• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन ८, बिहिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ आश्विन ८, बिहिबार
    होमपेज /  बागमती

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

  • अञ्जना ढकाल
  • २०८३ आश्विन ७, बुधबार (१ दिन अघि)
  • ८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    काठमाडौं, असोज ७ – त्रिपुरेश्वरमा ट्राफिक प्रहरीसँग विवाद भएको केही समयपछि बसमा आगलागी हुँदा गम्भीर घाइते भएका चालक अर्जुन दोङको उपचारका क्रममा मृत्यु भएको छ।

    फेसबुकमा पछ्याउनुहोस्

    सोमबार दिउँसो रिद्धिसिद्धि यातायातको बस राहदानी विभागअगाडि सडकमा तेर्सिएर रोकिएपछि ट्राफिक प्रहरीले बसलाई साइड लगाउन आग्रह गरेको थियो। त्यसक्रममा चालक र ट्राफिकबीच विवाद भएको र त्यसपछि बसभित्र आगो लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले बसभित्र चालकबाहेक अन्य व्यक्ति नरहेको जनाएको छ।

    घटनाअघि खिचिएको भिडियोमा चालकले आफूलाई बिना कसुर जरिवाना गर्न खोजिएको भन्दै ट्राफिक प्रहरीप्रति असन्तुष्टि जनाएका थिए। उनले आफूले ट्राफिक प्रहरीलाई सम्मान गरेको र माफी मागेको बताउँदै कारबाही गर्न खोजिएको दाबी गरेका थिए। सशस्त्र प्रहरीका कर्मचारीले उनलाई सम्झाउने प्रयास गरेको समेत भिडियोमा देखिन्छ। त्यसपछि चालकले बसका झ्याल र ढोका बन्द गरेपछि केही समयमै बसभित्र आगो लागेको थियो। प्रहरीले प्रारम्भिक रूपमा चालक आफैंले आगो लगाएको हुनसक्ने अनुमान गरे पनि घटनाको अन्तिम निष्कर्ष विस्तृत अनुसन्धानपछि मात्रै आउने जनाएको छ।

    अनुसन्धानका क्रममा मृतकको पहिचानसँगै उनको लाइसेन्सबारे पनि फरक तथ्य बाहिर आएको छ। सुरुमा प्रहरीले उनको साथबाट दावा लामाको नाममा रहेको चालक अनुमतिपत्र फेला पारेको थियो। तर परिवारसँगको सोधपुछ र जन्मदर्तालगायत कागजात जाँच गर्दा मृतक मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका अर्जुन दोङ रहेको खुलेको प्रहरीको भनाइ छ। प्रहरीले दोङले आफ्नै नामको लाइसेन्स नभई अर्कै व्यक्तिको अनुमतिपत्र प्रयोग गरेर बस चलाएको दाबी गरेको छ।

    प्रहरीले दोङको विगतमा पनि ट्राफिक तथा सवारीसम्बन्धी विवाद भएको जनाएको छ। करिब तीन महिनाअघि मूलपानीमा अर्को चालकसँग विवाद हुँदा उनले फलामको लिभर बोकेको घटना सार्वजनिक भएको थियो। त्यतिबेला पनि ट्राफिक प्रहरीसँग अभद्र व्यवहार गरेको प्रहरीको भनाइ छ। त्यस्तै, २०८२ कात्तिकमा बालाजुमा बस दुर्घटना हुँदा तीन जना घाइते भएको घटनामा समेत दोङ नै चालक रहेको र त्यसपछि उनी फरार भएको प्रहरीले जनाएको छ। ती घटनामा पनि उनले फरक व्यक्तिको लाइसेन्स प्रयोग गरेको प्रहरीको दाबी छ।

    त्रिपुरेश्वर घटनाको निष्पक्ष छानबिनका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंले छुट्टाछुट्टै समिति गठन गरेका छन्। प्रहरीको समितिलाई पाँच दिन र प्रशासनको समितिलाई सात दिनको समय दिइएको छ। समितिहरूले घटनाको पृष्ठभूमि, ट्राफिक प्रहरीसँग भएको विवाद, आगलागीको कारण तथा सम्बन्धित तथ्य र प्रमाण अध्ययन गर्नेछन्। यस घटनासँगै ट्राफिक प्रहरी र चालकबीच बारम्बार हुने विवादमा दुवै पक्षको व्यवहार, ट्राफिक प्रहरीको कार्यशैली, चालकको मनोसामाजिक अवस्था र सडक सुरक्षासम्बन्धी विषयमा पनि बहस सुरु भएको छ।

    अर्जुनका दाजु विपिन दोङ भने भाइको मृत्युले परिवारलाई ठूलो क्षति पुगेको भन्दै न्याय र क्षतिपूर्तिको माग गरिरहेका छन्। उनका अनुसार अर्जुन २२ वर्षका थिए र करिब तीन वर्षदेखि चालकको काम गर्दै आएका थिए। परिवारको आर्थिक अवस्था कमजोर रहेको बताउँदै उनले घटनाको वास्तविकता बाहिर ल्याउनुपर्ने र दोषी देखिए कारबाही हुनुपर्ने माग गरेका छन्। ‘भाइले न्याय पाउनुपर्छ, त्यसपछि मात्रै शव बुझ्छौं’ भन्दै उनले यस्तै घटना फेरि कसैको परिवारमा नदोहोरियोस् भन्ने चाहना व्यक्त गरेका छन्।

    • #आत्मदाह
    • #ट्राफिक कारबाही
    • #त्रिपुरेश्वर बस आगलागी
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    बागमती सम्बन्धि थप

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

    राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑