• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७९ चैत्र ८, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      मदानेमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन हुँदै

      १ घण्टा अघि

      के तपाईको ओठ कालो भएको छ ? अपनाउनुस यो तरिका हुनेछ राम्रो

      ३ घण्टा अघि

      दीपक बज्राचार्यको ब्यान्डका पूर्व सदस्य सुवर्ण व्यञ्जनकारको निधन

      ५ घण्टा अघि

      जापानमा नेपाली युवती आरती शुक्रबारदेखी सम्पर्कविहीन

      ७ घण्टा अघि

      ग्यास सिलिन्डर बोकेको ट्रक सडकबाट १५० मि. तल खस्दा ३ जनाको मुत्यु

      ११ घण्टा अघि

      धुर्मुसलाई खुलापत्र : दाजु मलाई माफ गर्नुस्

      १२ घण्टा अघि

      खुम्बु भ्रमणमा आएका विदेशी नागरिकको लेक लागेर मृ,त्यु

      १५ घण्टा अघि

      राप्ती गाउँपालिकाद्धारा नि:शुल्क आँखा शिविर सञ्चालन

      १ दिन अघि

      २ वर्षदेखि मानसिक याताना भोगि रहेको छु, यदि रंगशाला बनेको भए कोही पनि रुखमा बसेर खेल हेर्नुपर्ने थिएन

      १ दिन अघि

      मधानेमा निशुल्क मुटुरोग सम्बन्धि शिविरबाट लिए ७१६ जनाले लाभ, पुन: सुरु भयो दन्त शिविर

      १ दिन अघि

      सैनामैनामा दलित उत्थानद्धारा विभेद अन्त्यकाे लागी सांकेतिक विरोध प्रर्दशन

      १ दिन अघि

      रवि लामिछानेविरुद्ध अख्तियारमा उजुरी

      १ दिन अघि

      मोटरको स्वीच अन गर्दा करेन्ट लागेर महिलाको निधन

      १ दिन अघि

      धमाला लाई केस गर्न जाँदा शर्मिला वाईवा माथि आ,क्रमण, ऋषिले गु,ण्डा लगाए ।

      १ दिन अघि

      कैलालीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २८ जना घाइते

      १ दिन अघि
    in
    आज: २०७९ चैत्र ८, बुधबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / लेख तथा साहित्य

    यसरी मनाइन्छ  तिहारका पाँच दिन , महत्त्व सहित

  • चक्रपाणी डुम्रे
  • २०७७ कार्तिक २९, शनिबार (२ साल अघि)
  • १५११ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    नेपालीहरूको दोस्रो महान चाड तिहार कार्तिक कृष्णत्रयोदशी देखि कार्तिक शुक्ल द्वितीया सम्म जम्मा पाँच दिन मनाइन्छ । पौराणिक कथन अनुसार सूर्यकी पुत्री यमुनाले आफ्नो दाजु
    यमराजलाई कार्तिक कृष्ण पक्षको त्रयोदशीदेखी शुक्ल पक्षको द्वितीया सम्म घरमा राखी विभिन्न कन्दमुल फलफूल खुवाएर
    प्रसन्न पारी आफ्नो मनोकामना पुरा गरेको संस्मरण स्वरूप
    पाँच दिन सम्म यो चाड मनाइदै आएको भन्ने भनाइ छ। पाँचै दिन यमराजको पूजा गरिने भएकाले यमपञ्चक भनिएको हो। यि पाँच दिनमा कागपूजा, कुकुरपूजा, गाईपूजा, गोबर्द्धनपूजा र भाई पूजा गरी रमाइलो सङ्ग तिहार मनाइने गरिन्छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    पहिलो दिन :
    यमपञ्चककाे पहिलो दिनलाई काग तिहार भनिन्छ। पशुपंक्षीलाई पनि श्रद्धा गर्ने धार्मिक मान्यता अनुरुप काग तिहारको प्रचलन चलेको हो । काग अत्यन्तै चलाखी प्राणी हो । कागलाई यमराजको दूत र सन्देस वाहकको रुपमा मानिन्छ । यसले मानिसको उमेर सकिएको खबर यमरजकहाँ चाडै पुर्याउन नसकोस्  भनेर कागलाई घरघरमा मीठो मीठो खानेकुरा काक बलिका रुपमा दिई खुसी पारिन्छ। कागले वातावरणका फोहोर खाएर सफा राख्न सहयोग पुर्याउछ । कागले अन्नबालीमा लान्ने किरा फटयांग्रा पनि खान्छ । त्यसैगरी यस दिन साझ मूल द्वारमा यमदीप बाल्नाले मृत्युदेव पनि खुसी हुन्छन् र अल्पायुमा मृत्यु
    हुदैन भन्ने विश्वास रहेको छ ।

    दोस्रो दिन :
    द्रोस्रो दिनलाई कुकुर तिहार अर्थात् नरकचतुर्दशी पनि
    भनिन्छ । यो दिन नरकका राजा यमराजको दूत मानिने इमानदार प्राणी कुकुरको पूजा गरिन्छ। यो अन्यन्तै गुणवान र विश्वासी प्राणी मात्र नभई, घरमा चोरी डकैती हुन बाट बचाउने , बाटो देखाउने, चोर पत्ता लगाउने आदि गुणहरू भएको प्राणी हो । यस दिन कुकुरलाई माला लगाई मीठा मीठा खानेकुरा दिई यमदूत कुकुरको पूजा गरि यमराजको सम्मान गरिन्छ । त्यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । त्यसैगरी यस दिन सबै पापनाश गर्न तथा नरकलाई प्रसन्न पार्न नर्के नुहाइन्छ । नुहाइसके पछि दीपदान गर्ने तथा आलसको बोट बालेर आगो तापिन्छ। यसो गर्दा नरकमा जानु पर्दैन भन्ने मान्यता छ । यस दिनमा लक्ष्मीले तेलमा निवास गर्छिन । त्यस दिन शरीरमा तेल लगाउनाले वर्ष भरी धनको कमि हुदैन भन्ने मान्यता छ ।

    तेस्रो दिन:
    त्यसैगरी तेस्रो दिन औंशीको दिन हो । जसलाई गाई तिहार भनिन्छ । यसदिन लक्ष्मीको प्रतीकका रुपमा गाईको पूजा गरिन्छ। गाईलाई मानिसको दोस्रो माता मानिन्छ । गाईको दूध अत्यन्त पौष्टिक हुन्छ । बिरामीका लागि पनि उपयुक्त गाईको दूधबाट बन्ने दही, घिउ आदि पनि उत्तिकै पौष्टिक हुन्छन् । गाईकोगहुँत तथा गोबर पनि उत्तिकै पवित्र मानिन्छ। शरीरशुद्धिका लागि आवश्यक पञ्चगव्य गाईकै दूध, दही, घिउ, गहुँत र गोबर मिसाएर बनाइन्छ। पञ्चामृतमा पनि मह तथा सख्खरका अतिरिक्त अरू तीन चीज गाईकै दूध, दही तथा घिउ मिसाइन्छ। गाईको मलले माटोको र्ऊवरा शक्ति बढाउँछ त्यसैले पनि कृषकहरू गाई पाल्छन्। हिन्दू जीवन पद्धतिमा गाईको अभावमा दैनिक कार्यहरू चलाउन सकिँदैन। यसरी हरतरहले फाइदा दिने गाईप्रति कृतज्ञता ज्ञापन गर्न यो दिन गाईको पूजा गरिन्छ। गाई नेपालीको राष्ट्रिय जनावर पनि हुन् ।

    आयुर्वेदिक शास्त्र अनुसार गोमूत्र र गाईको दुधघ्यू बाट अनेकौं औषधि बनाउन सकिन्छ । गाईलाई सिङ र खुरमा तेल लगाई जिउभरी चामलको पिठोको छाप लगाएर सिंगारिन्छ र निधारमा टीका घाटीमा माला लगाई मीठा मीठा अन्न एवं घास खान दिईन्छ। रात्रीमा धन दौलतकी देवी लक्ष्मीको पूजाआजा गरिने भएकाले लक्ष्मी पूजा पनि भनिन्छ । लक्ष्मीविनाको मानव जीवन कल्पना सम्म पनि गर्न सकिदैन । धनकी अधिष्ठात्री र माता लक्ष्मीले पूर्ण ऐश्वर्य र आन्तरिक समृद्धि प्रधान गर्दछिन्। यस दिन हरेक घरघरमा झिलिमिली वत्ती बाली घरलाई सिंगारिएको हुन्छ। लक्ष्मी आउछिन् भनेर मूल ढुकुटी बाट गेट सम्म लक्ष्मीका पाइला बनाउने र साँझमा लक्ष्मीको पूजा गरिन्छ । समूहमा जम्मा भएर देउसी भैलो खेल्ने पनि गरिन्छ ।

    चौथो दिन:
    चौथो दिनलाई गोरूपूजा ,गोबर्द्धन पूजा भनिन्छ । धर्मिक मान्यता अनुसार इन्द्रले पानी पारेर हाहाकार पारेको अवस्थामा भगवान श्रीकृष्णले कान्छी औलाले गोवर्द्धन
    पर्वतलाई उचालेर गोपाल जाति ग्वाला अरूको संरक्षण गरेका थिए । यसैको स्मरणमा गोवर्द्धन पर्वतलाई पूजा गरिन्छ । वर्षभर हलो र गाडा तानेर उपकार गर्ने गोरूलाई सिंगारेर पूजा गरिन्छ । गोबरको थुप्रोलाई पर्वतबनाई पूजा गरिन्छ । यस दिन नेवारी समुदायमा म्हपूजा पनि गरिन्छ । आफ्नो शरीर वा आत्माको पूजा गरि मीठा मीठा परिकार बनाई खाने परम्परा छ। यो दिन मान्छेले आफैंलाई सम्मान गर्ने र आत्मा सन्तुष्ट गरि आत्मा को पूजा गर्दछ्न। यसै दिनलाई नेपाल संवतको आरम्भ दिन पनि मानिन्छ ।
    नेवाहरूको नयाँ वर्ष पनि हो । ने. सं.को प्रारम्भ इ. सं.८८० बाट सुरु भएको हो । अहिले ने. सं. ११४१ सुरु हुदैछ । नेवार हरूको सम्पुर्ण चाडपर्वहरु नेपाल संवतको पात्रो अनुसार नै मनाइन्छ ।

    अन्तिम दिन:
    तिहारको पाँचौ दिन महत्वपूर्ण र अन्तिम दिन हो यस दिन
    दिदीबहिनीहरूले दाजुभाइलाई टीका लगाइ दिन्छन् । यस दिन दिदीबहिनीले यम-यमुना सँगै यमदूत, सूर्य तथा अष्टचिरञ्जीवीको पूजा गरेर त्यसको प्रसाद दाजुभाइलाई लगाइदिने धार्मिक विधान छ । यस दिनमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई उत्तम साइतमा सुस्वास्थ्य ,प्रगति र दीर्घायुको कामना गर्दै पूजा गर्छन् । निधारमा सप्तरङ्गी टीका लगाई गलामा मखमली, दुबो, सयपत्री, र गोदावरीको माला लगाइदिन्छ्न् । घरको मूल ढोकाको संघारमा ओखर फोरेर आफ्ना दाजुभाइको शत्रु हटुन् भन्ने कामना गर्दछ्न् । टीका लगाईदिनुपूर्व दाजुभाइलाई तेल र पानीको घेरा भित्र
    राखी यमराज बाट सुरक्षित पारेको मान्दछ्न् ।
    तिहारमा लगाइदिने टीकाको सङ्केत यस प्रकार छ-
    रातो-मंगलको सुचक, सेतो- शान्तिको सुचक ,पहेँलो- दीर्घायुको सुचक, निलो -निरोगिताको सुचक , हरियो -बौद्धिकताको सूचक र अन्य दुई आफ्नो परम्परा अनुसार लगाइदिने भएकाले समृद्धि सुचक मानिन्छ ।

    तिहार पर्वको दीपावली महत्त्वपूर्ण विशेषता हो। दीपावली दीपको पर्व हो , उज्यालोको पर्व हो ।हामीले बाहिर घर, गल्ली , कोठा ,मन्दिर ,बाटो सबैतिर दीप त बाल्छौ नै हामीभित्र पनि ज्ञान र विवेकको दीप बाल्न छ । जव हामी भित्र ज्ञानको दिप बाल्दछौ तब अज्ञानताको अध्यारो हट्दछ । आफु भित्र सद्ज्ञान ,सद्भाव र सद्बिचार जगाउनु छ। हाम्रो अन्तस्करणमा जव दीप बाल्दछौ तब संसार उज्यालो देख्न थाल्दछौ। तसर्थ, आउनुहोस् दीपावली गर्नुको वास्तविक अर्थ बुझौं ,आफ्नो जीवनलाई उज्यालो तर्फ अभिमुख गराउ र प्रसन्नतामा रामाउने प्रयास गरौं । भाइटीकाले दिदीबहिनी र दाजुभाईको सम्बन्धमा थप उर्जा थप्दछ। पति-पत्निको सम्बन्ध छुट्टै छ तर संसारका सारा पुरुषहरूलाई दाजुभाई र सारा नारीहरूलाई दिदिबहिनी समान ब्यवहार गरौं । दीपावली र भाईटीकाको बिज्ञान बुझौं र बुझाउँदै अघि बढौ।

    (लेखक नेपाल ज्योतिष परिषद रूपन्देही अध्यक्ष हुन् )

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    लेख तथा साहित्य सम्बन्धि थप

    मदानेमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन हुँदै

    के तपाईको ओठ कालो भएको छ ? अपनाउनुस यो तरिका हुनेछ राम्रो

    दीपक बज्राचार्यको ब्यान्डका पूर्व सदस्य सुवर्ण व्यञ्जनकारको निधन

    जापानमा नेपाली युवती आरती शुक्रबारदेखी सम्पर्कविहीन

    ग्यास सिलिन्डर बोकेको ट्रक सडकबाट १५० मि. तल खस्दा ३ जनाको मुत्यु

    धुर्मुसलाई खुलापत्र : दाजु मलाई माफ गर्नुस्

    समाचार

    मदानेमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन हुँदै

    के तपाईको ओठ कालो भएको छ ? अपनाउनुस यो तरिका हुनेछ राम्रो

    दीपक बज्राचार्यको ब्यान्डका पूर्व सदस्य सुवर्ण व्यञ्जनकारको निधन

    जापानमा नेपाली युवती आरती शुक्रबारदेखी सम्पर्कविहीन

    बुटवल दैनिक बिशेष

    मदानेमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन हुँदै

    मधानेमा निशुल्क मुटुरोग सम्बन्धि शिविरबाट लिए ७१६ जनाले लाभ, पुन: सुरु भयो दन्त शिविर

    सैनामैनामा दलित उत्थानद्धारा विभेद अन्त्यकाे लागी सांकेतिक विरोध प्रर्दशन

    अखिल(क्रान्तिकारी) बुटवल बहुमुखीद्धारा क्याम्पस क्षेत्रमा सरसफाइ

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑