बुटवलमा मङ्गलबार देखी सुरु भएको भलिबल प्रतियोगिता आज समापन भएको छ । राष्ट्रका लागि खेलकुद , स्वास्थ्यका लागि खेलकुद भन्ने नारा सहित सहिद स्मृति खेलकुद अन्तरगर्त भलिवल प्रतियोगिता २०८१ तथा खेलाडि सम्मान कार्यक्रम मंगलवार लुम्बिनी भिजन युवा क्लव रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालीकाको सहयोगमा वुटवलको सुख्खा नगरमा रहेकाे एभरेष्ट वाेडिङ्ग स्कुलकाे मैदानमा खेल प्रतियोगिताको चलिरहेको थियो ।
उक्त खेल प्रतियोगितामा रुपन्देही जिल्लाभरबाट १३ खेलडी समूहको सहभागीता रहेको थियो। आज भएको फाइनल खेलमा शहिद स्मृति क्लब बुटवल ३५ हजार नगद राशिको पुरस्कार सहित प्रथम भएको छ भने महिला समूह तर्फ शहिद स्मृति क्लब देवदह प्रथम भएको छ त्यस्तै शहिद स्मृति क्लब मोतिपूर ३० हजार पुरस्कार सहित द्धितिय भएको छ भने महिला समूह तर्फ पनि तिलाेत्तमा सहिद प्रतिष्ठान द्धितिय भएको छ , देवदह शहिद स्मृति प्रतिष्ठान २५ हजार सहित तितृय र लुम्बिनी भिजन युवा क्लवले २० हजार राशिको पुरस्कार सहित सन्तवना स्थान प्राप्त गरेका छ ।
त्यस्तै समापन कार्यक्रममा बुटवल उपमहानगरपालीका भित्र रहेका राष्ट्रिय खेलाडिहरुलाई पनि सम्मान गरिएको थिए।
समापन कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले एउटा राष्ट्रिय नेताले गरेको काम भन्दा युवाहरु र खेलकुदको विकासले खेलाडी मात्र नभएर देशको समेत पहिचान बनाउने र अन्तर्राष्ट्रिय रुपमै गाैरव बढाउने बताए । बुटवलमा सुरु भएको भलिबल खेलले खेलडीहरुको खेल क्षमताको विकाससँगै प्रदेशकै पहिचान बनाउने हुदाँ तिनै तहका सरकाले युवा र खेलकुदमा लगानी गर्न आवश्यक रहेको बताए।
खेल क्षेत्रमा स्थानिय सरकारले लगानी गर्नु र यस्ता कार्यक्रम आयाेजना गर्नुले स्थानिय युवाहरुमा एकरुपता ल्याउन सहयाेग पुग्ने बताए। युवा र खेल क्षेत्रमा पनि संघ र प्रदेश सरकारले स्थानिय तह सगँ सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्ध व्यक्त गरे ।
साेहि क्लबका अध्यक्ष नारायण जिसिले युवाहरुको उर्जा र क्षमता प्रयाेग गरी राष्ट्र निर्माणमा युवा जनशक्ति परिचालन गर्न उद्धेश्य लिएर लुम्बिनी भिजन युवा क्लवले यस्ता कार्यक्रम निरन्तर गर्ने र भोलिका दिनहरुमा पनि सबै युवाहरुको अभिभावकत्व बहन गर्ने गरी अगाडि बढेको बताए । सहिदहरुको त्याग, तपस्या र बलिदानीको स्मरण गर्दै खेल मार्फत समाजमा छरिएर रहेका युवाहरुलाई एकिकृत गर्ने प्रयासमा क्लव जुटेको बताए । युवाहरुलाई बिदेश पलायन हुनबाट राेक्न र युवाको क्षमतालाई पहिचान गरी युवा क्षमता र दक्षतालाई स्वदेशमै टिकाउन र बिकाउन पनि यस्ता खालका खेलहरुमा लगानी गरी युवा लक्षित कार्यक्रम बेलाबेलामा आयाेजना गर्नुपर्ने अध्यक्ष जिसिले बताए ।
उक्त कार्यक्रममा लुम्बिनी भिजन युवा क्लवका उपाध्यक्ष एवं कार्यक्रम संयाेजक माधव वस्नेतले स्वागत गरेका थिए भने सञ्चालन सचिव दिपक भण्डारीले गरेका थिए । आयाेजक क्लवका पदाधिकारी तथा अन्य समाजसेवि व्यक्तित्वहरु खड्ग काैसल ,गाेपाल रेस्मि र महिला अगुवा तथा समाजसेवि एकता थापा लगायतले कार्यक्रम अबधि भर सहयाेग गरेका थिए ।