कुनै पनि ठाउँमा भएको दुर्घटनालाई सत्य , तथ्य , निष्पक्ष तथा पारदर्शिताको रुपमा खबर पुर्याउने पेशा नै पत्रकारिता हो । त्यही खबर पुर्याउन माध्याम बनेको ब्यक्ती भने पत्रकार हो । कुनै पनि माध्याम जस्तै रेडियो ,टि भी वा पत्रपत्रीका मार्फत आम स्रोता एबम दर्शकलाई मनोरन्जन दिने काम गर्दछ भने त्यो ब्यक्ती सन्चारकर्मी हो,पत्रकार होइन ।
पत्रकार आफैमा स्वतन्त्र हुनु पर्ने हुन्छ । बिभिन्न राजनितिक धारको आडमा गरिने पत्रकारिता भने स्वतन्त्र पत्रकारिता भित्र पर्दैन ।पत्रकार देश र जनताको हुनु पर्छ र देश अनि जनताको लागि पत्रकारिता गरिनु पर्छ र गरिन्छ । तर अहिलेको अवस्थामा भने पत्रकारिता भित्र राजनितिको खेल चलखेल भैरहेको छ यो हुनु पत्रकारितामा पक्कै पनि रामो होईन ।
पछिल्लो समयमा नेपालको कुरा गर्ने हो भने युट्युबर हरुको निकै बाक्लो सकृयता रहेको पाइन्छ । वास्तवमा अहिले युट्युबरलाई पत्रकार भन्ने या के भन्ने बारे आम मानिसमा जिज्ञासाको बिषय बनेको छ ।कतिपयले युट्युबरलाई समाज सेवी भन्छ्न भने कतिपयले पत्रकार पनि भन्छन ।वास्तवम युट्युबर भनेको कृयटर हुन ,उनिहरु न त समाज सेविमा पर्दछ्न न त पत्रकार मै पर्दछन ।एउटा युट्युबरले एउटा मात्रै क्षेत्रको बिषयलाई स्थान नदिएर चौतर्फी रुपमै आवज मिसाउनी ,कहिले गीत संगीतमा झुमेर होस् त कहिले दुखी गरीबका आँशुसँग आँशु मिसाएर होस । दर्शक एवं स्रोतलाई कहिले हसाउने गर्दछन त कहिले रुवाउने गर्दछ्न । यो अर्थमा युट्युबरलाई सन्चार कर्मी भनेर भन्न सकिने अहिलेको अवस्था छ ।
कतिपय युट्युबरले आफुहरुलाई खोज पत्रकारको परिचय दिदै हिड्ने गरेको समेत पाईन्छ । युट्युबर र खोज पत्रकारितामा धेरै भिन्नता रहेको छ । युट्युबर एक युट्युब सामग्री निर्माता पनि हो। एक प्रकार को वीडियोग्राफर या मनोरन्जनकर्ता हो ,जसले भिडियो साझेदारी वेबसाइट युट्युबको लागी भिडियो उत्पादन गर्दछ । कहिलेकाँही नेटवर्कले समर्थन गर्दछ । केही युट्युब व्यक्तित्वहरू कर्पोरेट प्रायोजकहरू हुन्छन् जसले उनीहरूको क्लिपमा उत्पादन प्लेसमेन्टको लागि भुक्तान गर्छन् वा अनलाइन भिडियोको उत्पादन गर्दछन्। यी सामग्री-सिर्जनाकर्ताहरूलाई प्रायः “प्रभावकारी” भनिएको छ ।यस्ता सामग्रीहरु खोज पत्रकारिता भित्र भने पर्दैनन् ।
वास्तवमा खोज पत्रकारिता के हो र कसरि गरिनु पर्छ ? खोज पत्रकारिताको चुनौतीहरु के कस्ता हुन्छन ? कस्ता पत्रकारलाई खोज पत्रकार भन्न मिल्छ त भन्ने बिषय यहाँ समेटिएको छ ।
खोज पत्रकारिता यस्तो खालको पत्रकारिता हो जसमा रिपोर्टरले एउटा विषयमा गहन रूपले खोज गर्छ । यसरी तयार भएको स्टोरीले भ्रष्टाचार उदाङ्गो पार्छ, सरकार अथवा कर्पाेरेट हाउसहरूको नीतिको समीक्षा गर्छ अथवा सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक चलनप्रति मानिसको ध्यानाकर्षण गराउँछ । एउटा विषयमा खोज गर्न खोज पत्रकार अथवा खोज पत्रकारको समूहलाई धेरै महीना अथवा वर्ष लाग्न सक्छ । सामान्य खालको रिपोर्टिङ गर्दा रिपोर्टर सरकार, गैरसरकारी संस्था अथवा अन्य संस्थाहरूले दिएका जानकारीमा भर पर्छन् भने खोज पत्रकारले आफ्नै सक्रियतामा सूचना खोज्छन् । खोज पत्रकारको लक्ष्य जानाजान लुकाएर राखिएका वा अन्जानमै लुक्न पुगेका जानकारी बाहिर ल्याउनु हो ।
खोज पत्रकारले सार्वजनिक सरोकारका विषयमा गहन खोज गर्नुपर्छ । सार्वजनिक सरोकार भन्नाले त्यस्ता विषयलाई जनाउँछ जसका बारेमा थाहा नपाउँदा आम मानिसलाई बेफाइदा पुग्छ अनि थाहा पाउँदा आम मानिसलाई फाइदा पुग्छ । कहिलेकाहीं, कुनै जानकारी बाहिर आउँदा एउटा समुदायलाई फाइदा र अर्काे समुदायलाई बेफाइदा हुन सक्छ । उदाहरणका लागि, असंगठित किसानले उत्पादन गरेको तरकारीको वास्तविक बजार मूल्य थाहा पाएको खण्डमा किसानले बिचौलियासँग बढी मूल्य माग्न सक्छन् । तरकारी बिचौलिया यस्तो जानकारी किसानसम्म नपुगोस् भन्ने चाहन्छन् । ‘राष्ट्रिय हित’ र ‘सार्वजनिक हित’ का बीचमा कहिलेकाहीं भिन्नता हुन सक्छ । सरकारले ‘राष्ट्रिय हित’ का नाममा गैरकानूनी, खतरनाक अथवा अनैतिक कामलाई सही ठह¥याउन सक्छ अथवा त्यस्ता विषयमा रिपोर्टिङ गर्न पत्रकारलाई हतोत्साहित पार्न सक्छ ।
खोज पत्रकारिता हतारमा गरिने पत्रकारिता होइन । खोज पत्रकारिता गर्नका लागि योजना, अनुसन्धान र रिपोर्टिङका स्थापित प्रक्रिया अपनाउनुपर्छ, सत्यता र प्रमाणसम्बन्धी सर्वस्वीकृत मापदण्ड अपनाउनुपर्छ । खोजमूलक रिपोर्टिङका कामको नेतृत्व पत्रकार÷पत्रकारको टोलीले गर्नुपर्छ, अर्काको पहलमा थालिएको रिपोर्टिङ खोज पत्रकारिता हुँदैन । कुनै विषयमा प्रारम्भिक सूचना पाइसकेपछि पत्रकारले त्यस विषयमा आफ्ना मान्यता बनाउँछ, थप अनुसन्धानका लागि योजना बनाउँछ, त्यस विषयमा कस्ता प्रश्न सोध्नु सान्दर्भिक हुन्छ भन्ने कुरा तय गर्छ र आफ्नानो मान्यताका पक्ष र विपक्षका जानकारी खोज्न थाल्छ । खोज पत्रकारले आफैंले देखेका र खोजेका जानकारीको विश्लेषण गरेर प्रमाण जुटाउनुपर्छ । सामान्य खालका रिपोर्टिङ गर्ने पत्रकारले आफूले पाएका जानकारीलाई जसरी पुष्टि गर्छ खोज पत्रकार त्यतिमा सीमित हुनुहुँदैन । स्टोरीमा नयाँ जानकारी हुनुपर्छ अथवा पहिल्यै बाहिर आइसकेका जानकारीलाई पनि यस किसिमले प्रस्तुत गर्नुपर्छ जसबाट ती जानकारी कति सान्दर्भिक छन् भन्ने कुरा स्थापित होस् । कुनै एउटा स्रोतबाट अचम्म लाग्दा जानकारी पाउन सकिएला, अहिलेसम्म लुकाइएका जानकारी नयाँ दृष्टिकोण थाहा पाउन सकिएला तर उसबाट पाएका जानकारी अनुभव, कागजात र अन्य व्यक्तिबाट पुष्टि नभएसम्म र ती जानकारीले के अथ्र्याउँछन् भन्ने व्याख्या नगरेसम्म त्यो खोज पत्रकारिता हुँदैन ।
खोजमूलक रिपोर्टिङका लागि धेरै स्रोत, सामूहिक प्रयास र दिनैपिच्छे गरिने रिपोर्टिङका लागि भन्दा बढी समय चाहिन्छ । धेरै खोजमूलक स्टोरी पत्रकारहरूको टोलीले तयार गरेका हुन्छन् । तर समय, पैसा र स्टाफ अनि विशेष सीप कम भएका साना, स्थानीय र सामुदायिक सञ्चारमाध्यमका लागि खोज पत्रकारिता गर्न समस्या हुनसक्छ । खोज पत्रकारिता गर्नका लागि पत्रकारले अरूबाट अनुदान लिनुपर्ने हुनसक्छ । आफ्नानो सञ्चारमाध्यमभन्दा बाहिरका दक्ष मानिसको सहायता लिनुपर्ने हुनसक्छ ।
गुप्तचरले उपयोग गर्ने सीपका सन्दर्भमा यस्तो प्रश्न सोधेको हो भने पत्रकारलाई गुप्तचर मान्नुपर्छ । सबै खोजमूलक स्टोरी प्रश्नबाट शुरू हुन्छन् । यसको जवाफ र समाजसँग यसको सान्दर्भिकता खोज्नका लागि पत्रकारले मान्यता बनाउन अनुसन्धान गर्छ । त्यसपछि उसले थप अनुसन्धान गर्छः यससँग सम्बन्धित कागजात अध्ययन गर्छ, मानिससँग कुराकानी गर्छ । कुराकानी गर्दा कहिलेकाहीं सोधपुछ गरेजस्तो पनि गर्नुपर्छ । यसरी पत्रकारले अत्यन्त धेरै जानकारी भेला गर्छ । यीमध्ये केही त एकदमै विस्तृत अथवा प्राविधिक खालका पनि हुनसक्छन् ।
केलाई प्रमाण मान्ने र आफूले पाएका जानकारीलाई प्रमाणका रूपमा पेश गर्न सकिन्छ कि सकिंदैन भन्ने विषयमा पत्रकारले सर्वस्वीकृत (अदालतले स्वीकार गर्ने) मान्यता अपनाउँछन् । मानहानि जस्ता कानूनले गर्दा पत्रकारले गर्ने अनुसन्धान र तथ्य रुजु गर्ने काम गुप्तचरले मुद्दा चलाउन पेश गर्ने खालका प्रमाण जुटाउन गर्ने काम भन्दा फरक हुनुहुँदैन ।
कहिलेकाहीं यस्तो प्रश्न सोध्नुपर्छः खोज पत्रकारले परिचय बदलेर अथवा माइक्रोफोन र क्यामरा लुकाएर, गुप्तचरले जसरी अनुसन्धान गर्न हुन्छ कि हुँदैन ? यसको जवाफ जटिल छ । खोज पत्रकार—केही सर्वश्रेष्ठ खोज पत्रकार मध्येका— ले कहिलेकाहीं यी विधि उपयोग गर्छन् । तर यहाँ के कुरामा ख्याल राख्नुपर्छ भने गुप्तचरले भेष बदलेर गर्ने काम र प्रहरीले अनुसन्धान गर्ने मामलामा नागरिकको अधिकारबारेमा सामान्यतया कानूनले निर्दिष्ट गरेको हुन्छ । पत्रकारले आचारसंहिता बमोजिम काम गर्छ । नागरिकको गोपनीयताको हक उल्लंघन गर्ने अधिकार पत्रकारले पाएको हुँदैन । त्यसैले, आचारसंहिता पालना गर्न र अरूले आफ्ना विरुद्ध मुद्दा हाल्ने अवस्था नआओस् भन्नका लागि पत्रकारले हरेक पटक यस्तो तरिका अपनाउनु भन्दा पहिले यसो गर्ने कि नगर्ने भन्ने विषयमा सतर्क भएर विचार गर्नुपर्छ । लुकाइएका क्यामरा र रेकर्डरबाट संकलन गरिएका जानकारी थप प्रमाण मात्र हुन् । यसरी जानकारी संकलन गरेपछि विश्लेषण गर्नुपर्दैन, जानकारी जाँच गर्नुपर्दैन, यस्ता सामग्रीको सान्दर्भिकता बताउनुपर्दैन र सार्थक स्टोरीको खाका तयार गर्नुपर्दैन भन्ने हुँदैन । आफूले स्टोरी गर्न लागेका विषयमा सार्वजनिक कागजातमा धेरै प्रमाण भेट्न सकिन्छ । यसका लागि कुन कागजातमा खोज्ने र कसरी भेला भन्ने कुरा चाहिं जान्नुपर्छ ।
खोज पत्रकार र गुप्तचरका काम धेरै दृष्टिले समान भए पनि उनीहरूका केही काम एकापसमा भिन्न हुन्छन् । कहिलेकाहीं पत्रकारले अनुसन्धान गर्दा दोषी प्रमाणित गर्नुपर्दैन, के भएको रहेछ भनेर जान्दा मात्रै हुन्छ । अपराध कसले गरेको हो भन्ने थाहा पाएपछि गुप्तचरको काम सकिन्छ । खोज पत्रकारले अरू थप जानकारी खोज्नुपर्छ । उसले सही तथ्य खोज्नुपर्छ र तिनलाई सही किसिमले प्रस्तुत गर्नुपर्छ । पत्रकारले आफूले तयार पारेको स्टोरीको महत्व बताइदिनुपर्छ । आफूले अनुसन्धान गरेका घटना, काम र प्रमाणका ढाँचाबारे बताइदिनुपर्छ । त्यसैले खोजमूलक स्टोरीमा कुनै अपराध फलानाले गरेको हो भनेर मात्रै पुग्दैन त्यसको सन्दर्भ र गाम्भीर्य समेत उल्लेख गर्नुपर्छ । आफ्ना काममा यति गहिराइमा पुग्दा मात्र खोज पत्रकार निष्पक्ष भएको ठानिन्छ ।
खोज पत्रकारितालाई ‘रिसाहा पत्रकारिता’ पनि भनिन्छ । खोजमूलक स्टोरी गर्दा पत्रकारले स्टोरीमा उल्लेख भएका सबै पक्षका बीच कृत्रिम सन्तुलन मिलाउन खोज्दैन । उसले आफूले लेख्न लागेको स्टोरीमा भएका तथ्य सही छन् भन्नेतिर ध्यान दिन्छ । खोज पत्रकारिता गर्दा ‘यो कुरा सही नहुन सक्छ’, ‘हाम्रो व्याख्या गलत हुन पनि सक्छ’ भन्न पाइँदैन । जति वेलासम्म यस्ता शंका लाग्छन् त्यति वेलासम्म स्टोरी गहिराइमा पुगेको, प्रकाशन गर्न लायक मानिंदैन । कुनै स्टोरीमा दुई पक्ष मात्रै हुँदैनन् । खोजमूलक स्टोरीमा सन्तुलन मिलाउनु भनेको यी विभिन्न पक्षका बारेमा व्याख्या गर्नु हो, के भयो भन्ने मात्र नबताएर किन भयो भन्ने पनि बताउनु हो । गुप्तचरले यसो गर्दैन । पत्रकारले चाहिं त्यसको पूर्ण सन्दर्भ प्रस्तुत गर्छ ।
अर्का किसिमले भन्दा, खोज पत्रकारले वैज्ञानिकले जसरी काम गर्छन् । स्टोरी गर्न थाल्दा आफूले सोचेका कुरा प्रमाणित गर्ने पर्याप्त प्रमाण नजुटेसम्म उनीहरू आफूले शुरूमा सोचेका कुरा गलत हुन पनि सक्छ भन्ने कुरा ख्याल गर्छन् । आफूले सोचेको भन्दा विपरीत कुरा प्रमाणित गर्ने प्रमाण भेटिए भने तिनलाई पत्रकारले बेवास्ता गर्दैनन् । आफूले शुरूमा सोचेभन्दा फरक निष्कर्ष निकाल्ने प्रमाण पाइएमा उनीहरू त्यसलाई स्वीकार्छन् । यसो गर्दा पत्रकारको काम वैज्ञानिकको कामसँग मिल्न आउँछ जहाँ अनुसन्धानकर्ताले एउटा मान्यता राख्छन् र त्यो सही हो कि होइन भनी जाँच गर्छन् ।
सामन्य पत्रकारितामा पनि खोजपत्रकारले अरू पत्रकारले भन्दा बढी अनुसन्धान गर्नुपर्छ, खोजी गर्नुपर्छ । उसले धेरै थरीका मानिससँग कुराकानी गर्नुपर्छ । घटना र प्रक्रिया आफैँले अवलोकन गर्नुपर्छ । यदि पत्रकारिता गर्दै गर्दा आईपर्ने चुनौती तथा समस्या संग जुध्न सकिदैन भने खोज पत्रकारिता सम्भब छैन । इन्वेसटिगेटीव जर्नालिजमको सहयोगमा ।