
नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा बाढी प्रभावित एक घरबाट २४ जनाको शव फेला परेको छ। सुरक्षाकर्मीले खोजी गर्ने क्रममा घरभित्रबाट ठूलो संख्यामा शव फेला पारेका हुन्।
प्रहरीका अनुसार फेला परेका शवमा १३ महिला, ११ पुरुष र एक बालक रहेका छन्। बाढीका कारण घर पुरिएपछि उनीहरू त्यहाँ फसेको हुनसक्ने अनुमान गरिएको छ।
नुवाकोटका प्रहरी प्रमुख एसपी विपिन रेग्मीले घटनास्थलबाट २४ जनाको शव निकालिएको जानकारी दिएका छन्। मृतकहरूको पहिचान भने अझै खुल्न सकेको छैन।
पहिचानका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ। फेला परेका सबै शव पोस्टमार्टमका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ।


