• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १०, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ आश्विन १०, शनिबार
    होमपेज /  लेख तथा साहित्य

    यसरी मनाइन्छ  तिहारका पाँच दिन , महत्त्व सहित

  • चक्रपाणी डुम्रे
  • २०७७ कार्तिक २९, शनिबार (५ साल अघि)
  • १७८७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    नेपालीहरूको दोस्रो महान चाड तिहार कार्तिक कृष्णत्रयोदशी देखि कार्तिक शुक्ल द्वितीया सम्म जम्मा पाँच दिन मनाइन्छ । पौराणिक कथन अनुसार सूर्यकी पुत्री यमुनाले आफ्नो दाजु
    यमराजलाई कार्तिक कृष्ण पक्षको त्रयोदशीदेखी शुक्ल पक्षको द्वितीया सम्म घरमा राखी विभिन्न कन्दमुल फलफूल खुवाएर
    प्रसन्न पारी आफ्नो मनोकामना पुरा गरेको संस्मरण स्वरूप
    पाँच दिन सम्म यो चाड मनाइदै आएको भन्ने भनाइ छ। पाँचै दिन यमराजको पूजा गरिने भएकाले यमपञ्चक भनिएको हो। यि पाँच दिनमा कागपूजा, कुकुरपूजा, गाईपूजा, गोबर्द्धनपूजा र भाई पूजा गरी रमाइलो सङ्ग तिहार मनाइने गरिन्छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    पहिलो दिन :
    यमपञ्चककाे पहिलो दिनलाई काग तिहार भनिन्छ। पशुपंक्षीलाई पनि श्रद्धा गर्ने धार्मिक मान्यता अनुरुप काग तिहारको प्रचलन चलेको हो । काग अत्यन्तै चलाखी प्राणी हो । कागलाई यमराजको दूत र सन्देस वाहकको रुपमा मानिन्छ । यसले मानिसको उमेर सकिएको खबर यमरजकहाँ चाडै पुर्याउन नसकोस्  भनेर कागलाई घरघरमा मीठो मीठो खानेकुरा काक बलिका रुपमा दिई खुसी पारिन्छ। कागले वातावरणका फोहोर खाएर सफा राख्न सहयोग पुर्याउछ । कागले अन्नबालीमा लान्ने किरा फटयांग्रा पनि खान्छ । त्यसैगरी यस दिन साझ मूल द्वारमा यमदीप बाल्नाले मृत्युदेव पनि खुसी हुन्छन् र अल्पायुमा मृत्यु
    हुदैन भन्ने विश्वास रहेको छ ।

    दोस्रो दिन :
    द्रोस्रो दिनलाई कुकुर तिहार अर्थात् नरकचतुर्दशी पनि
    भनिन्छ । यो दिन नरकका राजा यमराजको दूत मानिने इमानदार प्राणी कुकुरको पूजा गरिन्छ। यो अन्यन्तै गुणवान र विश्वासी प्राणी मात्र नभई, घरमा चोरी डकैती हुन बाट बचाउने , बाटो देखाउने, चोर पत्ता लगाउने आदि गुणहरू भएको प्राणी हो । यस दिन कुकुरलाई माला लगाई मीठा मीठा खानेकुरा दिई यमदूत कुकुरको पूजा गरि यमराजको सम्मान गरिन्छ । त्यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । त्यसैगरी यस दिन सबै पापनाश गर्न तथा नरकलाई प्रसन्न पार्न नर्के नुहाइन्छ । नुहाइसके पछि दीपदान गर्ने तथा आलसको बोट बालेर आगो तापिन्छ। यसो गर्दा नरकमा जानु पर्दैन भन्ने मान्यता छ । यस दिनमा लक्ष्मीले तेलमा निवास गर्छिन । त्यस दिन शरीरमा तेल लगाउनाले वर्ष भरी धनको कमि हुदैन भन्ने मान्यता छ ।

    तेस्रो दिन:
    त्यसैगरी तेस्रो दिन औंशीको दिन हो । जसलाई गाई तिहार भनिन्छ । यसदिन लक्ष्मीको प्रतीकका रुपमा गाईको पूजा गरिन्छ। गाईलाई मानिसको दोस्रो माता मानिन्छ । गाईको दूध अत्यन्त पौष्टिक हुन्छ । बिरामीका लागि पनि उपयुक्त गाईको दूधबाट बन्ने दही, घिउ आदि पनि उत्तिकै पौष्टिक हुन्छन् । गाईकोगहुँत तथा गोबर पनि उत्तिकै पवित्र मानिन्छ। शरीरशुद्धिका लागि आवश्यक पञ्चगव्य गाईकै दूध, दही, घिउ, गहुँत र गोबर मिसाएर बनाइन्छ। पञ्चामृतमा पनि मह तथा सख्खरका अतिरिक्त अरू तीन चीज गाईकै दूध, दही तथा घिउ मिसाइन्छ। गाईको मलले माटोको र्ऊवरा शक्ति बढाउँछ त्यसैले पनि कृषकहरू गाई पाल्छन्। हिन्दू जीवन पद्धतिमा गाईको अभावमा दैनिक कार्यहरू चलाउन सकिँदैन। यसरी हरतरहले फाइदा दिने गाईप्रति कृतज्ञता ज्ञापन गर्न यो दिन गाईको पूजा गरिन्छ। गाई नेपालीको राष्ट्रिय जनावर पनि हुन् ।

    आयुर्वेदिक शास्त्र अनुसार गोमूत्र र गाईको दुधघ्यू बाट अनेकौं औषधि बनाउन सकिन्छ । गाईलाई सिङ र खुरमा तेल लगाई जिउभरी चामलको पिठोको छाप लगाएर सिंगारिन्छ र निधारमा टीका घाटीमा माला लगाई मीठा मीठा अन्न एवं घास खान दिईन्छ। रात्रीमा धन दौलतकी देवी लक्ष्मीको पूजाआजा गरिने भएकाले लक्ष्मी पूजा पनि भनिन्छ । लक्ष्मीविनाको मानव जीवन कल्पना सम्म पनि गर्न सकिदैन । धनकी अधिष्ठात्री र माता लक्ष्मीले पूर्ण ऐश्वर्य र आन्तरिक समृद्धि प्रधान गर्दछिन्। यस दिन हरेक घरघरमा झिलिमिली वत्ती बाली घरलाई सिंगारिएको हुन्छ। लक्ष्मी आउछिन् भनेर मूल ढुकुटी बाट गेट सम्म लक्ष्मीका पाइला बनाउने र साँझमा लक्ष्मीको पूजा गरिन्छ । समूहमा जम्मा भएर देउसी भैलो खेल्ने पनि गरिन्छ ।

    चौथो दिन:
    चौथो दिनलाई गोरूपूजा ,गोबर्द्धन पूजा भनिन्छ । धर्मिक मान्यता अनुसार इन्द्रले पानी पारेर हाहाकार पारेको अवस्थामा भगवान श्रीकृष्णले कान्छी औलाले गोवर्द्धन
    पर्वतलाई उचालेर गोपाल जाति ग्वाला अरूको संरक्षण गरेका थिए । यसैको स्मरणमा गोवर्द्धन पर्वतलाई पूजा गरिन्छ । वर्षभर हलो र गाडा तानेर उपकार गर्ने गोरूलाई सिंगारेर पूजा गरिन्छ । गोबरको थुप्रोलाई पर्वतबनाई पूजा गरिन्छ । यस दिन नेवारी समुदायमा म्हपूजा पनि गरिन्छ । आफ्नो शरीर वा आत्माको पूजा गरि मीठा मीठा परिकार बनाई खाने परम्परा छ। यो दिन मान्छेले आफैंलाई सम्मान गर्ने र आत्मा सन्तुष्ट गरि आत्मा को पूजा गर्दछ्न। यसै दिनलाई नेपाल संवतको आरम्भ दिन पनि मानिन्छ ।
    नेवाहरूको नयाँ वर्ष पनि हो । ने. सं.को प्रारम्भ इ. सं.८८० बाट सुरु भएको हो । अहिले ने. सं. ११४१ सुरु हुदैछ । नेवार हरूको सम्पुर्ण चाडपर्वहरु नेपाल संवतको पात्रो अनुसार नै मनाइन्छ ।

    अन्तिम दिन:
    तिहारको पाँचौ दिन महत्वपूर्ण र अन्तिम दिन हो यस दिन
    दिदीबहिनीहरूले दाजुभाइलाई टीका लगाइ दिन्छन् । यस दिन दिदीबहिनीले यम-यमुना सँगै यमदूत, सूर्य तथा अष्टचिरञ्जीवीको पूजा गरेर त्यसको प्रसाद दाजुभाइलाई लगाइदिने धार्मिक विधान छ । यस दिनमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई उत्तम साइतमा सुस्वास्थ्य ,प्रगति र दीर्घायुको कामना गर्दै पूजा गर्छन् । निधारमा सप्तरङ्गी टीका लगाई गलामा मखमली, दुबो, सयपत्री, र गोदावरीको माला लगाइदिन्छ्न् । घरको मूल ढोकाको संघारमा ओखर फोरेर आफ्ना दाजुभाइको शत्रु हटुन् भन्ने कामना गर्दछ्न् । टीका लगाईदिनुपूर्व दाजुभाइलाई तेल र पानीको घेरा भित्र
    राखी यमराज बाट सुरक्षित पारेको मान्दछ्न् ।
    तिहारमा लगाइदिने टीकाको सङ्केत यस प्रकार छ-
    रातो-मंगलको सुचक, सेतो- शान्तिको सुचक ,पहेँलो- दीर्घायुको सुचक, निलो -निरोगिताको सुचक , हरियो -बौद्धिकताको सूचक र अन्य दुई आफ्नो परम्परा अनुसार लगाइदिने भएकाले समृद्धि सुचक मानिन्छ ।

    तिहार पर्वको दीपावली महत्त्वपूर्ण विशेषता हो। दीपावली दीपको पर्व हो , उज्यालोको पर्व हो ।हामीले बाहिर घर, गल्ली , कोठा ,मन्दिर ,बाटो सबैतिर दीप त बाल्छौ नै हामीभित्र पनि ज्ञान र विवेकको दीप बाल्न छ । जव हामी भित्र ज्ञानको दिप बाल्दछौ तब अज्ञानताको अध्यारो हट्दछ । आफु भित्र सद्ज्ञान ,सद्भाव र सद्बिचार जगाउनु छ। हाम्रो अन्तस्करणमा जव दीप बाल्दछौ तब संसार उज्यालो देख्न थाल्दछौ। तसर्थ, आउनुहोस् दीपावली गर्नुको वास्तविक अर्थ बुझौं ,आफ्नो जीवनलाई उज्यालो तर्फ अभिमुख गराउ र प्रसन्नतामा रामाउने प्रयास गरौं । भाइटीकाले दिदीबहिनी र दाजुभाईको सम्बन्धमा थप उर्जा थप्दछ। पति-पत्निको सम्बन्ध छुट्टै छ तर संसारका सारा पुरुषहरूलाई दाजुभाई र सारा नारीहरूलाई दिदिबहिनी समान ब्यवहार गरौं । दीपावली र भाईटीकाको बिज्ञान बुझौं र बुझाउँदै अघि बढौ।

    (लेखक नेपाल ज्योतिष परिषद रूपन्देही अध्यक्ष हुन् )

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    लेख तथा साहित्य सम्बन्धि थप

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

    राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑