• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७९ जेष्ठ १५, आईतबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      नाइजेरियामा भागदौड मच्चिदा कम्तीमा ३१ जनाको मृत्यु

      २ मिनेट अघि

      बारामा दुई ट्रक एक आपसमा ठोक्किएर दुर्घटना, एक ट्रक जलेर नष्ट

      २३ मिनेट अघि

      आज बजेट : वृद्धभत्ता पाउने उमेर घट्ने, कर्मचारीको तलब कति बढ्ने ?

      ३१ मिनेट अघि

      सरकारको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब, हरेक नेपालीको भागमा ६३ हजार ३१० रुपैयाँ

      ४३ मिनेट अघि

      दाउन्नेमा सुरुङमार्गः डेढ घण्टामा चितवनदेखि बुटवल पुग्न सकिने

      ५१ मिनेट अघि

      धरानका मेयर हर्कराज राई र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बीच भेटघाट

      १ घण्टा अघि

      रुकुम(पूर्व) आयुर्वेद औषधी उत्पादन केन्द्रको सम्भावना बोकेको जिल्ला हो ; मन्त्री थारु

      २ घण्टा अघि

      मोडलको बिग्रेको ल्यापटप बनाउँदा अश्लिल भिडियो’ गरे चोरी, डिलिट गर्न ७ करोडको बार्गेनिङ्ग गर्ने यसरी पक्राउह

      ११ घण्टा अघि

      बालेन, हर्क र गोपालको समर्थकद्वारा बुटवलका सडकमा विजयी जुलुस

      ११ घण्टा अघि

      दुखद घटना: सालोको मृत्यु, उनको मलामी गएका भिनाजुको पनि मृत्यु : कारण यस्तो छ

      ११ घण्टा अघि

      ९ हजार धेरै नेपाली श्रमिक कोरिया जाँदै, कहिले छ भाषा परिक्षा ?

      ११ घण्टा अघि

      अस्ट्रेलियामा पठाउन आफ्नै छोरासंग छोरीको बिहे

      १२ घण्टा अघि

      अवरुद्ध मुग्लिन-नारायणगढ सडक सञ्चालनमा

      १२ घण्टा अघि

      बाटोमा हिँडिरहेको बेला माथिबाट खसेको ढुंगाले लागेर एक जनाको मृत्यु

      १३ घण्टा अघि

      श्रीमानकै अगाडी श्रीमतीलाई बाघले खायो , घाँसकाट्न जंगल पुगेर फर्कदा बाटोमा भयो नसोचेको (भिडियो सहित)

      १३ घण्टा अघि
    in
    आज: २०७९ जेष्ठ १५, आईतबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / आर्टिस्ट खबर

    विवादित विषयलाई मिलाउनुभन्दा आइ एम विथ राजेश हमाल भन्दै माहोल भड्काउनेले झन् बिगारे -दिपक राज गीरी

  • बुटवल दैनिक
  • २०७७ अषाढ २९, सोमबार (१ साल अघि)
  • १०७१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    काठमान्डौ – एक समयकी अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले एक टेलिभिजन अन्तर्वार्तामा अभिनेता राजेश हमाल ‘महानायक’ होइन भन्ने आशय व्यक्त गरेपछि उत्पन्न भएको विवादले यतिबेला सिंगो देश नै तताएको छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    यो विषय संसद् भवनमा समेत प्रवेश गर्न सक्ने संकेत देखिएको छ ।

    किनभने ‘महानायक’ को विवादमा सांसद गंगा चौधरीले समेत आफ्नो धारणा राखिसकेकी छन् ।

    राजेश हमाललाई ‘महानायक’ को रुपमा स्वीकार नगरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले दीपाश्रीलाई तल्लो स्तरमा ओर्लिएर गाली गलौच गरिरहेका छन् ।

    हमालका प्रशंसकसँग उनले माफी मागिसक्दा पनि गालीको वर्षा रोकिएको छैन ।

    उनको अभिव्यक्तिमा समर्थन गरेको भन्दै कलाकार दीपकराज गिरीमाथि पनि स्वघोषित ‘महानायक’ भन्दै प्रहार भइरहेको छ ।

    यस विषयमा केही दिनअघि उनले सामाजिक सञ्जालको माध्यमबाट आफ्नो लक्ष्य कहिल्यै ‘महानायक’ को घरतिर नमोडिएको बताउँदै आफ्नो गल्ती विनै जबरजस्ती रुपमा ‘महानायक’ बनाउनेहरूलाई धन्यवाद दिएका थिए ।

    यो विवाद साम्य हुने संकेत नदेखेपछि उनले आइतवार फेसबुकमा एक भिडियो पोस्ट्याउँदै ‘छक्का पन्जा’ को ब्रान्डमाथि प्रहार भएको बताएका छन् ।

    दीपकराजले अभिनेता हमालसँग दीपाश्रीबाट भएको गल्तीको माफी माग्दै भनेका छन्, ‘राजेश हमाल ‘महानायक’ हो वा होइन भनेर टिप्पणी गर्ने अधिकार हामीलाई छैन ।

    इन्डस्ट्रीले एउटालाई ‘महानायक’ मान्छ भने हामी त्यसलाई सम्मान गर्नुपर्छ ।

    दीपाजीले प्रयोग गरेका शब्दहरु र उहाँको बडिल्याङ्वेजमा कमजोरी भयो । उहाँले शब्द नै मिलाउन सक्नुभएन त्यो गल्ती हो ।

    दीपाश्रीले माफी मागिसक्दा पनि यो विवाद साम्य नहुनुलाई आफ्नो समूहमाथि साइबर बुलिङ भएको उनको भनाई छ ।

    उनले सामाजिक सञ्जालमा आफूहरुमाथि असभ्य भाषा प्रयोग गर्नेमध्ये ७५ प्रतिशत फेक आइडीबाट भएको उनी बताउँछिन् ।

    उनले थपेका छन् केही प्रतिशत राजेश हमालप्रतिको प्रेम छ । त्योभन्दा ठूलो प्रहार ‘छक्का पञ्जा’ ब्रान्डमाथि भइरहेको छ ।

    यस विवादमा कलाकारिता क्षेत्रमा आबद्ध बरिष्ठ व्यक्तिहरुले पनि दोहोरो भूमिका खेलेको दीपकराजले आरोप लगाएका छन् ।

    विवादित विषयलाई मिलाउनुभन्दा आइ एम विथ राजेश हमाल भन्दै माहोल भड्काउने काम भइरहेको र पहिला राजेश हमालको बारेमा नकारात्मक टिप्पणी गर्नेहरु अहिले हमालको पक्ष लिएर माहोल गरम बनाइरहेको उनको टिप्पणी छ ।

    उनले दीपाश्रीमाथि अस्लिल गाली गर्नेहरुप्रति लक्षित गर्दै भनेका छन् के तपाईंले आफ्नो दिदी बहिनीको बिषयमा पनि यस्तै शब्द प्रयोग गर्न सक्नुहुन्छ ।

    तपाइको दिदी बहिनी पनि कुनै केटा साथीसँग काम गर्नुहुन्छ के उहाँलाई पनि तपाई दिपाश्रीलाई प्रयोग गरे जस्तै शब्द प्रयोग गर्नुहुन्छ त ? दीपकले यो विवाद साम्य पार्न आफू राजेश हमालसँग भेट गर्ने सोचमा रहेको बताएका छन् ।

    • #दीपाश्री निरौला
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    आर्टिस्ट खबर सम्बन्धि थप

    भत्कियो पल र दुर्गेशको सम्बन्ध!

    प्रिज्मा–प्रिन्सी छाडेर स्मारिका–समारिकातिर

    रेखा थापाले ठकुरीसँग दोस्रो विवाह गर्ने

    म भिखारी हो भने त दलाल होस् भन्दै जंगीए जयकिशन बस्नेत

    यिनै हुन् गायक राजेशपायल राई माथी हमला गर्ने व्यक्ती, आखिर किन गरे त राई माथि आक्रमण

    म कामी हो, मेरो जातमा मलाई गर्व छ। अरुले के भन्छन मलाइ कुनै मतलव छैन।

    समाचार

    बारामा दुई ट्रक एक आपसमा ठोक्किएर दुर्घटना, एक ट्रक जलेर नष्ट

    आज बजेट : वृद्धभत्ता पाउने उमेर घट्ने, कर्मचारीको तलब कति बढ्ने ?

    दाउन्नेमा सुरुङमार्गः डेढ घण्टामा चितवनदेखि बुटवल पुग्न सकिने

    धरानका मेयर हर्कराज राई र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बीच भेटघाट

    बुटवल दैनिक बिशेष

    बालेन, हर्क र गोपालको समर्थकद्वारा बुटवलका सडकमा विजयी जुलुस

    तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाँण बिजयी

    काठमाडौंमा बालेन शाह आउनु ‘राजनितिक दल र संस्थागत नेतृत्व’को चुनौती हो: झांक्री

    २५ वर्षपछि बुटवलमा एमालेको किल्ला तोडियो, मेयरमा कांग्रेसका खेलराज पाण्डे निर्वाचित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑