कपिलवस्तु , २३ पुस ।
कपिलवस्तु जिल्ला काे कपिलवस्तु नगरपालिका वडा नं २ कुदान स्थितमा खटिएको प्रहरी टोलीले अबैध रुपमा भारत बाट नेपाल तर्फ ल्याउदै गरेको अबैध समान प्रहरीले द्वारा बरामद गरिएको छ । प्रहरी टोलीले भारतबाट भन्सार छली चोरी पैठारी गरि नेपाल तर्फ ल्याई बेवारिसे अवस्थामा छाडेको सुट कपडा ८० मिटर , पायन्ट ४४ मिटर , चिनी २०० के.जी , तेल २३ लिटर , ग्यास चुलो ५ थान , बिस्कट , सुर्ती , बनारसी आसिक ३४ प्याकेट गरी जम्मा अनुमानित मुल्य रु १,२५,००० ।– (एकलाख पचिस हजार ) बराबरको अबैध समानहरु नियन्त्रणमा लिएको कपिलवस्तु का एस. पी. नवराज अधिकारीले जानकारी दिनु भयो ।
अबैध समानहरु आवश्यक कार्वाहीको लागि सुठौली भन्सार कार्यालय मा पठाइएको प्रहरीले जानकारी दिइएको छ ।