• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १०, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ आश्विन १०, शनिबार
    होमपेज /  आर्टिस्ट खबर

    पर्दा पछाडि बसेर अरुलाई पर्दामा चम्किलो देखाउने लोक संगीतका नायक जुजु गुरुङ

  • बुटवल दैनिक
  • २०७७ जेष्ठ २२, बिहिबार (६ साल अघि)
  • १७०८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    न पढे, न त सकैले सिकायो नै । मात्र हेरेकै भरमा उनलाई आफैं आयो मादल बजाउन । घरमा जोर मादल थियो । घन्काउँथे । बच्चै बेलामा ।

    फेसबुकमा पछ्याउनुहोस्

    बुवाले माउथ हार्मोनियम पनि किन्दिए । त्यो पनि बनाउन आयो । बाँसुरी त गाउँघरमै पाइन्थ्यो । त्यो पनि आयो बजाउन । लमजुङका गाउँघरमा हुने कार्यक्रममा जुजु (रत्नबहादुर गुरुङ्) मादल बजाइदिन्थे । कसैले बोलाओस या नबोलाओस आफैं पुग्थे उनी । सायद मादलप्रतिको मोहले डोर्याउँथ्यो उनलाई ।

    बाँसुरी कनीकुथी बजाउने उनको माउथ हार्मोनियम त प्रिय बाजा नै थियो । सुर र तालको सूत्र त थाहा थिएन तर जस्तो मिलेजस्तो लाग्थ्यो त्यस्तै बजाइदिन्थे । सायद राम्रै बजाउँथे । सुन्नेले तारिफ गरिदिन्थे । उनलाई के चाहियो र ? उमेर पनि त्यस्तै मख्ख पर्थे ।

    गाउँलेको उक्साहट, धुनप्रतिको मोह अनि थोरबहुत शिल्पी उनी सपना देख्न थाले, ठूलो भएर बाजा नै बजाउँछु । गीतमा । रेडियो नेपालमा बज्ने गीतमा । रेडियोमा कुमार बस्नेत, धर्मराज थापा, राम थापा, प्रेमराज महतका गीतमा जोर मादल बज्थे । जुुजुलाई उनीहरुकै गीतमा मादल बजाउने रहर लाग्थ्यो ।

    बिमा कुमारी दूरा लमजुङकै हुन् रे ! आफ्नै जिल्लाकी । उनका गीतमा पनि बाजा बजाउन पाए । कल्पना गरे । स्वर्ग देख्न मर्नै पर्छ र तर सपना देख्न र कल्पना गर्न न मर्न पछै न कसैले छेक्छ नै । त्यसैले उनी सहज दूर भविश्यको कल्पना गर्थे । अनि कल्पनाकै संसारमा शैर गर्थे । त्यसमै रमाउँथे ।

    सत्य हो, जिन्दगी कर्मले बन्छ । तर जुजुलाई लाग्छ कर्मसँगै भावीको पनि केही हात हुन्छ । सायद जन्मिदै भगवानले हरेक व्यक्तिमा केही गुण दिएको हुन्छ । त्यसलाई चिन्नु पर्छ र त्यसलाई पछ्याउनु पर्छ । थाहा छैन हो अथवा हैन तर उनले सोचे मलाई भगवानले बाजागाजा बजाउन नै पठाएका हुन् ।

    गुरुङ्गको छोरो । गाउँ नै गुरुङ्गेहरुको । लाहुरको चलन थियो । सके लाहुर पस्ने नसके बल्ल अरु काम गर्ने । तर उनलाई न लाहुरको भुतले समात्यो । अरवको पैसाले तान्यो । उनलाई त मात्रै लोभ्यायो । धुनले । गीतले । अनि त्यसको सुमधुरताले ।

    गाउँमा बसेर उनले आफ्नो सपनाको संसार सजाउन त सक्थे तर त्यसलाई साकार बनाउन सक्तैन थिए । अवसर काठमाडौंमा थियो । त्यसैले उनी लागे सपनाको सहर काठमाडौं आफ्नो सपनाको खोजीमा ।

    वि.सं. २०४८ मा काठमाडौंमा पाइला टेके । बाजा बजाउनु थियो । साधना त्यसमै गर्नु थियो । त्यस्तै उनले साथी खोज्न थाले । कलेजमा होसे अथवा बसेको बस्ती ओरपर होस् । बजाउन थाले । आफूले सिकेका बाजा अरुलाई सिकाउन थाले । अरुले जानेको बाजा आफू सिक्न थाले । यो क्रम लामै समय चल्यो । करिक ७ वर्ष ।

    कनीकुथी सिकेर मात्रै भयो ? भएन । जुजु पुगे, कलानिधि इन्दिरा संगीत विद्यालय । ०५६ देखि दुई वर्ष ०५८ सम्म दुई वर्ष कलानिधीमा पढे । शास्त्रीय संगीतका सुरु र रागमा आफ्नो स्वर मिसाए । स्वरलाई निखार्ने प्रयास गरे । नजानेका बाजा बजाउन र शब्दभित्र धुनलाई मिसाउन थाले । आफूलाई माझ्दै जानु थियो । बजारमा प्रतिस्पर्धामा उत्रिन योग्य बन्नु थियो । त्यसका लागि आफूलाई तयार गर्दै गए । कला साधनामा लिप्त हुँदै गए ।

    आम संगीतप्रेमीलाई गीत गाउँ भन्ने रहर हुन्छ । स्रोता माझ आफूलाई चिनाउँ र चिनुन् भन्ने लोभ हुन्छ । साधना पुगेको होस् या नहोस् गाउनै हतार हुन्छ । तर अपवाद भने पनि हुन्छ जुजुलाई त्यो रहर जुजुमा कहिल्यै पलाएन ।
    ० ० ०

    एकातिर हातमुख जोरिने अर्कोतर्फ दुईचार पैसा कमाई हुने । ‘रिमा रेकर्डिङ स्टुडियो’ पुगे जुुजु । गायक तथा संगीतकार नारायण रायमाझीको स्टुडियो थियो ‘रिमा रेकर्डिङ’ । ०५४ सालमा जुुजुले भेटेका नारायण रायमाझी लोक गीतका हिरा थिए । कमै भेटिने । नारायणले जुजुलाई उनको करिअरको पहिलो खुट्किलोमा नै हात समाइदिए । हिँड्न सिकाए । नारायणको त्यो गुन जुजुले आजसम्म भुल्न सकेका छैनन् । जुजु भनछन्, “दाइकै सहयोगले मैले वाध्यवाधकको रुपमा खुट्टा टेकेँ । त्यसैले आजसम्म आएँ ।”

    मादल र माउथ हार्मोनियम बजाउन जानेका उनले त्यहीँ सिके अन्य बाजा बजाउन पनि । हार्मोनियममा औंलाहरु डुलाउन, कि–वोर्डको कि मा आफूलाई अभ्यस्त पार्न नारायणकैमा सिके जुजुले । खैँजडी, बाँसुरी, गितार, मेन्डोलिन पनि जुुजुले रिमा रेकर्डिङमै सिकेका हुन् ।
    वाध्यवाधकका रुपमा आफूलाई स्थापित गराउनु थियो । गीतका शब्द र भाकामा मिल्ने धुन निकाल्नु र भर्नु थियो । बजाउँदै गए । मिलाउँदै गए । त्यही क्रममा बद्री पंगेनी पीएन क्याम्पसमा बोलको गीत लिएर आए । त्यसमा एरेञ्ज गरे जुुजुले । गीत लोकप्रिय भयो । यो गीत बद्री पंगेनीको करिअरमा ट्रनिङ पोइन्ट बन्यो । बद्रीका लागि मात्रै होइन । जुजुको करिअरमा पनि ट्रनिङ पोइन्ट बनिदियो । किनकी जुजुको पहिलो हिट एरेञ्ज पनि त्यही नै भयो ।

    एरेन्जमेन्टकै क्रममा ‘काठमाडौं डिजिटल स्टुडियो’ सञ्चालक डिका गुरुङसँग जुजुको भेट भयो । ०५६ मातरि फर्किए उनी । डिका, जुजु र धौलागिरी क्यासेट सेन्टरबीच सहमति भयो, “एउटा नयाँ भाइ छ, उसको क्यासेट हामी तीन जना मिलेर गर्नुप¥यो ।”

    गीतको बोल थियो, ‘ससुरालीमा’ । लय संकलन गरेका थिए भगवान भण्डारीले । जुजुले एरेन्ज सुरु गरे । दुई घण्टामै उनले एरेन्जमेन्टको अन्तिम खाका तयार पारे । मादल, बाँसुरी, सारङ्गी, मेण्डोलिन र अक्टुप्याडको धुन गीतमा भर्नुथियो । जुजुले सारङ्गी र मादल बजाए । गीतको मास्टर पिस तयार भयो ।
    गीत थियो बद्री पंगेनीको । मास्टर पिस सुन्नेले गीतबाट अपेक्षा गरे । बजारमा आएपछि गीत सर्वत्र लोकप्रिय भयो । रातारात बद्री पंगेनी सेलिब्रिटी भए । एरेञ्जर को हो ? गीतका लागि जुजु खोजिन थाले ।

    गीत लोकप्रिय भएपछि अर्को त्यस्तै लाकप्रिय हुने गीत गरौं भन्ने सल्लाह भयो । एल्बम भगवान भण्डारीले गर्ने भए । एल्बमको नाम राखियो, ‘खैरेनीमा गेट’ । गीतको एरेञ्ज जुजुलै नै गर्ने भए । गरे । सारङ्गी र मेण्डोलिन आफैंले बजाए । एल्बममा शीर्ष गीत ‘खैरेनीमा गेट’ थियो । भगवान भण्डारीले गाए । गीत लोकप्रिय भयो । जुजुको अर्को हिट एरेन्ज आफ्नो खातामा थपियो ।

    फूलमा भमरा, हङकङ आइडीले, बनको काफल बनकै चरीलाई, माझी दाई, मिरमिरेमा भाले बासेको, भरिया दाइ, मन पर्ने एउटा साली छ, के हुन्छ कुन्नी, शंका बढ्यो झन्, ब्युटी नम्बर वान, झल्को लाली ओठको, जमल घण्टाघर, गैरी प¥यो ताल, सोल्टिनी नानी, पीडा दिए पनि, खोली सुकेको, साँहिलो दाइलगायत उनले एरेन्ज गरेका गीत हिट भए । केही गुरुङ् भाषका गीत पनि अत्यधीक रुचाइए गुरुङ् समुदायमा ।

    उनले एरेन्ज गरेका गीतका कयौं गायकगायिका लोकप्रिय भए । देश विदेश घुमे । एउटै गीतबाट लाखौं कमाए ।

    स्वर त जुजुको पनि राम्रै छ । किनकी उनले पनि साधना गरेका छन् स्वरको । त्यसैेल उनले पनि गाएका छन् मस्र्याङ्दीको तिर, धादिङ सल्यानटार । यही गीत लोकप्रिय पनि भए । उनलाई धेरैले तिमी आफैँ गाऊ पनि भने । तर उनलाई न अरुको लोकप्रियता, स्टारडम र कमाइले लोभ्यायो न त अरुले अटोग्राफ दिँदै हिँडेको देख्दा इष्र्या नै लाग्यो । उनलाई सधैँ लाग्यो, मैले बजाउनु पर्छ । म गाउन हैन, बजाउनै जन्मिएको हुँ ।

    गीतमा शब्द, लय र स्वर जती महत्वपूर्ण छ त्यती नै महत्वपूर्ण एरेन्जको पनि छ । बिमा कुमारी दुरा, राजु परियार, रामजी खाँड, विष्णु माझी, मिलन लामा, सुनिता दुलाल, लक्ष्मि न्यौपाने, रेखा शाह, देवी घर्ती, पूर्णकला बिसी लगायत थुप्रैले उनको एरेन्जमा गीत गाए । तर जुजुलाई रामजी खाँड हुने रहर कहिल्यै पलाएन । देश विदेशका स्टेज चड्ने लोभ लागेन । उनी सधैँ पर्दा पछाडि नै बसे । त्यसमै रमाए । जुजुले कहिले दोहोरी गाए भने कहिले दोहोरीमा वाध्यवाधक भएर काम गरे । ‘दोभान दोहोरी साँझ’ ठमेलमा ०५७ देखि ०६० सम्म वाध्यबादक र गायकको रुपमा काम गरे ।

    संघर्षले उनलाई सिकायो । अबसर दियो र बचायो । कहिले अरुले गाएको निर्णय गर्दै निर्णायक भए त कहिले आफ्नो कार्यको मूल्यांकन र कदरस्वरुप सम्मान, पुरस्कार र अवार्ड हात थाप्दै हिँडे । जुजुले वेष्ट एरेन्जमा ०७५ को ईपीआईसी नेपाल अवार्ड पाए । ०५४ सालबाट सुरु गरेको उनको एरेन्जरको पेसा अहिलेसम्म फष्टाएकै छ । जुजु एउटा गीतबाट १० हजार पारिश्रमिक लिन्छन् । २१ वर्षमा उनले करिब १५ हजार गीतमा धुन भरे । प्रतिमहिना ३० देखि ३५ वटा गीतमा संगीत संयोजन गर्दै आएका छन् । मनले खाएको र रोजेको काम गरिरहेका छन् जुुजु । पर्दा पछाडि बसेर अरुलाई पर्दामा चम्किलो देखाउनु उनको दैनिकी भएको छ । कला सधनाको रहरै रहरमा सांगीतिक दुनियाँ प्रवेश गरेका उनको गीतका शब्दमा बाजा छान्नु र त्यसमा भर्नु दैनिकी बनेको छ । बालवयमा देखेको सपनाले आकार ग्रहण गरेको छ । रातको जुन होइन दिनको सूर्य सरह उज्यालो छरिरहका छन् धुनहरुको अनवरत ।- हाम्रो कलाकार

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    आर्टिस्ट खबर सम्बन्धि थप

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

    तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

    तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑