बुटवल । रुपन्देहीमा प्रहरीले ७ लाख भन्दा बढी रकमको अबैद सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय र यसका मातहतमा विभिन्न प्रहरी ईकाइ कार्यालयहरुद्वारा कुल रु. ७,१६,६५०।- (सात लाख सोह्र हजार छ सय पचास) बराबरको अबैध सामान बरामद गरि मोटरसाईकल सहित भन्सार कार्यालय बुझाईएको जनाएको छ । भदौ २५,२६ र २७ गते खटिएको टिमले यति ठुलो सामान बरामद गरि आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा पठाईएको हो ।
ईलाका प्रहरी कार्यालय सुर्यपुरा रुपन्देही मातहत प्रहरी चौकी पोहवा रुपन्देहीबाट खटिएको प्रहरी टोलिले जिल्ला रुपन्देही गैडहवा गाउँपालिका वडा नं.४ मंगल चोक स्थित भारत बाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको ३५ के.जि. जिरा र पास्ता (माइक्रोनि) २ बोरा गरि अं.मु.रु.२०,०००।- बराबरको अबैध सामान फेला पारि स्थानिय व्यक्तिहरुको रोहवरमा बरामद गरि आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बेलहिया रुपन्देही पठाईएको छ ।
ईलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देही मातहत प्रहरी चौकी शुक्रौलिआमा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्ला रुपन्देही लुम्बिनी सांस्कृतिक न.पा.२ लम्तिहवाघाट स्थित भारत बाट अबैध रुपमा नेपाल ल्याउदै गरेको fix र फितावाला सानो ठुलो चप्पल-५० जोर गरी अ.मुल्य रु १०,०००।- र प्रहरी चौकी कालिदह रुपन्देहीबाट खटिएको प्रहरी टोलीले १० पिस कुर्ती, ४ सेट कुक्कर र ४ पिस स्टीललोटा गरी अ.मु.रु.१५,०००।- बराबरको बराबरको अबैध सामान फेला पारि स्थानिय व्यक्तिहरुको रोहवरमा बरामद गरि आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बेलहिया रुपन्देही पठाईएको छ ।
त्यस्तै ईलाका प्रहरी कार्यालय मर्चवारी रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्ला रुपन्देही मर्चवारी गाउँपालिका वडा न.०१ सुमेरुगढ स्थित नेपालबाट अबैध रुपमा भारत तर्फ लैजादै गरेको १२ बोरा भटमास र जिल्ला रुपन्देही मर्चवारी गा.पा.वडा न.०६ दुईमुहानघाट स्थितबाट उ.प्र. ५३ बी ३५४३ नं.को honda shine कालो मो.सा र UP 53 BL 6018 नं.को कालो HERO SPLENDER PRO मो.सा गरी २ वटा मो.सा मा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको बिभिन्न किटनाशक औषधीहरु, चिनि, मोटरसाईकलको सिट कभर, कुर्था (सुट) गरि मोटरसाईकल सहित कुल जम्मा रु.२,५७,२५०।-बराबरको अबैध सामान फेला पारि स्थानिय व्यक्तिहरुको रोहवरमा बरामद गरि आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बेलहिया रुपन्देही पठाईएको बताएको छ ।
त्यस्तै ईलाका प्रहरी कार्यालय धकधई रुपन्देही र प्रहरी चौकी पिप्रहवा रुपन्देहीबाट खटिएको संयूक्त प्रहरी टोलीले जिल्ला रुपन्देही रोहिणी गाउँपालिका वडा नं. ६ विष्णुपुरुवा स्थित भारतबाट नेपाल तर्फ अबैध रुपमा ल्याउदै गरेको १५ पेटी (सिटीस्क्यान पेपर), अ.मु.रु. ३,९८,४००।- र प्रहरी चौकी मैनिहवा रुपन्देहीवाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अबैध रुपमा ल्याउदै गरेको अ.मु.रु.१६,०००।- वरावर सुटको कपडा गरी जम्मा रु.४,१४,४००।- बराबरको अबैध सामानहरु फेला पारि स्थानिय व्यक्तिहरुको रोहवरमा बरामद गरि आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बेलहिया रुपन्देही पठाईएको पठाएको जनाएको छ ।