• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २३, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

    in
    आज: २०८३ भाद्र २३, मंगलबार
    होमपेज /  धर्म संस्कृति

    “धर्म र संस्कृतिको उत्सवमय पर्व वडा दशैँ”

  • बुटवल दैनिक
  • २०७७ कार्तिक ३, सोमबार (५ साल अघि)
  • २२८७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    प्रत्येक आश्विन शुक्ल प्रतिपदादेखी पूर्णिमा सम्मका पन्ध्र दिनलाई वडा दशैँ भनिन्छ । दशैँ नेपालीहरुको सबैभन्दा प्रिय चाड हो । नेपालको राष्ट्रिय चाड पनि हो । यस वर्ष कार्तिक १ गते देखि दशैँ सुरू हुदैछ । खासगरी दशैँ आश्विन प्रतिपदादेखि सुरु भई पूर्णिमासम्म पन्ध्र दिन मनाइन्छ तापनि दशैँको दिन महत्त्वपूर्ण दिन दशमी तिथि नै हो । यसलाई विजया दशमी पनि भनिन्छ । फेरि प्रतिपदादेखी नवमीसम्मका नौदिनलाई नवरात्री (नौरथा) भनिन्छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    दशैको प्रथम दिन प्रतिपदालाई घटस्थापना भनिन्छ। यस दिन घरघरमा शुभ साइतमा घटस्थापना गरी जमरा राखिन्छ । यसै दिनदेखि दुर्गापूजा सुरु हुन्छ । भगवतीका प्रत्येक दिन भिन्दाभिन्दै रुपको पूजा गरिन्छ । पहिलो दिन शैलपुत्री नाम गरेकी देवीको आराधना गरिन्छ । दोस्रो दिन ब्राह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौ दिन कालरात्रि नाम गरेकी देवीको पूजा गरिन्छ । सप्तमीको दिनलाई फुलपाती पनि भनिन्छ । सप्तमीको दिन उचित साइतमा नवपत्रीका वा नौ थरीका फुलपाती भित्र्यान्छ । यस दिन फूलपाती स्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरूलाई पूजी प्रत्येकको नौ नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ । अष्टमीको दिन महागौरीको पूजा गरिन्छ । यसैदिन महालक्ष्मीको पूजा गरी घरघरमा खड्ग स्थापना गरिन्छ । अष्टमी र नवमीका बिचको रात्रीलाई कालरात्री पनि भनिन्छ । रातभर जागरण बस्ने र गुप्त पूजा गर्ने चलन छ । मन्दिर र कोटहरूमा नारिकेल ( नरिवल ) र कुष्माण्ड (कुभिण्डो)को बलि दिन्छन् । महानवमीको दिन सिद्धिदात्री भगवतीको पूजा गरिन्छ । दशमीको दिन आआफ्नो घरको पूजाकोठामा वा मन्दिरमा दुर्गा भवानीको पूजापाठ गरिन्छ । राता अक्षता र जमरा देवीलाई चढाइन्छ र त्यही अक्षता, जमरा र प्रसाद मान्यजनबाट ग्रहण गरी आशिर्वाद लिइन्छ । टिकाको साइत सुरु भएपछि दिनभरि मन्यजनबाट टिका, जमरा, प्रसाद ग्रहण गर्ने काम दिन भर चल्दछ ।

    दशैँमा आशिर्वाद दिदा “आयुद्रोणसुते श्रियो दशरथे शत्रुक्षयो राघवे। ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने । शौर्यं शान्तनवे वलं हलधरे सत्यञ्च कुन्तीसुते । बिज्ञानं बिदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे।। भद्रमस्तु शिवं चास्तु महालक्ष्मीः प्रसीदतु। रक्षतु त्वां सदा देवी आशिष: सन्तु सर्वदा ।। जयन्ती मंगलाकाली भद्रकाली कपालिनी । दुर्गाक्षमा शिवा धात्री स्वाहा स्वधा नमोsस्तुते।। जयत्वं देवी चामुण्डे जय भूतार्तिहारिणी । जय सर्वगते देवि कालरात्री नमोsस्तुते ।।” गरिएका श्लोक भन्ने चलन छ । श्लोक उच्चारण गर्न नजान्ने हरूले पनि सुख,शान्ति, समृद्धि र दीर्घायु कामना गर्दै आशिर्वाद दिन्छन् ।

    कोजाग्रत पूणिर्माको दिन सम्म नै टिका लगाउने, मिठो मसिनो खाने आफन्त सङ्ग भेटघाट गर्ने चलन छ । पौराणिक कथनअनुसार अयोध्याका राजा रामले लङ्काका राजा रावणले सीतालाई हरण गरी लैजादा उनीसँग युद्ध गर्न शक्तिको उपासना गरे । शक्ति स्वरुप भगवतीमाताको उपासना गरी श्रीरामले दुष्ट रावण सङ्गको युद्ध हुदा दशमीको दिन नै विजय प्राप्त गरेका थिए । त्यसै दिन विजया दशमी मानी टीका लगाउने परम्परा चलिआएको हो भन्ने भनाइ पनि छ । त्यसैगरी अर्को मान्यता अनुसार परापूर्वकालमा दैत्यहरूको आतंकबाट, आतंकित भएका देवताहरूले दुर्गा भवानीको आरधाना गरे, अनि दुर्गा भवानी पनि प्रकट भइन । त्यसपछि देवगणलाई सताउने शुम्भ, निशुम्भ र रक्तबीज महिषासुर आदि जस्ता असुरहरुको समेत विनाश गरि उनले असत्यलाई पराजित गरिन् र सत्यको संरक्षण गरिन ।
    त्यसै खुसियालीमा देवीको पूजा गरेर नै पर्व मनाउने प्रचलन चलेको हो । यसरी सत्यको असत्यमाथि, अनि न्यायले अन्यायमाथि विजय प्राप्त गरेको हुनाले पनि समाजमा यो पर्व विजया दशमी रहेको भन्ने जनविश्वास रहेको पाइन्छ । असत्य माथि सत्यको विजय, दानवीय स्वभाव माथि मानवीय स्वभावको विजय अन्यायमाथि न्यायको विजय हिंसामाथि अहिंसाको विजय र आसुरी शक्तिमाथि विजय नै विजया दशमी मनाउनुको उदेश्य हो ।

    • #वडा दशैँ
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    धर्म संस्कृति सम्बन्धि थप

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    छानबिन समितिको निष्कर्ष– सुनसरी र सिरहामा बाहिरी घुसपैठ थिएन,दोषीमाथि कारबाही सिफारिस

    जय नेपाल पार्टीको दल दर्ता किन सर्‍यो ? राणा–प्रसाईंबीच शक्ति बाँडफाँटदेखि ‘साइत’सम्मका कारण

    देवानगञ्ज घटनाका दुई मृतकको शव आफन्तलाई जिम्मा, आजै अन्त्येष्टि गरिने

    आरेन राईको पुरानो अभिव्यक्तिमाथि हर्क साम्पाङको बचाउ : ‘संगत फेरिएपछि सोच पनि फेरिन्छ’

    आज गाई र गोरुको पूजा गरिँदै।

    समाचार

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑