• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १८, आईतबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ आश्विन १८, आईतबार
    होमपेज /  धर्म संस्कृति

    छानबिन समितिको निष्कर्ष– सुनसरी र सिरहामा बाहिरी घुसपैठ थिएन,दोषीमाथि कारबाही सिफारिस

  • अञ्जना ढकाल
  • २०८३ भाद्र ३, बुधबार (१ महिना अघि)
  • ६४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    काठमाडौं, भदौ ३ – सुनसरी र सिरहामा भएका झडप तथा गोलीकाण्डबारे छानबिन गर्न गठित समितिहरूले घटनामा बाहिरी व्यक्तिको घुसपैठ नभएको निष्कर्ष निकालेका छन्। समितिका अनुसार दुवै स्थानमा सुरक्षाकर्मीले चलाएको गोली लागेर चार युवाको मृत्यु भएको हो।

    फेसबुकमा पछ्याउनुहोस्

    सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा साउन १० गते भएको झडपका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैबाट गोली चलेको पाइएको छ। छानबिनका क्रममा दुवै सुरक्षा निकायले गरी २० राउन्ड गोली चलाएको खुलेको समितिका एक सदस्यले बताएका छन्।

    कप्तानगञ्जमा विवाद बढेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन बल प्रयोग गरेको थियो। पछि सशस्त्र प्रहरीसमेत घटनास्थलमा पुगेको थियो। गोली लागेर स्थानीय ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो भने घाइते जयप्रकाश मेहता र रवीन्द्र मेहताको उपचारका क्रममा मृत्यु भएको समितिले जनाएको छ।

    यता सिरहाको घटनामा पनि प्रहरीको पेस्तोलबाट चलेको गोली लागेर गणेश यादवको मृत्यु भएको निष्कर्ष निकालिएको छ। घटनास्थलमा नौ राउन्ड गोली चलेको पाइएकोमा सात राउन्ड डमी र दुई राउन्ड पेस्तोलबाट चलेको प्रतिवेदनमा उल्लेख छ। पेस्तोलबाट चलेको अर्को गोली लागेर एक व्यक्ति घाइते भएका थिए।

    घटनाका क्रममा प्रहरी जवानलाई समेत गोली लागेको दाबी गरिएको भए पनि छानबिनले त्यसको पुष्टि गर्न नसकेको जनाएको छ। समितिका अनुसार चिकित्सकीय परीक्षणबाट गोली लागेको प्रमाण भेटिएन, यद्यपि छर्रा लागेको हुनसक्ने सम्भावना देखिएको छ।

    छानबिन समितिहरूले गोली चलाउने सुरक्षा अधिकारीमाथि आवश्यक कारबाही गर्न सरकारलाई सिफारिस गरेका छन्। साथै घटनाका बेला जिल्ला प्रहरी नेतृत्व, फिल्डमा खटिएका कमान्डर र प्रमुख जिल्ला अधिकारीको भूमिकासमेत प्रतिवेदनमा समेटिएको बताइएको छ।

    भविष्यमा भिड नियन्त्रणका क्रममा मानवीय क्षति कम गर्न समितिले गैरघातक हतियार तथा रबरका गोली प्रयोग गर्न सुझाव दिएको छ। हतियार बोकेर भिड नियन्त्रणमा जाने सुरक्षाकर्मीलाई बडीवर्न क्यामेरा अनिवार्य गर्न, घटनाको भिडियो तथा फोटो सुरक्षित राख्न र सुरक्षा निकायलाई थप तालिम तथा आवश्यक स्रोतसाधन उपलब्ध गराउन पनि समितिले सिफारिस गरेको छ।

    • #कारबाही सिफारिस
    • #छानबिन समिति
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    धर्म संस्कृति सम्बन्धि थप

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑