• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २०, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

      जेठो छोराको हत्या भएको खबरले आमाको ज्यान गयो, मलेसियाबाट फर्किँदै श्रीमान्

      रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

      तीन वर्षीया बालिकाको हत्या प्रकरण: शव खोज्न प्रहरीलाई सघाइरहेका थिए सहचालक, कुकुरले संकेत गरेपछि पक्राउ

    in
    आज: २०८३ भाद्र २०, शनिबार
    होमपेज /  लेख तथा साहित्य

    पत्रकारको नामको फस्टाउदै गएका युट्युबर अनि खोज पत्रकारिता

  • बुटवल दैनिक
  • २०७७ भाद्र ३, बुधबार (६ साल अघि)
  • २४४१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    कुनै पनि ठाउँमा भएको दुर्घटनालाई सत्य , तथ्य , निष्पक्ष तथा पारदर्शिताको रुपमा खबर पुर्‍याउने पेशा नै पत्रकारिता हो । त्यही खबर पुर्‍याउन माध्याम बनेको ब्यक्ती भने पत्रकार हो । कुनै पनि माध्याम जस्तै रेडियो ,टि भी वा पत्रपत्रीका मार्फत आम स्रोता एबम दर्शकलाई मनोरन्जन दिने काम गर्दछ भने त्यो ब्यक्ती सन्चारकर्मी हो,पत्रकार होइन ।

    फेसबुकमा पछ्याउनुहोस्

    पत्रकार आफैमा स्वतन्त्र हुनु पर्ने हुन्छ । बिभिन्न राजनितिक धारको आडमा गरिने पत्रकारिता भने स्वतन्त्र पत्रकारिता भित्र पर्दैन ।पत्रकार देश र जनताको हुनु पर्छ र देश अनि जनताको लागि पत्रकारिता गरिनु पर्छ र गरिन्छ । तर अहिलेको अवस्थामा भने पत्रकारिता भित्र राजनितिको खेल चलखेल भैरहेको छ यो हुनु पत्रकारितामा पक्कै पनि रामो होईन ।

    पछिल्लो समयमा नेपालको कुरा गर्ने हो भने युट्युबर हरुको निकै बाक्लो सकृयता रहेको पाइन्छ । वास्तवमा अहिले युट्युबरलाई पत्रकार भन्ने या के भन्ने बारे आम मानिसमा जिज्ञासाको बिषय बनेको छ ।कतिपयले युट्युबरलाई समाज सेवी भन्छ्न भने कतिपयले पत्रकार पनि भन्छन ।वास्तवम युट्युबर भनेको कृयटर हुन ,उनिहरु न त समाज सेविमा पर्दछ्न न त पत्रकार मै पर्दछन ।एउटा युट्युबरले एउटा मात्रै क्षेत्रको बिषयलाई स्थान नदिएर चौतर्फी रुपमै आवज मिसाउनी ,कहिले गीत संगीतमा झुमेर होस् त कहिले दुखी गरीबका आँशुसँग आँशु मिसाएर होस । दर्शक एवं स्रोतलाई कहिले हसाउने गर्दछन त कहिले रुवाउने गर्दछ्न । यो अर्थमा युट्युबरलाई सन्चार कर्मी भनेर भन्न सकिने अहिलेको अवस्था छ ।

     

    कतिपय युट्युबरले आफुहरुलाई खोज पत्रकारको परिचय दिदै हिड्ने गरेको समेत पाईन्छ । युट्युबर र खोज पत्रकारितामा धेरै भिन्नता रहेको छ । युट्युबर एक युट्युब सामग्री निर्माता पनि हो। एक प्रकार को वीडियोग्राफर या मनोरन्जनकर्ता हो ,जसले भिडियो साझेदारी वेबसाइट युट्युबको लागी भिडियो उत्पादन गर्दछ । कहिलेकाँही नेटवर्कले समर्थन गर्दछ । केही युट्युब व्यक्तित्वहरू कर्पोरेट प्रायोजकहरू हुन्छन् जसले उनीहरूको क्लिपमा उत्पादन प्लेसमेन्टको लागि भुक्तान गर्छन् वा अनलाइन भिडियोको उत्पादन गर्दछन्। यी सामग्री-सिर्जनाकर्ताहरूलाई प्रायः “प्रभावकारी” भनिएको छ ।यस्ता सामग्रीहरु खोज पत्रकारिता भित्र भने पर्दैनन् ।
    वास्तवमा खोज पत्रकारिता के हो र कसरि गरिनु पर्छ ? खोज पत्रकारिताको चुनौतीहरु के कस्ता हुन्छन ? कस्ता पत्रकारलाई खोज पत्रकार भन्न मिल्छ त भन्ने बिषय यहाँ समेटिएको छ ।

    खोज पत्रकारिता यस्तो खालको पत्रकारिता हो जसमा रिपोर्टरले एउटा विषयमा गहन रूपले खोज गर्छ । यसरी तयार भएको स्टोरीले भ्रष्टाचार उदाङ्गो पार्छ, सरकार अथवा कर्पाेरेट हाउसहरूको नीतिको समीक्षा गर्छ अथवा सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक चलनप्रति मानिसको ध्यानाकर्षण गराउँछ । एउटा विषयमा खोज गर्न खोज पत्रकार अथवा खोज पत्रकारको समूहलाई धेरै महीना अथवा वर्ष लाग्न सक्छ । सामान्य खालको रिपोर्टिङ गर्दा रिपोर्टर सरकार, गैरसरकारी संस्था अथवा अन्य संस्थाहरूले दिएका जानकारीमा भर पर्छन् भने खोज पत्रकारले आफ्नै सक्रियतामा सूचना खोज्छन् । खोज पत्रकारको लक्ष्य जानाजान लुकाएर राखिएका वा अन्जानमै लुक्न पुगेका जानकारी बाहिर ल्याउनु हो ।

    खोज पत्रकारले सार्वजनिक सरोकारका विषयमा गहन खोज गर्नुपर्छ । सार्वजनिक सरोकार भन्नाले त्यस्ता विषयलाई जनाउँछ जसका बारेमा थाहा नपाउँदा आम मानिसलाई बेफाइदा पुग्छ अनि थाहा पाउँदा आम मानिसलाई फाइदा पुग्छ । कहिलेकाहीं, कुनै जानकारी बाहिर आउँदा एउटा समुदायलाई फाइदा र अर्काे समुदायलाई बेफाइदा हुन सक्छ । उदाहरणका लागि, असंगठित किसानले उत्पादन गरेको तरकारीको वास्तविक बजार मूल्य थाहा पाएको खण्डमा किसानले बिचौलियासँग बढी मूल्य माग्न सक्छन् । तरकारी बिचौलिया यस्तो जानकारी किसानसम्म नपुगोस् भन्ने चाहन्छन् । ‘राष्ट्रिय हित’ र ‘सार्वजनिक हित’ का बीचमा कहिलेकाहीं भिन्नता हुन सक्छ । सरकारले ‘राष्ट्रिय हित’ का नाममा गैरकानूनी, खतरनाक अथवा अनैतिक कामलाई सही ठह¥याउन सक्छ अथवा त्यस्ता विषयमा रिपोर्टिङ गर्न पत्रकारलाई हतोत्साहित पार्न सक्छ ।

    खोज पत्रकारिता हतारमा गरिने पत्रकारिता होइन । खोज पत्रकारिता गर्नका लागि योजना, अनुसन्धान र रिपोर्टिङका स्थापित प्रक्रिया अपनाउनुपर्छ, सत्यता र प्रमाणसम्बन्धी सर्वस्वीकृत मापदण्ड अपनाउनुपर्छ । खोजमूलक रिपोर्टिङका कामको नेतृत्व पत्रकार÷पत्रकारको टोलीले गर्नुपर्छ, अर्काको पहलमा थालिएको रिपोर्टिङ खोज पत्रकारिता हुँदैन । कुनै विषयमा प्रारम्भिक सूचना पाइसकेपछि पत्रकारले त्यस विषयमा आफ्ना मान्यता बनाउँछ, थप अनुसन्धानका लागि योजना बनाउँछ, त्यस विषयमा कस्ता प्रश्न सोध्नु सान्दर्भिक हुन्छ भन्ने कुरा तय गर्छ र आफ्नानो मान्यताका पक्ष र विपक्षका जानकारी खोज्न थाल्छ । खोज पत्रकारले आफैंले देखेका र खोजेका जानकारीको विश्लेषण गरेर प्रमाण जुटाउनुपर्छ । सामान्य खालका रिपोर्टिङ गर्ने पत्रकारले आफूले पाएका जानकारीलाई जसरी पुष्टि गर्छ खोज पत्रकार त्यतिमा सीमित हुनुहुँदैन । स्टोरीमा नयाँ जानकारी हुनुपर्छ अथवा पहिल्यै बाहिर आइसकेका जानकारीलाई पनि यस किसिमले प्रस्तुत गर्नुपर्छ जसबाट ती जानकारी कति सान्दर्भिक छन् भन्ने कुरा स्थापित होस् । कुनै एउटा स्रोतबाट अचम्म लाग्दा जानकारी पाउन सकिएला, अहिलेसम्म लुकाइएका जानकारी नयाँ दृष्टिकोण थाहा पाउन सकिएला तर उसबाट पाएका जानकारी अनुभव, कागजात र अन्य व्यक्तिबाट पुष्टि नभएसम्म र ती जानकारीले के अथ्र्याउँछन् भन्ने व्याख्या नगरेसम्म त्यो खोज पत्रकारिता हुँदैन ।

    खोजमूलक रिपोर्टिङका लागि धेरै स्रोत, सामूहिक प्रयास र दिनैपिच्छे गरिने रिपोर्टिङका लागि भन्दा बढी समय चाहिन्छ । धेरै खोजमूलक स्टोरी पत्रकारहरूको टोलीले तयार गरेका हुन्छन् । तर समय, पैसा र स्टाफ अनि विशेष सीप कम भएका साना, स्थानीय र सामुदायिक सञ्चारमाध्यमका लागि खोज पत्रकारिता गर्न समस्या हुनसक्छ । खोज पत्रकारिता गर्नका लागि पत्रकारले अरूबाट अनुदान लिनुपर्ने हुनसक्छ । आफ्नानो सञ्चारमाध्यमभन्दा बाहिरका दक्ष मानिसको सहायता लिनुपर्ने हुनसक्छ ।

    गुप्तचरले उपयोग गर्ने सीपका सन्दर्भमा यस्तो प्रश्न सोधेको हो भने पत्रकारलाई गुप्तचर मान्नुपर्छ । सबै खोजमूलक स्टोरी प्रश्नबाट शुरू हुन्छन् । यसको जवाफ र समाजसँग यसको सान्दर्भिकता खोज्नका लागि पत्रकारले मान्यता बनाउन अनुसन्धान गर्छ । त्यसपछि उसले थप अनुसन्धान गर्छः यससँग सम्बन्धित कागजात अध्ययन गर्छ, मानिससँग कुराकानी गर्छ । कुराकानी गर्दा कहिलेकाहीं सोधपुछ गरेजस्तो पनि गर्नुपर्छ । यसरी पत्रकारले अत्यन्त धेरै जानकारी भेला गर्छ । यीमध्ये केही त एकदमै विस्तृत अथवा प्राविधिक खालका पनि हुनसक्छन् ।

    केलाई प्रमाण मान्ने र आफूले पाएका जानकारीलाई प्रमाणका रूपमा पेश गर्न सकिन्छ कि सकिंदैन भन्ने विषयमा पत्रकारले सर्वस्वीकृत (अदालतले स्वीकार गर्ने) मान्यता अपनाउँछन् । मानहानि जस्ता कानूनले गर्दा पत्रकारले गर्ने अनुसन्धान र तथ्य रुजु गर्ने काम गुप्तचरले मुद्दा चलाउन पेश गर्ने खालका प्रमाण जुटाउन गर्ने काम भन्दा फरक हुनुहुँदैन ।

    कहिलेकाहीं यस्तो प्रश्न सोध्नुपर्छः खोज पत्रकारले परिचय बदलेर अथवा माइक्रोफोन र क्यामरा लुकाएर, गुप्तचरले जसरी अनुसन्धान गर्न हुन्छ कि हुँदैन ? यसको जवाफ जटिल छ । खोज पत्रकार—केही सर्वश्रेष्ठ खोज पत्रकार मध्येका— ले कहिलेकाहीं यी विधि उपयोग गर्छन् । तर यहाँ के कुरामा ख्याल राख्नुपर्छ भने गुप्तचरले भेष बदलेर गर्ने काम र प्रहरीले अनुसन्धान गर्ने मामलामा नागरिकको अधिकारबारेमा सामान्यतया कानूनले निर्दिष्ट गरेको हुन्छ । पत्रकारले आचारसंहिता बमोजिम काम गर्छ । नागरिकको गोपनीयताको हक उल्लंघन गर्ने अधिकार पत्रकारले पाएको हुँदैन । त्यसैले, आचारसंहिता पालना गर्न र अरूले आफ्ना विरुद्ध मुद्दा हाल्ने अवस्था नआओस् भन्नका लागि पत्रकारले हरेक पटक यस्तो तरिका अपनाउनु भन्दा पहिले यसो गर्ने कि नगर्ने भन्ने विषयमा सतर्क भएर विचार गर्नुपर्छ । लुकाइएका क्यामरा र रेकर्डरबाट संकलन गरिएका जानकारी थप प्रमाण मात्र हुन् । यसरी जानकारी संकलन गरेपछि विश्लेषण गर्नुपर्दैन, जानकारी जाँच गर्नुपर्दैन, यस्ता सामग्रीको सान्दर्भिकता बताउनुपर्दैन र सार्थक स्टोरीको खाका तयार गर्नुपर्दैन भन्ने हुँदैन । आफूले स्टोरी गर्न लागेका विषयमा सार्वजनिक कागजातमा धेरै प्रमाण भेट्न सकिन्छ । यसका लागि कुन कागजातमा खोज्ने र कसरी भेला भन्ने कुरा चाहिं जान्नुपर्छ ।

    खोज पत्रकार र गुप्तचरका काम धेरै दृष्टिले समान भए पनि उनीहरूका केही काम एकापसमा भिन्न हुन्छन् । कहिलेकाहीं पत्रकारले अनुसन्धान गर्दा दोषी प्रमाणित गर्नुपर्दैन, के भएको रहेछ भनेर जान्दा मात्रै हुन्छ । अपराध कसले गरेको हो भन्ने थाहा पाएपछि गुप्तचरको काम सकिन्छ । खोज पत्रकारले अरू थप जानकारी खोज्नुपर्छ । उसले सही तथ्य खोज्नुपर्छ र तिनलाई सही किसिमले प्रस्तुत गर्नुपर्छ । पत्रकारले आफूले तयार पारेको स्टोरीको महत्व बताइदिनुपर्छ । आफूले अनुसन्धान गरेका घटना, काम र प्रमाणका ढाँचाबारे बताइदिनुपर्छ । त्यसैले खोजमूलक स्टोरीमा कुनै अपराध फलानाले गरेको हो भनेर मात्रै पुग्दैन त्यसको सन्दर्भ र गाम्भीर्य समेत उल्लेख गर्नुपर्छ । आफ्ना काममा यति गहिराइमा पुग्दा मात्र खोज पत्रकार निष्पक्ष भएको ठानिन्छ ।

    खोज पत्रकारितालाई ‘रिसाहा पत्रकारिता’ पनि भनिन्छ । खोजमूलक स्टोरी गर्दा पत्रकारले स्टोरीमा उल्लेख भएका सबै पक्षका बीच कृत्रिम सन्तुलन मिलाउन खोज्दैन । उसले आफूले लेख्न लागेको स्टोरीमा भएका तथ्य सही छन् भन्नेतिर ध्यान दिन्छ । खोज पत्रकारिता गर्दा ‘यो कुरा सही नहुन सक्छ’, ‘हाम्रो व्याख्या गलत हुन पनि सक्छ’ भन्न पाइँदैन । जति वेलासम्म यस्ता शंका लाग्छन् त्यति वेलासम्म स्टोरी गहिराइमा पुगेको, प्रकाशन गर्न लायक मानिंदैन । कुनै स्टोरीमा दुई पक्ष मात्रै हुँदैनन् । खोजमूलक स्टोरीमा सन्तुलन मिलाउनु भनेको यी विभिन्न पक्षका बारेमा व्याख्या गर्नु हो, के भयो भन्ने मात्र नबताएर किन भयो भन्ने पनि बताउनु हो । गुप्तचरले यसो गर्दैन । पत्रकारले चाहिं त्यसको पूर्ण सन्दर्भ प्रस्तुत गर्छ ।

    अर्का किसिमले भन्दा, खोज पत्रकारले वैज्ञानिकले जसरी काम गर्छन् । स्टोरी गर्न थाल्दा आफूले सोचेका कुरा प्रमाणित गर्ने पर्याप्त प्रमाण नजुटेसम्म उनीहरू आफूले शुरूमा सोचेका कुरा गलत हुन पनि सक्छ भन्ने कुरा ख्याल गर्छन् । आफूले सोचेको भन्दा विपरीत कुरा प्रमाणित गर्ने प्रमाण भेटिए भने तिनलाई पत्रकारले बेवास्ता गर्दैनन् । आफूले शुरूमा सोचेभन्दा फरक निष्कर्ष निकाल्ने प्रमाण पाइएमा उनीहरू त्यसलाई स्वीकार्छन् । यसो गर्दा पत्रकारको काम वैज्ञानिकको कामसँग मिल्न आउँछ जहाँ अनुसन्धानकर्ताले एउटा मान्यता राख्छन् र त्यो सही हो कि होइन भनी जाँच गर्छन् ।

    सामन्य पत्रकारितामा पनि खोजपत्रकारले अरू पत्रकारले भन्दा बढी अनुसन्धान गर्नुपर्छ, खोजी गर्नुपर्छ । उसले धेरै थरीका मानिससँग कुराकानी गर्नुपर्छ । घटना र प्रक्रिया आफैँले अवलोकन गर्नुपर्छ । यदि पत्रकारिता गर्दै गर्दा आईपर्ने चुनौती तथा समस्या संग जुध्न सकिदैन भने खोज पत्रकारिता सम्भब छैन । इन्वेसटिगेटीव जर्नालिजमको सहयोगमा ।

    • #खोज पत्रकारिता
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    लेख तथा साहित्य सम्बन्धि थप

    विश्व मानवअधिकार दिवस : ‘मानवलाई बाँच्नै सकसको वर्ष’

    न्यायका लागि ढिलाइ किन ? आखिर किन बलत्कारीलाई संरक्षण ?

    लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

    यसपालिको तिहारमा जे गरेपनि कसैलाइ चासो छैन, स्थानीय सरकार बोलीमा मात्र सिमित

    यसरी मनाइन्छ  तिहारका पाँच दिन , महत्त्व सहित

    Problems and recommended solutions to the seed sector in the present scenario of COVID-19

    समाचार

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑