काठमाडौं – अमेरिका एक नेपालीले गोली हानी नेपालीकै हत्या गरेका छन् ।
अमेरिकाको न्युजर्सीमा २३ वर्षीय मिलन घिमिरेले ५६ वर्षीया फु छेवाङको हत्या गरेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
न्युजर्सीस्थित ग्यास स्टेसनमा काम गर्ने मिलनले छेवाङलाई गोली प्रहार गरेपछि अमेरिकी इमर्जेन्सी नम्बर ९११ मा फोन गरेर मैले भर्खरै एक जनालाई गोली प्रहार गरेको छु भनेर आफैले खबर गरेका थिए ।
मिलनलाई ब्रोङ्स प्रहरीले पक्राउ गरि थप अनुसन्धान गरिरहेको बताएका छन् ।