकको सञ्चालनमा सुरुभएको कार्यक्रममा विद्यालयका गतिविधिको बारेमा स्पष्ट पार्दै आगामी शैक्षिकसत्रमा विद्यालयले गर्ने निति तथा कार्यक्रमको बारेमा विद्यालयकी प्र.अ. सिर्जना कुँवरले जानकारी गराउनु भएको थियो ।