काठमाडौं । भारतीय वैज्ञानिकहरुले पुरुषका लागि पनि गर्भनिरोधक सुई बनेको दाबी गरेका छन् । भारतको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चका वैज्ञानिकहरुले पुरुष गर्भनिरोधक सुइ बनाएका हुन् ।
यो सुई एक पटक लगाउँदा १५ वर्षसम्म बच्चा नहुने दाबी गरिएको छ । सुई आविष्कारमा संलग्न वैज्ञानिक डाआर एस शर्माका अनुसार यो सुईले एक पटक लगाए १५ वर्षसम्म असर गर्ने बताए ।
भारतको विभिन्न राज्यमा यो सुई प्रयोगमा आइसकेको भारतीय सञ्चारमाध्यहरुले जनाएका छन् । दिल्ली, हिमाञ्चल, जम्मू, पञ्जाब र राजस्थानमा यसको परीक्षण गरिसकेको छ । समाचार रिपोर्टका अनुसार एक पटक संगीनी सुई लगाएर महिलाहरु तीन महिनासम्म ढुक्क भए झैं यो सुइ लगाएपछि पुरुषहरु पनि १५ वर्षसम्म ढुक्क हुन सक्नेछन् ।