नमस्ते मेरो नाम सेते सडकको भुसिया कुकुर भन्दा बुझ्न सजिलो होला । मेरो बाबा आमा को भलुही देबदह निर भेट भएछ । कत्तिको मैना थियो रे , आमा सारै राम्री बाबाको एकै नजरमा माया बसेछ । तै माया प्रेमको नतिजा म र अरु ६ जना भाइ बैनि, सानोमा त सारै राम्रो थिय रे ।
अलि अलि सम्झना छ, सानोमा सबैले खेलाउने हात हात गराउने मिठो मिठो खुलाउने गर्थे । सारै रमाइलो थियो बचपन सम्झदा नि मुहारमा मिठो मुस्कान आउने, जति ठूलो हुँदै गए मेरा दुखहरु पनि ठुला हुँदै गए । मान्छेको छि छि र दुर दुर को कारण बन्दै गए, खानाका लागि फोहोरको दङुर धाउने मेरो दैनिकी बन्दै गयो ।खानाको लागि कहिले यता कहिले उता भौतारिने मेरो नित्य कर्म नै भयो । जनतन यसरी नै चल्दै थियो मेरो कठोर जिन्दगी ।
एकदिनको कुरा हो चैत बैशाखको टन्टलापुरे घाममा सडकमा भौतारिदै थिए। सुर्य सिधै टाउको माथी थियो सायद १२ बजेको हुनुपर्छ । गर्मीले गला सुकेर प्याक प्याक भएको थियो । सडक किनारमा पसलको अगाडि बाल्टिमा पानि देखे। गर्मीले प्याक प्याक भएको म, मेरो प्यास मेटाउन टाउको गाडेको थिय ।
एउटा मानब रुपि दानबले इट्टाले हन्यो । म त्यही मुर्छित भए, सकी न सकी बाय सर्दै आफ्नो बाटो लागे। अलि पर पुगेर हेर्दा त मेरो शरीर रगतले पुरै लतपतियको थियो । साथीहरु जम्मा भए । जिब्रोले चाटिदियर सन्चो हुन्छ भन्दै चाटिदिए तर सन्चो भएन ।
मेरो घाउ झन बढेको छ, अहिले किरा परेको छ । मानव रुपि दानब मेरो नजिक पर्दैनन् । म नजिक जान खोजे भने पनि नाक ढोबेर दुर दुर गर्छन । सायद किरा परेर गनाएर होला , म सारै कमजोर सिथिल थिए, बाच्दिन कि जस्तो लगेको थियो । अहिले म iconic youth for animal टिमको निगरानीमा उपचार क्रममा छु, म मा आशाका किरण हरु पलायका छ्न…..
रचना: शंकर पाण्डे