काठमाडौं – बुधबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार तोलामा एक सय रुपैयाले घटेको सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले घटेको हो ।
मंगलबार प्रतितोला ९० हजार ६ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ९० हजार रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ८९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।त्यस्तै आज चाँदीको मूल्यपनि घटेर तोलाको १ हजार २ सय ९० रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।