अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले आफ्नो ७औं अधिवेसनलाई लक्षित गरि सदस्यता वितरण गरेको छ ।
जसमा अर्घाखाँचीबाट विभिन्न पेसा ब्यबसायमा दक्षिण कोरिया आएका २८३ जनाले सदस्यता लिएका छन ।
विशिष्ट सदस्य र साधारण सदस्य गरि २ प्रकारमा वितरण गरिएकोमा ४८ जनाले विशिष्ट र २३५ जनाले साधारण सदस्यता लिएका छन । यसमा सबैभन्दा धेरै भुमिकास्थान नगरपालिकाबाट १४४ जना र सबैभन्दा कम पाणिनि गाऊॅंपालिकाबाट १२ जना मात्र दक्षिण कोरियामा रहेका तथ्याङ्क ले देखाएको छ । गुगल फारम मार्फत आफ्नो विवरण दर्ता गराई उक्त सदस्यता लिन सकिने ब्यबस्था मिलाईएको थियो । साधारण सदस्यताको लागि १० हजार वन र विशिष्ट सदस्यताको लागि ३० हजार वन शुल्क तोकिएको सदस्यता वितरण कार्यक्रम मा संयोजक आविष्कार घिमिरेले जानकारि दिनुभयो ।। अधिबेशनको ३ दिन आगाडीसम्म सदस्यता लिन पाइने भएकोले सदस्यता वितरण फेब्रुअरी २९ तारिक राती १२ बजेसम्म वितरण गरिएको संयोजक घिमिरेले बताऊनु भयो ।
सदस्यतामा भएको नाम थर ठेगाना लगायतका विवरणमा सच्चाउनको लागि मार्च २ तारिक दिऊॅंसो १२ बजे सम्म समय दिएर गलत भएका विवरण सच्चाईएको थियो ।
पालिकागत तथ्याङ्क यसप्रकार रहेको छ ।।
भुमिकास्थान नगरपालिका
साधारण सदस्य -१२८
विशिष्ट सदस्य -१६
मालारानी गाउपालिका
साधारण सदस्य -४०
विशिष्ट सदस्य -१६
पाणिनी गाउपालिका
साधारण सदस्य -८
विशिष्ट सदस्य -४
छ्त्रदेव गाउपालिका
साधारण सदस्य-११
विशिष्ट सदस्य -७
सितगॅंगा नगरपालिका
साधारण सदस्य -३४
विशिष्ट सदस्य -४
सन्धिखर्क नगरपालिका
साधारण सदस्य -१४
बिशिष्ट सदस्य -१ जना
जम्मा साधारण सदस्य = २३५ जना
जम्मा विशिष्ट सदस्य = ४८ जना
अर्घाखाँची सम्पर्क मञ्चको ७औं अधिवेसन भोलि आईतबार १० बजे तोंदेमुनमा हुदै छ ।।