• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ फागुन १४, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको अध्यक्षमा उज्ज्वलप्रसाद कसजु विजयी

      ९ घण्टा अघि

      गुल्मी कोरोना संक्रमणमुक्त जिल्ला

      २१ घण्टा अघि

      बुटवलमा ट्याक्टर र मोटरसाइकल ठोकिदा मोटरसाइकल चालकको मृत्यु

      २१ घण्टा अघि

      नबज्योती महिला द्वारा उपहार प्रदान

      २३ घण्टा अघि

      बरेङमा सामुदायिक औसधि कार्यक्रम : स्वास्थ्य संस्थामै सुलभ दरमा औसधि

      २३ घण्टा अघि

      बिद्यालयमा बालबालिकालाई सुरक्षित गर्न प्राथमिक स्वास्थ्य सेवा किट बाकस

      २३ घण्टा अघि

      हिन्दु युवा शक्तिले कानुनी रुपमै मान्यता पायाे

      २३ घण्टा अघि

      रुपन्देहीमा ५० हजार घुस सहित सशस्त्रका निरिक्षक र नायव निरिक्षक पक्राउ

      २३ घण्टा अघि

      ३९ औं मगर एकता दिवसको कार्यक्रम तिनसम्म चल्ने

      १ दिन अघि

      मन भित्रको जिन्दगी

      १ दिन अघि

      मिलिजुली महिला उद्यम समुहद्वारा स्टेसनरी उपहार

      १ दिन अघि

      जनता समाजवादी पार्टी शीर्ष नेतासँग प्रचण्ड नेपालको भेटवार्ता

      १ दिन अघि

      नेकपा ओली समूहकाे स्थायी कमिटी बैठक स्थगित

      १ दिन अघि

      शिक्षकलाई तलब नदिएकाे भन्दै विद्यार्थीले लगाए विद्यालयमा ताल्चा

      १ दिन अघि

      बहुमत प्राप्त गरेको प्रधानमन्त्री निरीह हुने यो कस्तो व्यवस्था ?– नेता रामजी घिमीरे

      १ दिन अघि
    in
    आज: २०७७ फागुन १४, शुक्रबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / लेख तथा साहित्य

    नयाँ शक्ति: १ समिक्षा

  • बुटवल दैनिक
  • २०७७ आश्विन १०, शनिबार (५ महिना अघि)
  • ४६८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ७ मिनेट
  • फाईल तस्विर

    देशमा बिद्दमान लामो लोकतान्त्रिक आन्दोलनको उपलब्धि स्वरूप बि.स.२०७३ असोज ३ गते देशले जनताका प्रतिनिधिहरु द्वारा जारि गरिएको संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान प्राप्त गर्याे । त्यसमा खुसि हुनेहरु दिपावली मनाए भने उक्त १ थान संविधानमा आफ्नो अनुहारको छाया पनि नदेख्नेहरु कडा प्रतिबाद स्वरूप आन्दोलनमा निस्किए। त्यहि बिचमा लामो समय सम्म देश पुन: १ पटक अशान्त बन्यो, मानिसहरु मरे/मारीए। ति दुवै अतिवादको बीचबाट एउटा मधुरो मध्यमार्गी आवाज आइरहेको थियो- आधा गिलास भरि र आधा गिलास खालि संबिधान। प्राप्त उपलब्धिको रक्षा गर्दै संविधानको अपुर्णतालाई पुरा गर्दै जाने र अब देशको सम्पूर्ण स्रोत, साधन र क्षमतालाइ प्रयोग गर्दै समृद्दीको मार्ग हुदै समाजवादको यात्रामा अग्रसर हुने। र, यस आवाजको नेतृत्व तात्कालिन माओबादी नेता डा. बाबुराम भट्टराईले गर्दै थिए। त्यसको केहि दिन पश्चात असोज ९ गते उनले तात्कालिन पार्टीबाट राजिनामा दिदै रास्ट्रको समृद्दिका लागि ‘नयाँ शक्ति’ आवस्यक रहेको भन्दै नया राजनीतिक आन्दोलनमा होमिने उदघोस गरे।

    म पारिवारिक राजनीतिक बिरासत नबोकेको साधारण परिवारमा हुर्केको युवा हुनुको नाताले साथै सामाजिक न्यायका बिषयमा अलि बढी चासो राख्ने जिज्ञासु भएकाले त्यस किसिमको मध्य मार्गी बाटो र समृदीको सपना मन नपर्ने कुरै भएन। म भर्खर १७ बर्से युवक आफ्नै सक्रियतामा संगठनमा सामेल भएँ र नयाँ शक्ति निर्माण अभियानको सस्थापक अभियानता बनेँ। यो अवधि बाट आज जसपा सम्म आइपुग्दा त्यस आन्दोलनमा सहभागी हुन पाएकोमा मलाइ कहिँ कतै ग्लानि छैन बरु गर्व नै छ र म सिकारुको हैसियतमा जे जति गर्न सके त्यसमा सन्तोषको अनुभूति गरिरहेको छु तर यतिबेला त्यस अभियानबाट थोरै अलग भएर आफ्नो मनका कुराहरु लेख्ने जमर्को गरेको छु।

    त्यस आन्दोलन कति सफल, कति असफल भन्ने कुराको निस्कर्स निकाल्दै गरौँला तर मेरो अनुभूतिमा त्यो इमान्दार प्रयासले देशमा नयाँ राजनीतिक परिपाटीको बहसलाई नयाँ उचाइमा पुर्याएकै हो। हुनत: त्यस भन्दा पहिले पनि प्रयास भैरहेका थिए तर नयाँ शक्तिको उदय पछी त्यस मुद्दाले रास्ट्रीय बहसको रुपमा स्थान ओगट्यो। त्यसैले, सोहि संगठन सफल, असफल जे भए पनि, देशमा नयाँ राजनीतिक परिपाटी चाहाने, समृद्दी, सुशासन र सामाजिक न्याय चाहाने हरेक अभियान्ताहरुले त्यस प्रयासलाइ सम्मान नै गर्नुपर्ने हुन्छ। नयाँ शक्तिको बहसले बैकल्पिक राजनीतिक आन्दोलनको बहसलाई जुन उचाई दियो त्यसले ऐले नवोदित साझा पार्टी, बिबेकशील लगायतका अभियानहरुलाई पनि आफ्नो स्पेस बनाउन धेरै मद्दत गरेको छ, यस अर्थमा पनि सम्पूर्ण बैकल्पिक अभियान्ताहरुका निम्ति नया शक्ति १ हौसलाको दबाई हो भने सिकाइका लागि अध्ययन सामग्री।

    पक्कै पनि कुनै नया राजनीतिक स्पेस बनाउनु चानेचुने कुरा होइन, नयाँ शक्तिको पहिलो ३ बर्षमा यस्तै संघर्सका अनुभवहरु थुप्रै छन्। यो बिचमा कहिले यता ढल्कने कहिले उता गर्दा पाइरहेको उचाईमा पनि अनेक शंका उपशंका उत्पन्न हुने अवस्था बन्यो। सोहि समयमा तत्कालिन प्रबक्ता खिमलाल देभकोटाको शब्द सापटी लिनुपर्दा, कहिले नयाँ जस्तो त कहिले शक्ति जस्तो देखिने क्रम जारि रह्यो। कहिले फोरम संगको एकता निष्कर्समा पुग्नै लाग्दा बिग्रनु त कहिले बाम गठबन्धनमा सामेल हुने निर्णयले नेतृत्वको छबी धुमलिदै जानु र पार्टीप्रतिको बिश्वास घट्दै जानुले पनि आजको अवस्था सम्म आइपुग्ने कुरामा भूमिका खेलेका छन। नेतृत्वका अनेक बाध्यता हुनसक्छन तर त्यसबेलाको ढुलमुले नीतिले पार्टीलाई ठुलै क्षति गरेको कुरा नेतृत्वले स्वीकार पनि गरिसकेको छ।

    सबै कुरा नेतृत्वकै कमजोरी मात्र हो भन्ने पनि होइन, संगठन निर्माणमा देखिएका अनेक अड्चनले पनि बैकल्पिक राजनीतिक यात्रालाई धुमिल बनाउन भूमिका खेलेका थिए। नयाँ र पुराना अनुभब बोकेका, अनुभवी र नवाप्रबेसिहरु बिचमा र Technocrat र राजनीतिज्ञको बिचमा तादम्यता मिलाउन नसक्नु र उनीहरुलाई एउटै सुत्रमा बाँध्ने जबर्जस्त स्कुलिङ्ग दिन नसक्नु पनि नयाँ शक्ति विसर्जनको महत्वपुर्ण कारण हुनसक्छ। संगठनमा सामेल भएका हरेक पंतिलाई जोगाएर राख्न नसक्नु, संगठनमा भएकैहरुको database तयार गरेर उनीहरुलाई सांगठनिक संरचनामा सहज रुपमा काम गर्न सक्ने बाताबरण बनाउन नसक्नु पनि कार्यकर्ता पलायन हुनुको अर्को प्रमुख कारण हो भन्ने मेरो बुझाइ हो।

    इमान्दार प्रयासमा सधै इमान्दार मान्छेहरु मात्र आउछन भन्ने पनि छैन, हरेक संगठनमा अनेक स्वार्थ बोकेका स्वार्थ समुहहरु सक्रिय हुन्छन र उनीहरु आफ्नो स्वार्थ नामिल्दाको दिन संगठनलाइ बद्नाम गराएर भाग्न सक्छन भन्ने कुरा लामो राजनीतिक अनुभब बटुल्नु भएका आदरणीय डा. बाबुराम भट्टराईले समेत भेउ पाउनु भएनछ, फलस्वरूप वहाँकै निगाहमा पटक पटक राजनीतिक नियुक्ति खाइ सकेका देभेन्द्र पौडेल लगायतको समुहले महत्वपुर्ण घडीमा १ थान सांसद र मन्त्रीको आसमा वहालाई र समग्र आन्दोलनलाई धोका दिए।आफु अनुकुल हुन्जेल बडो दार्शनिक गफ चुट्ने र अवस्था अलिकति अप्ठ्यारो आउने बित्तिकै माउसुली झैँ पुच्छर नै छाडेर भाग्ने नवागद्दरहरुबाट पार्टी र संगठनको नेतृत्व जोगाउन नसक्नु पनि अर्को कमजोरी हो।

    यस्ता अनेक तिता मिठा अनुभवका बाबजुत नयाँ शक्तिले जुन उचाई पाइरहेको थियो र जुन संगठनको संजाल छोटो समयमा देशभरी फैलिसकेको थियो त्यसमा सन्तोष गर्दै थप संघर्स गर्नुपर्नेमा र नवोदित शक्तिहरुसंग सामाजिक-बैचारिक बहस सिर्जना गर्दै कार्यगत एकता हुदै अगाडी बढ्नुपर्नेमा आवस्यक सुधार र सहमति बिनै संगठनलाइ फेरी पुरानै ढर्राको बिरासत बोकेको समाजबादी र राजपामा लगेर बिसर्जन गर्नु पार्टी नेतृत्वको गम्भीर भुल हो भन्नमा मलाइ कुनै शंकोच छैन। त्यति मात्र होइन, पछिल्लो समय जसपामा देखिएको पदीय भागबण्डा देख्दा म बाबुराम भट्टराइको बिद्यार्थी निरास हुनु स्वाभाविक हो भन्ने लाग्छ। कुनै राजनीतक दल बैकल्पिक बन्न सबै भन्दा पहिले नेतृत्वले त्याग गर्ने हिम्मत राख्न जरुरी छ। आफु र आफ्ना आसेपासे नभई नहुने नेताबाट बैकल्पिक चरित्र बोकेको संगठन बन्छ भनेर बिस्वास गर्न मेरो मनले मानिरहेको छैन।हुनत: मेरो आँकलन अलिक जल्दी पनि हुन् सक्छ तर आज सम्मको परिदृश्य हेर्दा मैले देख्न चाहेको, हामिले बनाउन खोजेको जस्तो संगठन बन्छ भन्ने कुरामा प्रशस्तै शंका गर्न सक्ने ठाउँहरु बनेका छन्।

    हुनत: बैचारिक रुपमा जसपा नेपाल अरु राजनीतिक दलहरु भन्दा अझै पनि उत्कृस्ट छ भन्ने कुरामा मेरो फरकमत होइन, राज्यमा सामाजिक न्याय स्थापना गर्न, राज्यका अंगहरुको पुन:संरचना गर्ने सवालमा र पहिचान र सामर्थ्यमा आधारित प्रदेश निर्माणका कुराहरुले जसपालाई पृथक त बनाएको छ नै, तर राजनीतिमा एजेन्डा बनाउनु मात्र खासै ठुलो कुरा होइन, त्यसको महत्वलाई जनतामा बुझाउन सक्नु र त्यसलाई इमान्दारिताका साथ् कार्यान्वयनमा लैजान सक्नु प्रमुख कुरा हो। ऐलेको जसपा र त्यसको नेतृत्वमा रहेका अधिकांश अनुहारहरु जनताले पहिले देखि नै मन नपराएका अनुहारहरु हुन् साथै उनीहरुको चरित्रमा कुनै फरकपन नआउनु पनि बैकल्पिक राजनीतिक यात्रामा उनीहरु फिट छैनन् भन्ने कुराको संकेत हो।

    राजनीतिक दल कुनै अमुक नेताको लहडमा बन्ने कुरा पनि होइन र कुनै नेतृत्व थाक्दैमा यो अभियान रोकिने पनि होइन, यो एउटा लामो माइलाको सफर तय गरेर अघि बढिरहेको एउटा राजनीतिक आन्दोलन हो र यो जब सम्म सफल हुदैन तब सम्म चलिरहन्छ, निरन्तर।व्यक्ति थाक्लान किनभने व्यक्तिको अवधि छोटो हुन्छ तर यस अभियानको कुनै निश्चित समय छैन त्यसैले यो अघि बढिरहन्छ, एउटा असफल भए अर्को र त्यो पनि असफल भए फेरी अर्को।

    समग्रमा, सम्पूर्ण अग्रगामी बैकल्पिक राजनीतिको पैरवी गर्नेहरुका लागि ‘नयाँ शक्ति’ एउटा असल पाठ्यक्रम हो, सिकाइको अध्ययन केन्द्र हो र अनुभवहरुको संगालो हो।हरेक बैकल्पिक अभियानका बिद्यार्थीहरुले यस अभियानलाई सम्मान गर्दै, सिक्दै, बुझदै र त्यसलाई ब्यबहारमा लागु गर्दै अघि बढ्न सक्यो भने बैकल्पिक राजनीतिको अभिस्ट पुरा गर्ने यात्रामा एउटा इँट थपिन सक्छ।

    • #नयाँ शक्ति

    प्रतिक्रिया दिनुहोस


    लेख तथा साहित्य सम्बन्धि थप

    मन भित्रको जिन्दगी

    पदम गौतमको उपन्यास ‘विश्रामपुर’ सार्वजनिक

    सरस्वती पुजा के हो ?

    शिक्षामा राजनीति कि राजनीतिमा शिक्षा ?

    विद्यार्थी जीवनमा राजनितीले पारेको असर

    मैथिली कविता “दहेजक पीडा”

    समाचार

    बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको अध्यक्षमा उज्ज्वलप्रसाद कसजु विजयी

    गुल्मी कोरोना संक्रमणमुक्त जिल्ला

    बुटवलमा ट्याक्टर र मोटरसाइकल ठोकिदा मोटरसाइकल चालकको मृत्यु

    नबज्योती महिला द्वारा उपहार प्रदान

    बुटवल दैनिक बिशेष

    बुटवलमा ट्याक्टर र मोटरसाइकल ठोकिदा मोटरसाइकल चालकको मृत्यु

    नेपाल-दाहाल नेकपाद्वारा बुटवलमा विजयी उत्सव

    स्वतन्त्र पत्रकार संघ रुपन्देहीको चौथो अधिवेशन फागुन १४ मा हुदै

    कञ्चन जेसिजले गर्यो ६० युनिट रगत संकलन

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२६२३ पाठक संख्या
  • २.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३१२२ पाठक संख्या
  • ३.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २६२१ पाठक संख्या
  • ४.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २४९० पाठक संख्या
  • ५.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २४८५ पाठक संख्या
  • ६.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २४६६ पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८ सुख्खानगर, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ०७१-५४१५३३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑