जापानको तोकुशिमा प्रिफेक्चरको आवामा प्रहरीहरुले एक जना ४० उमेर समूहका पुरुषलाई पक्रिएका छन् । आफ्नै बाउलाई हम्मर अनि राइस कुकरले हानेर मारेको आशंकामा प्रहरीले ती पुरुषलाई पक्रिएका हुन् । यो घटना मार्च १ मा उनीहरुको घरमा भएको हो । पक्राउ पूर्जीका अनुसार संदिग्धको ८० कटेका पिताको टाउको र ढाडमा हिर्काएर हत्या गरिएको छ ।
बाउको हत्या गरेर उनले फुटोन म्याट्रेसभित्र लुकाएको आशंका प्रहरीको छ । प्रहरीले संदिग्धलाई सोमबार पक्राउ गरेको बताइएको छ । आफूले बाउलाई कुटेपनि मार्ने आशय भने नभएको उनले प्रहरीलाई बताएका छन् । हम्मर र राइस कुकरले नै हानेपछि मान्छे मर्दैन ? बाउ प्रति उनको मनमा तुष रहेको अनुसन्धानका क्रममा खुलेको छ ।
मानसिक रुपमा अस्थीर रहेको भन्दै प्रहरीले संदिग्धको नाम खुलाएको छैन । मार्च १ मा कल्याण अधिकारीहरुले संदिग्धको आमा चिच्चाइरहेको सुनेर प्रहरीलाई फोन गरेका थिए । तर प्रहरी घरमा पुग्दा संदिग्धको आमाको शवलाई पनि फुटोनमा बेरेर राखिएको थियो । आमा रोगका कारण मरेको संदिग्धले प्रहरीलाई भनेका थिए । उनको मृत्युको कारण पत्ता लगाउन अटोप्सी गरिँदैछ ।