• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन १०, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      नेता कंडेललाई कारवाहीको माग

      ४ दिन अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      ४ दिन अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      ५ दिन अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      ६ दिन अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      ६ दिन अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      १ हफ्ता अघि

      संविधान दिवसकाे अवसरमा राप्तीमा नि:शुल्क स्वास्थ्य शिविर १६० बढीले लिए स्वास्थ्य सेवा

      १ हफ्ता अघि

      मायादेवी मन्दिरको रिडिजाइन हुने उपाध्यक्ष लामा र थाई फुङ थाई प्रमुख बीच भेटवार्ता

      १ हफ्ता अघि

      नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

      १ हफ्ता अघि

      मुख्य न्यायधिवक्ताको कार्यालयद्धारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश

      १ हफ्ता अघि

      महिला सशक्तिकरणका मुद्दाहरु उठाएर तिज पर्व मनाओैँ

      १ हफ्ता अघि

      समाज रुपान्तरणको मुख्य संवाहक वाईसीएल : नेता पुन

      २ हफ्ता अघि

      दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

      २ हफ्ता अघि

      अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

      २ हफ्ता अघि

      माओवादी केन्द्र मायादेवी गाउँपालिकाको पार्टी कमिटि पुनर्गठन

      २ हफ्ता अघि
    in
    आज: २०८० आश्विन १०, बुधबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / गण्डकी

    गाउँलेको रकमसमेत लिएर ठेकेदार बेखबर

  • २०७९ पौष २, शनिबार (९ महिना अघि)
  • ९८७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    बागलुङ — नियमित काम भएको भए २०७५ मा मध्यपहाडी लोकमार्गको अक्षेते घोडाबाँधे सडक कालोपत्र भइसक्थ्यो । तर निर्माण कम्पनीले पेटी ठेकेदारमार्फत काम लगाएर अलपत्र पारेका छन् ।

    फेसबुकमा पछ्याउनुहोस्

    सूर्य कन्स्ट्रक्सनले सात वर्षअघि ठेक्का लिएर सहायक ठेकेदारका रूपमा श्रेष्ठ निर्माण तथा ढुवानी सेवालाई जिम्मा दिएको थियो । ढुवानी सेवा कम्पनीका प्रमुख रामकाजी श्रेष्ठ आधाभन्दा बढी काम नसकी भागेका छन् । उनले स्थानीयबाट समेत लाखौं रकम सापटी भन्दै उठाएर सम्पर्कविहीन भएका हुन् ।
    उनी भागेपछि सडक निर्माणको काम त अलपत्र परेको छ नै, स्थानीयसमेत ठगिएको भन्दै चिन्तित बनेका छन् । ठेक्का लिएको १३ किमि सडक खण्डको ७ वर्षमा ७ किमि मात्रै कालोपत्र भएको छ । यतिबेला कालोपत्र गरिएको खण्ड पनि जीर्ण भइसकेको छ ।

    निर्माण अलपत्र परेपछि हिउँदमा पनि खाल्डाखुल्डीले हैरान दिएको छ । ‘मध्यपहाडी लोकमार्ग भनेर के गर्नु ? धूलो र खाल्डाखुल्डीले हैरानी खेप्नुपरेको छ’ काठेखोला गाउँपालिका–६ का अध्यक्ष बृहस्पति कँडेलले भने, ‘राजमार्गमा ट्याक्सी लिएर हिँड्न सक्ने अवस्था छैन ।’

    इनारपानी र ठूलोढुंगा खण्डमा हिलो र खाल्डा बढी छन् भने बिहुँपोखरा र रिजाल चोक खण्डमा कालोपत्र भत्केर धुलाम्य भएको उनले बताए । श्रेष्ठले २५ करोड रुपैयाँमा उक्त सडक ठेक्का लिएका थिए ।

    श्रेष्ठ चेक बाउन्स मुद्दामा थुनामा परेको कम्पनीका लेखापाल टेकप्रसाद दाहालले बताए । उनका अनुसार श्रेष्ठ आएपछि मात्रै कामले गति लिनेछ । ‘विशेष कारणले उहाँ सम्पर्कबाट बाहिर हुनुहुन्छ, तर पनि कतिपय काम गरिरहेका छौं,’ उनले भने, ‘असार मसान्तभित्र काम सक्छौं ।’

    कालोपत्र गर्ने सामग्री खरिद र ढुवानी गर्ने भन्दै श्रेष्ठले स्थानीयसँग १ लाखदेखि ७ लाख रुपैयाँसम्म सहयोग मागेको तर नतिरेको आरोप लागेको छ । ‘मबाट ३ लाख रुपैयाँ लगेर एक रुपैयाँ पनि फिर्ता गरेका छैनन्’ स्थानीय डिलकुमारी कँडेलले भनिन्, ‘खेती किसानी गरेर बसेका हामीबाट पैसा लगेर हराएका छन्, उनले काम गर्ने पत्यार लाग्दैन ।’

    लगेको ऋण मात्र फिर्ता गरिदिए पनि राम्रो हुने उनले बताइन् । अर्का एक स्थानीयले ७ लाख रुपैयाँ लगेर कुनै लिखित भर्पाईसमेत नगरेको र फिर्ता पनि नगरेको गुनासो गरे । कर्मचारी र कामदारले खाएको खर्चको पनि ठेकेदारले हिसाबकिताब नगरेको एक होटल सञ्चालकले बताए । बिहुँको पोखरा बस्तीका अधिकांश घरबाट श्रेष्ठले रकम सापटी लगेर फिर्ता नगरेको गुनासो छ ।

    दैनिक २ सय बढी सवारी गुड्दा घरबारीको तरकारी र सुन्तला धूलोले ढाकेको छ । ‘बारीको तरकारी पनि शुद्ध खान पाएका छैनौं,’ स्थानीय लालमाया पुनले भनिन्, ‘घरभित्रै धूलोले सास्ती खेपेका छौं ।’ यो सडकमा अहिले रुकुम पूर्व र पश्चिमदेखिका बस र अन्य सवारीसमेत गुड्न थालेका छन् । समयमा काम नसके ठेकेदारको नाम कालोसूचीमा राखेर कारबाही गर्ने मध्यपहाडी लोकमार्ग आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले बताए ।

    ‘हामीले कालोसूचीमा राखेर कारबाही किन नगर्ने भनेर पत्र पनि पठाइसकेका छौं, अन्तिम पटकको म्याद थपमा काम गरेर देखाउने प्रतिबद्धता आएको छ,’ भण्डारीले भने, ‘काम पूरा नभए कारबाही गरेर देखाउँछौं ।’

    यो खण्डको काम पूरा हुनेमा भण्डारी स्वयं पनि विश्वस्त छैनन् । आयोजनाले लागत संशोधन गरेर पुनः ठेक्का दिने गरी आन्तरिक तयारीसमेत गरेको आयोजनाका एक कर्मचारीले बताए ।

    ५ वर्षअघि नै कालोपत्र भएको लोकमार्गको घोडाबाँधेदेखि गलकोट खण्डको २० किमि सडकमा बल्ल नाली बनाउन सुरु भएको छ । नालीबिनै कालोपत्र गर्दा यो खण्डका अधिकांश घुम्ती पहिरोले खसेका थिए । पहिरोले घरखेत समेत पुरेर जोखिम बनेको थियो । कालोपत्रको दोस्रो वर्षदेखि पहिरो खसेको र कतै सडकमै भ्वाङ परेका थिए ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    गण्डकी सम्बन्धि थप

    भैंसीलाई कुँडो खुवाउन तताएको पानीमा परेर घाइते भएका बालकको आर्थिक अभावमा उपचारमा समस्या

    बागलुङको काठेखोला गाउँपालिकामा एकसाथ दुई मोटेरबल पुल निर्माण

    यीनै हुन प्रेम आचार्यले जस्तै पोखरामा आत्मदहको प्रयास गर्ने ब्यक्ति (भिडियो सहित)

    बागलुङको काठेखोलाबाट ५८ घरपरिवार बसाइँ सरे

    फेरि पोखरामा सहकारी संचालक लेखुरामले गरे आत्महत्या

    पोखरामा एक पुरुषले गरे आत्मदाहको प्रयास, बचाउन गएका घरबेटी पनि घाइते

    समाचार

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

    बुटवल दैनिक बिशेष

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

    अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

    अनेमसंघ तिलोत्तमाद्धारा तीजमिलन तथा महिला सशक्तिकरणमा अन्तरक्रिया

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑