काठमाडौं :-प्रकाश सपुत नेपाली गीत संगीतमा सबैभन्दा चर्चित नाम हो । उनको नाम नसुन्ने र उनीबारे जानकार नभएका सायद कमै होलान् ।
फरक तरिकाको दोहोरी ब्याटल मार्फत युवाहरुको मन मुटुमा बस्न सफल प्रकाश ‘बोल माया’ र ‘गलबन्दी’ पछि सबै माझ लोकप्रिय बनेका छन् । यतिबेला जहाँ गएपनि प्रकाश र उनकै गीतहरुको चर्चा भईरहेको छ ।
लोक गीत ‘बोल माया’ बाट उनले लोक गीत नसुन्ने दर्शक स्रोताको समेत माया पाएका थिए । ‘बोल माया’ बाट निकै राम्रो प्रतिक्रिया पाएका प्रकाशले बोल मायाकै कथाभावलाई समेटेको गलबन्दी ल्याए । जसको चर्चा निकै चुलिएको छ ।
यो क्षेत्रमा आउँनु भन्दा पहिला उनले निकै दुःख कष्ट भोगेको बताउँछन् । उनी जुन गीतलाई राम्रो बनाउने सोच राख्छन्, त्यसमा उनी आफैंले शव्द लेख्ने, आफै गाउँने, निर्देशन गर्ने, सबै गर्दै आएका छन् । त्यसको पछिल्लो उदाहरण हुन्, गलबन्दी, बोल माया, दोहोरी ब्याटल आदी ।