नुवाकोटको विदुर नगरपालिकाकी २४ बर्षीया सुत्केरी सरिता न्यौपानेको मृत्युपछि आफन्तले चिकित्सकले लापरबाही गरेको आरोप लगाएका थिए । त्रिशुली अस्पतालमा सुत्केरीको मृत्यु घटनामा अस्पताल प्रशासन र बिरामीको आफन्तबीच अहिले सहमति भएको छ ।
छलफलमा उक्त घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्ने र नवजात शिशुको पालन पोषणका लागि ५ लाख रुपैयाँ दिने सहमति भएको छ । त्रिशुली अस्पतालका व्वस्थापन समितिका अध्यक्ष राजु पण्डित, नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापा, विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठ, मेडिकल सुपरिटेन्डेन्ट डा. दीपेन्द्र पाण्डे र मृतकका आफन्तबीच ६ बुँदे सहमति भएको छ ।
चिकित्सकले बच्चाको मुटुको धड्कन कम भएको र गर्भवतीको पेटमा पानीको मात्रा कम रहेकाले नर्मल डेलिभरी हुन नसक्ने भन्दै छिट्टै श-ल्यक्रिया गरेका थिए । तर, अप्रेसनमा ला-परबाही भएका कारण बिरामीलाई इन्फेक्सन भएको बिरामीको आफन्तको भनाइ छ । केही घण्टामै बिरामीको पेट दुख्न थाल्यो ।
अप्रेशन गरेको केही घन्टामा नै बिरामीको श्वासप्रश्वास समस्या भई थप उपचारका लागि आफन्तले दिँउसो १ बजे काठमाडौंको मनमोहन मेमोरियल शिक्षण अस्पताल पु¥याए । तर मनमोहनका चिकित्सिकले बिरामीको सबै अंगले काम गर्न छोडिसकेको भन्दै बाँच्ने सम्भावना कम रहेको बताएका थिए । केही छिनमै बिरामीको मृत्यु भयो ।
मृतकका श्रीमान् भीमसेन गजुरेलले चिकित्सकले शल्यक्रिया गर्दा लापरबाही गरेको र बिरामीको अवस्था गम्भीर भइसक्दा पनि रेफरमा ढिलाइ गरेको बताए । गजुरेल भन्छन् बिरामीको स्वास्थ्य एकदमै बिग्रिएकाले काठमाडौं ल्याइयो । तर, अघिल्लो दिनमै बिरामीलाई काठमाडौं ल्याउन सकिएको भए बाँच्ने रहेछिन्’। सहमति निर्णयहरु यस्ता छन् ।