• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १, सोमबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

      रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

      ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

      राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

      जय नेपाल पार्टीको दल दर्ता किन सर्‍यो ? राणा–प्रसाईंबीच शक्ति बाँडफाँटदेखि ‘साइत’सम्मका कारण

      कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

      पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणपछि तोडफोड, तीन जना पक्राउ

      संसदीय क्यालेन्डरबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम गायब

      एलपीजी ग्यास आपूर्तिमा समस्या आए तुरुन्त समाधान गरिने, नेपाल आयल निगमले गठन गर्‍यो क्विक रेस्पोन्स टिम

      थुनामा राख्ने आधार नदेखिएपछि दुर्गा प्रसाईं अदालतको आदेशबाट रिहा

      निर्मल पुर्जासहित दिवंगत आरोहीहरूको शव आज क्याम्प–१ ल्याइँदै

      सहकारी ठगी नियन्त्रणमा सरकारको नयाँ कदम, छुट्टै इजलास गठनको तयारी

      देवानगञ्ज घटनाका दुई मृतकको शव आफन्तलाई जिम्मा, आजै अन्त्येष्टि गरिने

      नारायणी अस्पतालमा चिकित्सकहरूको सामूहिक राजीनामा, स्वास्थ्य सेवा संकटमा

      सिरहाको गोलबजारमा पनि आन्दोलन चर्कियो, पूर्व–पश्चिम राजमार्ग केहीबेर अवरुद्ध

    in
    आज: २०८३ भाद्र १, सोमबार
    होमपेज /  लेख तथा साहित्य

    नयाँ शक्ति: १ समिक्षा

  • बुटवल दैनिक
  • २०७७ आश्विन १०, शनिबार (५ साल अघि)
  • १८०४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ७ मिनेट
  • फाईल तस्विर

    देशमा बिद्दमान लामो लोकतान्त्रिक आन्दोलनको उपलब्धि स्वरूप बि.स.२०७३ असोज ३ गते देशले जनताका प्रतिनिधिहरु द्वारा जारि गरिएको संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान प्राप्त गर्याे । त्यसमा खुसि हुनेहरु दिपावली मनाए भने उक्त १ थान संविधानमा आफ्नो अनुहारको छाया पनि नदेख्नेहरु कडा प्रतिबाद स्वरूप आन्दोलनमा निस्किए। त्यहि बिचमा लामो समय सम्म देश पुन: १ पटक अशान्त बन्यो, मानिसहरु मरे/मारीए। ति दुवै अतिवादको बीचबाट एउटा मधुरो मध्यमार्गी आवाज आइरहेको थियो- आधा गिलास भरि र आधा गिलास खालि संबिधान। प्राप्त उपलब्धिको रक्षा गर्दै संविधानको अपुर्णतालाई पुरा गर्दै जाने र अब देशको सम्पूर्ण स्रोत, साधन र क्षमतालाइ प्रयोग गर्दै समृद्दीको मार्ग हुदै समाजवादको यात्रामा अग्रसर हुने। र, यस आवाजको नेतृत्व तात्कालिन माओबादी नेता डा. बाबुराम भट्टराईले गर्दै थिए। त्यसको केहि दिन पश्चात असोज ९ गते उनले तात्कालिन पार्टीबाट राजिनामा दिदै रास्ट्रको समृद्दिका लागि ‘नयाँ शक्ति’ आवस्यक रहेको भन्दै नया राजनीतिक आन्दोलनमा होमिने उदघोस गरे।

    म पारिवारिक राजनीतिक बिरासत नबोकेको साधारण परिवारमा हुर्केको युवा हुनुको नाताले साथै सामाजिक न्यायका बिषयमा अलि बढी चासो राख्ने जिज्ञासु भएकाले त्यस किसिमको मध्य मार्गी बाटो र समृदीको सपना मन नपर्ने कुरै भएन। म भर्खर १७ बर्से युवक आफ्नै सक्रियतामा संगठनमा सामेल भएँ र नयाँ शक्ति निर्माण अभियानको सस्थापक अभियानता बनेँ। यो अवधि बाट आज जसपा सम्म आइपुग्दा त्यस आन्दोलनमा सहभागी हुन पाएकोमा मलाइ कहिँ कतै ग्लानि छैन बरु गर्व नै छ र म सिकारुको हैसियतमा जे जति गर्न सके त्यसमा सन्तोषको अनुभूति गरिरहेको छु तर यतिबेला त्यस अभियानबाट थोरै अलग भएर आफ्नो मनका कुराहरु लेख्ने जमर्को गरेको छु।

    त्यस आन्दोलन कति सफल, कति असफल भन्ने कुराको निस्कर्स निकाल्दै गरौँला तर मेरो अनुभूतिमा त्यो इमान्दार प्रयासले देशमा नयाँ राजनीतिक परिपाटीको बहसलाई नयाँ उचाइमा पुर्याएकै हो। हुनत: त्यस भन्दा पहिले पनि प्रयास भैरहेका थिए तर नयाँ शक्तिको उदय पछी त्यस मुद्दाले रास्ट्रीय बहसको रुपमा स्थान ओगट्यो। त्यसैले, सोहि संगठन सफल, असफल जे भए पनि, देशमा नयाँ राजनीतिक परिपाटी चाहाने, समृद्दी, सुशासन र सामाजिक न्याय चाहाने हरेक अभियान्ताहरुले त्यस प्रयासलाइ सम्मान नै गर्नुपर्ने हुन्छ। नयाँ शक्तिको बहसले बैकल्पिक राजनीतिक आन्दोलनको बहसलाई जुन उचाई दियो त्यसले ऐले नवोदित साझा पार्टी, बिबेकशील लगायतका अभियानहरुलाई पनि आफ्नो स्पेस बनाउन धेरै मद्दत गरेको छ, यस अर्थमा पनि सम्पूर्ण बैकल्पिक अभियान्ताहरुका निम्ति नया शक्ति १ हौसलाको दबाई हो भने सिकाइका लागि अध्ययन सामग्री।

    पक्कै पनि कुनै नया राजनीतिक स्पेस बनाउनु चानेचुने कुरा होइन, नयाँ शक्तिको पहिलो ३ बर्षमा यस्तै संघर्सका अनुभवहरु थुप्रै छन्। यो बिचमा कहिले यता ढल्कने कहिले उता गर्दा पाइरहेको उचाईमा पनि अनेक शंका उपशंका उत्पन्न हुने अवस्था बन्यो। सोहि समयमा तत्कालिन प्रबक्ता खिमलाल देभकोटाको शब्द सापटी लिनुपर्दा, कहिले नयाँ जस्तो त कहिले शक्ति जस्तो देखिने क्रम जारि रह्यो। कहिले फोरम संगको एकता निष्कर्समा पुग्नै लाग्दा बिग्रनु त कहिले बाम गठबन्धनमा सामेल हुने निर्णयले नेतृत्वको छबी धुमलिदै जानु र पार्टीप्रतिको बिश्वास घट्दै जानुले पनि आजको अवस्था सम्म आइपुग्ने कुरामा भूमिका खेलेका छन। नेतृत्वका अनेक बाध्यता हुनसक्छन तर त्यसबेलाको ढुलमुले नीतिले पार्टीलाई ठुलै क्षति गरेको कुरा नेतृत्वले स्वीकार पनि गरिसकेको छ।

    सबै कुरा नेतृत्वकै कमजोरी मात्र हो भन्ने पनि होइन, संगठन निर्माणमा देखिएका अनेक अड्चनले पनि बैकल्पिक राजनीतिक यात्रालाई धुमिल बनाउन भूमिका खेलेका थिए। नयाँ र पुराना अनुभब बोकेका, अनुभवी र नवाप्रबेसिहरु बिचमा र Technocrat र राजनीतिज्ञको बिचमा तादम्यता मिलाउन नसक्नु र उनीहरुलाई एउटै सुत्रमा बाँध्ने जबर्जस्त स्कुलिङ्ग दिन नसक्नु पनि नयाँ शक्ति विसर्जनको महत्वपुर्ण कारण हुनसक्छ। संगठनमा सामेल भएका हरेक पंतिलाई जोगाएर राख्न नसक्नु, संगठनमा भएकैहरुको database तयार गरेर उनीहरुलाई सांगठनिक संरचनामा सहज रुपमा काम गर्न सक्ने बाताबरण बनाउन नसक्नु पनि कार्यकर्ता पलायन हुनुको अर्को प्रमुख कारण हो भन्ने मेरो बुझाइ हो।

    इमान्दार प्रयासमा सधै इमान्दार मान्छेहरु मात्र आउछन भन्ने पनि छैन, हरेक संगठनमा अनेक स्वार्थ बोकेका स्वार्थ समुहहरु सक्रिय हुन्छन र उनीहरु आफ्नो स्वार्थ नामिल्दाको दिन संगठनलाइ बद्नाम गराएर भाग्न सक्छन भन्ने कुरा लामो राजनीतिक अनुभब बटुल्नु भएका आदरणीय डा. बाबुराम भट्टराईले समेत भेउ पाउनु भएनछ, फलस्वरूप वहाँकै निगाहमा पटक पटक राजनीतिक नियुक्ति खाइ सकेका देभेन्द्र पौडेल लगायतको समुहले महत्वपुर्ण घडीमा १ थान सांसद र मन्त्रीको आसमा वहालाई र समग्र आन्दोलनलाई धोका दिए।आफु अनुकुल हुन्जेल बडो दार्शनिक गफ चुट्ने र अवस्था अलिकति अप्ठ्यारो आउने बित्तिकै माउसुली झैँ पुच्छर नै छाडेर भाग्ने नवागद्दरहरुबाट पार्टी र संगठनको नेतृत्व जोगाउन नसक्नु पनि अर्को कमजोरी हो।

    यस्ता अनेक तिता मिठा अनुभवका बाबजुत नयाँ शक्तिले जुन उचाई पाइरहेको थियो र जुन संगठनको संजाल छोटो समयमा देशभरी फैलिसकेको थियो त्यसमा सन्तोष गर्दै थप संघर्स गर्नुपर्नेमा र नवोदित शक्तिहरुसंग सामाजिक-बैचारिक बहस सिर्जना गर्दै कार्यगत एकता हुदै अगाडी बढ्नुपर्नेमा आवस्यक सुधार र सहमति बिनै संगठनलाइ फेरी पुरानै ढर्राको बिरासत बोकेको समाजबादी र राजपामा लगेर बिसर्जन गर्नु पार्टी नेतृत्वको गम्भीर भुल हो भन्नमा मलाइ कुनै शंकोच छैन। त्यति मात्र होइन, पछिल्लो समय जसपामा देखिएको पदीय भागबण्डा देख्दा म बाबुराम भट्टराइको बिद्यार्थी निरास हुनु स्वाभाविक हो भन्ने लाग्छ। कुनै राजनीतक दल बैकल्पिक बन्न सबै भन्दा पहिले नेतृत्वले त्याग गर्ने हिम्मत राख्न जरुरी छ। आफु र आफ्ना आसेपासे नभई नहुने नेताबाट बैकल्पिक चरित्र बोकेको संगठन बन्छ भनेर बिस्वास गर्न मेरो मनले मानिरहेको छैन।हुनत: मेरो आँकलन अलिक जल्दी पनि हुन् सक्छ तर आज सम्मको परिदृश्य हेर्दा मैले देख्न चाहेको, हामिले बनाउन खोजेको जस्तो संगठन बन्छ भन्ने कुरामा प्रशस्तै शंका गर्न सक्ने ठाउँहरु बनेका छन्।

    हुनत: बैचारिक रुपमा जसपा नेपाल अरु राजनीतिक दलहरु भन्दा अझै पनि उत्कृस्ट छ भन्ने कुरामा मेरो फरकमत होइन, राज्यमा सामाजिक न्याय स्थापना गर्न, राज्यका अंगहरुको पुन:संरचना गर्ने सवालमा र पहिचान र सामर्थ्यमा आधारित प्रदेश निर्माणका कुराहरुले जसपालाई पृथक त बनाएको छ नै, तर राजनीतिमा एजेन्डा बनाउनु मात्र खासै ठुलो कुरा होइन, त्यसको महत्वलाई जनतामा बुझाउन सक्नु र त्यसलाई इमान्दारिताका साथ् कार्यान्वयनमा लैजान सक्नु प्रमुख कुरा हो। ऐलेको जसपा र त्यसको नेतृत्वमा रहेका अधिकांश अनुहारहरु जनताले पहिले देखि नै मन नपराएका अनुहारहरु हुन् साथै उनीहरुको चरित्रमा कुनै फरकपन नआउनु पनि बैकल्पिक राजनीतिक यात्रामा उनीहरु फिट छैनन् भन्ने कुराको संकेत हो।

    राजनीतिक दल कुनै अमुक नेताको लहडमा बन्ने कुरा पनि होइन र कुनै नेतृत्व थाक्दैमा यो अभियान रोकिने पनि होइन, यो एउटा लामो माइलाको सफर तय गरेर अघि बढिरहेको एउटा राजनीतिक आन्दोलन हो र यो जब सम्म सफल हुदैन तब सम्म चलिरहन्छ, निरन्तर।व्यक्ति थाक्लान किनभने व्यक्तिको अवधि छोटो हुन्छ तर यस अभियानको कुनै निश्चित समय छैन त्यसैले यो अघि बढिरहन्छ, एउटा असफल भए अर्को र त्यो पनि असफल भए फेरी अर्को।

    समग्रमा, सम्पूर्ण अग्रगामी बैकल्पिक राजनीतिको पैरवी गर्नेहरुका लागि ‘नयाँ शक्ति’ एउटा असल पाठ्यक्रम हो, सिकाइको अध्ययन केन्द्र हो र अनुभवहरुको संगालो हो।हरेक बैकल्पिक अभियानका बिद्यार्थीहरुले यस अभियानलाई सम्मान गर्दै, सिक्दै, बुझदै र त्यसलाई ब्यबहारमा लागु गर्दै अघि बढ्न सक्यो भने बैकल्पिक राजनीतिको अभिस्ट पुरा गर्ने यात्रामा एउटा इँट थपिन सक्छ।

    • #नयाँ शक्ति
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    लेख तथा साहित्य सम्बन्धि थप

    विश्व मानवअधिकार दिवस : ‘मानवलाई बाँच्नै सकसको वर्ष’

    न्यायका लागि ढिलाइ किन ? आखिर किन बलत्कारीलाई संरक्षण ?

    लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

    यसपालिको तिहारमा जे गरेपनि कसैलाइ चासो छैन, स्थानीय सरकार बोलीमा मात्र सिमित

    यसरी मनाइन्छ  तिहारका पाँच दिन , महत्त्व सहित

    Problems and recommended solutions to the seed sector in the present scenario of COVID-19

    समाचार

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑