• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ माघ ३, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      प्रथम टेन स्टिल मिडिया कपको उपाधि बुद्ध टिभीलाई

      ४ घण्टा अघि

      जे सि ई बुटवल लेडिजकाे अधिवेशन अध्यक्षमा राना

      ४ घण्टा अघि

      कपिलवस्तुकाे महाराजगन्जमा स्लाे साइकल रेस प्रतियोगिता सम्पन्न

      ४ घण्टा अघि

      नेपाली काङ्ग्रेस मदानेद्बारा पुर्कोटदहमा बिरोधसभा सम्पन्न

      ५ घण्टा अघि

      नेपाली काङ्ग्रेस नगर कमिटि विराेध प्रर्दशन

      ५ घण्टा अघि

      जनविश्वास माथी खेलवाड भयाेे :पूर्वमन्त्री जाेशी

      ६ घण्टा अघि

      नेपाली कथानक चलचित्र ‘सपनीमा’को शुभ मुहुर्त बुटवलमा

      ८ घण्टा अघि

      काङ्ग्रेस शुद्धोधनद्बारा फर्साटिकरमा बिरोधसभा सम्पन्न

      १० घण्टा अघि

      अन्जान कार्कि र एन्जल खनालको लोकदोहोरी ‘जुनी जुनीलाई’ चर्चामा

      १४ घण्टा अघि

      हजुरआमाको पटुकीमा बाँधेको चाबिबाट खुल्ने हजुरआमाको त्यो सन्दुक

      १७ घण्टा अघि

      जानकी माध्यमिक विद्यालय मा शाैचालयकाे बेहाल, विद्यार्थी भन्छन् -हेर्नै नसक्ने

      १७ घण्टा अघि

      मिति २०७७ माघ ३ गतेको राशिफल हेर्नुहोस्

      १७ घण्टा अघि

      विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘यो मायाको डोरो’ सार्वजनिक (भिडियोसहित)

      १ दिन अघि

      शुद्धोधन जेसिज वर्ष२०२१मा पौडेल सर्वसम्मतले निर्वाचित

      १ दिन अघि

      कपिलवस्तुकाे विजयनगरमा किशोरी माथि हुने सबै प्रकारको हिंसाहरुको बिरुद्ध र्‍याली (फोटोफिचर)

      १ दिन अघि
    in
    आज: २०७७ माघ ३, शनिबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / बुटवल बिशेष

    लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

  • बुटवल दैनिक
  • २०७७ मंसिर ९, मंगलबार (१ महिना अघि)
  • ३३५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • फाईल तस्विर

    बिन्द्बबासीनी निगम ,कपिलवस्तु ।
    नेपाल लगायत विश्वब्यापी रुपमामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अंग्रेजी महिनाको २५ नोवम्भर देखि १० डिसेम्बर सम्म मनाउने गरिन्छ । नेपालमा २०५४ साल देखि लैङ्गिकका आधारमा गरिने सवै खालै हिंसा विरुद्ध अभियान संचालन गर्दै आइरहेको छ ।
    प्रत्येक बर्ष राष्ट्रिय र अन्तरराष्ट्रिय नाराहरु तय गरी विश्वब्यापी रुपमा विभिन्न प्रकारले यो अभियान संचालन गरिन्छ । यस बर्षको राष्ट्रिय नारा लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता : ब्यक्ति, समाज र सवैको ऐक्यबद्धता तथा अन्तरराष्ट्रिय नारा Orange the World : Fund, Respond, Prevent, Collect रहेको छ । यो कार्यक्रम महिला माथि हुने सवै प्रकारको विभेद, हिंसा अन्त्य गर्नका लागी महिला अधिकारकर्मीहरु, मानव अधिकारवादीहरु, महिला संगठन, महिला सशक्तिकरणको क्षेत्रमा कार्य गर्ने गैरसरकारी संस्थाहरु र विगतबर्ष देखि नेपाल सरकारले पनि स्थानिय तह देखि संघ सम्म विभिन्न प्रकारको सामाजिक सचेतनामुलक कार्यक्रमहरु गरिरहेको छ ।
    १६ दिने अभियान अन्तरगत प्रत्येक दिन कुनै न कुनै दिवस परेकोले सोही सन्दर्भमा कार्यक्रमहरुको आयोजना गरी मनाइने गरिन्छ जस्तै २५ नोवम्भर अन्तरराष्ट्रिय महिला हिंसा अन्त्य दिवस, २६ विश्व पर्यावरण संरक्षण दिवस, १ डिसेम्बर विश्व एड्स दिवस, २ अन्तरराष्ट्रिय दासता उन्मुलन दिवस, ३ अन्तरराष्ट्रिय अपाङ्ग दिवस, ५ अन्तरराष्ट्रिय स्वंयसेवक दिवस, ७ अन्तरराष्ट्रिय नागरिक उडडयन दिवस, ८ मर्यादित महिनवरी दिवस, ९ अन्तरराष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस र १० डिसेम्बरको राष्ट्रिय मानव अधिकार दिवस आदि लगायत विभिन्न दिवसहरु हिंसा विरुद्ध र सामाजिक सचेतना तथा महिला सशक्तिकरणको लागी कार्यक्रमहरु गरिन्छ ।
    यो अभियान अरु अभियान भन्दा फरक छ र लामो समय सम्म मनाइने गरिन्छ । यो अभियान महिला माथि हुने सवै प्रकारको हिंसा विरुद्धको १६ दिने अन्र्तराष्ट्रिय अभियान हो । यो दिवसको शुरुवात सर्वप्रथम ल्याटिन अमेरिकावाट गरिएको थियो । सन् १९८१ को नोभेम्वर २५ तारिखका दिन ल्याटिन अमेरिकामा यो दिवस मनाउदा निकै अनौठो मानिएको थियो । त्यहि दिवसको शुरुवात पछि ल्याटिन अमेरिकी महिला कस्ता कस्ता हिंसावाट पिडित भएका छन् भन्ने कुराको पहिचान पनि भएको थियो । त्यसपछि महिला माथि हुने घरेलु हिंसा देखि लिएर राजनीतिक वन्दी र राजनीतिक हिंसा सम्मका वहसले स्थान पाएका थिए ।
    नोभेम्वर २५ लाई महिला माथि हुने हिंसा विरुद्ध अन्तराष्ट्रिय दिवसको रुपमा मनाउनका पछाडि यसको छुट्टै इतिहास रहेको छ । यो दिवसको सन्दर्भ सन् १९९० मा डोमिनिकल गणतन्त्रमा तत्कालिन त्रुजिलो सरकारको चरम निरंकुशताको कारणले एक परिवारको तिन दिदीवहिनी राजनीतिक कार्यकर्ता ( पेट्रिया, मिनर्भा र मारिया) ले विरोध गर्दै शसक्त आन्दोलन चलाउने उद्घोष गरेको कारण पक्राउ गरी ११ महिना पछि २५ नोभेम्वरका दिन हत्या गरिएको थियो । जसलाई लिङ्गको आधारमा हुने राजनीतिक हिंसाको प्रतिरुप मानिन्छ । शिक्षित र सचेत यी दिदीवहीनी त्रुजिलो तानाशाहीको विरुद्धमा थिए । तत्काल सरकारले तिनिहरुलाई र तिनका परिवारहरुलाई राष्ट्र विद्रोहको आरोप लगाएका थिए ।
    त्रुजिलो सरकारको अन्त्य पश्चात यि दिदी वहिनीको हत्यालाई महिला विरुद्धको हिंसाको रुपमा लिइयो । सन् १९९१ मा रुत्गर्स विश्व विद्यालयको महिलाहरुको भुमण्डलीय नेतृत्व केन्द्रले प्रयोजन गरी संचालन गर्न थाले पछि यसले अन्र्तराष्ट्रिय अभियानको रुप ग्रहण गरेको हो । संयुक्त राष्ट्र संघले प्रत्येक वर्ष यो दिवसका लागी एउटा अन्तरराष्ट्रिय नारा तय गर्दे आएको छ । यस वर्ष Orange the World : Fund, Respond, Prevent, Collect भन्ने नारा तय भएको छ । र नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले यसका बर्षका राष्ट्रिय नारा लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता : ब्यक्ति, समाज र सवैको ऐक्यबद्धता राखेको छ ।
    महिलाहरुको आत्म सम्मान, यौनिक हिंसा, आर्थिक, सामाजिक तथा राजनितिक र मानसिक हिंसा आदिका विषयमा कुरा उठाउने गरिएको छ । नोभेम्वर २५ देखि १० डिसेम्वर, १६ दिने सम्म विभिन्न कार्यक्रमहरु गरि महिला विरुद्ध हुने हिंसा अन्त्यको अभियान संचालन गरिदै आएको छ । महिला हिंसासंग जोडिने विषय एच.आइ.भी एड्स र मानवअधिकार लगायत १६ दिन भित्रमा पार्ने विभिन्न दिवसहरु पनि हो । त्यसैले यस अभियान भित्र पर्ने विश्व एड्स दिवस र विश्व मानव अधिकार लगायत सवै दिवसहरु पनि मनाउदै आइरहेको छ ।
    नेपाल सरकारले गत बर्ष देखि १६ दिने अभियान संगै जोडिएर मर्यादित महिनावरी दिवस पनि मनाएको शूरुवात भएको छ । महिनावरी महिलामा हुने प्राकृतिक र निरन्तर हुने एक प्रकृया भए पनि हाम्रो समाजमा महिनावरी भएको समयलाई अझै पनि अपवित्र अवस्थाको रुपमा लिने गरिन्छ । विशेष आराम र स्याहारसुसारको जरुरत पर्ने बेलामा झन घरायसी कार्य भन्दा बाहिराको गह्रौं कार्य र घरभन्दा असजिलो ठाउँमा बस्ने बाध्य बनाइदा धेरै महिलाहरुले ज्यान गुमाउनु पर्ने दुःखत घटनाहरु हामीले भोगिरहेका छौ ।
    अर्को तिर महिला माथि हुने घटना प्रयाह बलात्कार तथा यौनहिंसाका घटना मिलापत्र गराउने भएको देखिन्छ । यस्ता घटनालाई मिलापत्र गराउन नपाउने यस बर्ष नेपाल सरकारले नयाँ अध्यादेश ल्याएको छ । सरकारले बलात्कारका घटना गाउँघरमै मिलापत्र गराउने जो कोहीलाई कडा कारवाही हुने गरी अध्यादेश ल्याएको छ । बलात्कारका घटना मिलापत्र गराउने ब्यक्तिलाई ६ महिना देखि ३ बर्षसम्म कैद, ३० हजार सम्म जरिवाना वा दुवै हुने ब्यवस्था रहेको छ । अध्यादेशमा सार्वजनिक पद धारण गरेको ब्यक्तिले त्यस्तो मिलापत्र गराएमा थप ६ महिना कैद सजाय हुने ब्यवस्था रहेको छ । अध्यादेशमा १० बर्ष मुनि र ७० बर्ष माथिका ब्यक्तिलाई बलात्कार भएमा जन्मकैद हुने ब्यवस्थालाई यथावत नै राखिएको छ । यस अघि कसुरदार ज्येष्ठ नागरिक भएमा कैद मिनाहा गर्ने कानुनी ब्यवस्था परिवर्तन गरेर अबदेखि बलात्कार मुद्दामा कैद मिनाहा नहुने ब्यवस्था राखिएको छ । यस अघि महिला तथा बालिका माथि बलात्कार भन्ने शब्द कानुनमा रहेकोमा अबदेखि ब्यक्ति भन्ने शब्द राखिएको छ । पुरुष माथि पनि बलात्कार हुने भएकोले ब्यक्ति भन्ने शब्द राखिएको छ । यस अघि १४ बर्ष देखि १६ बर्षका बालिकालाई बलात्कार गर्नेलाई १२ देखि १४ बर्ष सम्म कैदको ब्यवस्था रहेकोमा अध्यादेशमा उमेर परिवर्तन गरेर १२ देखि १६ बर्ष कैद गर्ने ब्यवस्था छ । अर्को १० देखि १२ बर्ष कैदको ब्यवस्था परिवर्तन गरेर १० देखि १४ बर्ष कैद सजाय गर्ने अध्यादेशमा उल्लेख छ । १८ बर्ष भन्दा माथिकालाई बलात्कार गरेमा ७ बर्ष देखि १० बर्ष कैदको ब्यवस्था परिवर्तन गरेर १० देखि १२ बर्ष कैद गर्ने ब्यवस्था अध्यादेशमा राखिएको छ । यो कुरा मिर्मिरेअनलाइन ७ मंसिर २०७७ मा प्रकासित बाट लिएको हो ।
    यस बर्ष कोरोना महामारी भएको अवस्थामा पनि यो कार्यक्रम संचालन गर्ने धेरैको योजना रहेको छ । र आवश्यक पनि देखिन्छ । किन कि बन्दाबन्दीको बेलामा झन महिला माथि हिंसा बढेको छ । त्यसले गर्दा सरकारी गैर सरकारी तथा सरोकारवाला संग सम्पर्क समन्वय तथा सहकार्य गरी सभ्यता र भभ्यताको साथ भौतिक दुरी कायम गरी र अनिवार्य रुपमा मास्क तथा नेपाल सरकारको यस महामारी सम्बन्धि मापदण्ड बमोजिम कार्य राम्रो हुन्छ ।

    • #लैङ्गिक हिसां

    प्रतिक्रिया दिनुहोस


    बुटवल बिशेष सम्बन्धि थप

    प्रथम टेन स्टिल मिडिया कपको उपाधि बुद्ध टिभीलाई

    जे सि ई बुटवल लेडिजकाे अधिवेशन अध्यक्षमा राना

    कपिलवस्तुकाे महाराजगन्जमा स्लाे साइकल रेस प्रतियोगिता सम्पन्न

    नेपाली काङ्ग्रेस मदानेद्बारा पुर्कोटदहमा बिरोधसभा सम्पन्न

    नेपाली काङ्ग्रेस नगर कमिटि विराेध प्रर्दशन

    जनविश्वास माथी खेलवाड भयाेे :पूर्वमन्त्री जाेशी

    समाचार

    प्रथम टेन स्टिल मिडिया कपको उपाधि बुद्ध टिभीलाई

    जे सि ई बुटवल लेडिजकाे अधिवेशन अध्यक्षमा राना

    कपिलवस्तुकाे महाराजगन्जमा स्लाे साइकल रेस प्रतियोगिता सम्पन्न

    नेपाली काङ्ग्रेस मदानेद्बारा पुर्कोटदहमा बिरोधसभा सम्पन्न

    बुटवल दैनिक बिशेष

    प्रथम टेन स्टिल मिडिया कपको उपाधि बुद्ध टिभीलाई

    नेपाली कथानक चलचित्र ‘सपनीमा’को शुभ मुहुर्त बुटवलमा

    अक्सफोर्डमा इन्टरनेशनल स्कुल अवार्ड परियोजना कार्यक्रम प्रदर्शन

    शाइन रेसुङ्गा बैंकको १२ औं साधारणसभा अध्यक्षमा थानेश्वर पौडेल चयन

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२४८२ पाठक संख्या
  • २.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २५१८ पाठक संख्या
  • ३.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २३८१ पाठक संख्या
  • ४.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २३६५ पाठक संख्या
  • ५.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २३४८ पाठक संख्या
  • ६.

    लकडाउन पछि बैदेशिक रोजगारमा गएका १० लाख नेपाली स्वदेश फ़र्काईदै

  • २०७७ बैशाख १४, आईतबार
  • १६९४ पाठक संख्या
  • अध्यक्ष / संरक्षक
    मोहन के सी

    निर्देशक / प्रधान सम्पादक
    मिलन पंगेनी

    सम्पादक
    विवस बिस्ट

    डेस्क
    सिर्जना थापा

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ९८५७०७३६३२ / ९८१८३७८४१३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑