• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २०, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

      जेठो छोराको हत्या भएको खबरले आमाको ज्यान गयो, मलेसियाबाट फर्किँदै श्रीमान्

      रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

      तीन वर्षीया बालिकाको हत्या प्रकरण: शव खोज्न प्रहरीलाई सघाइरहेका थिए सहचालक, कुकुरले संकेत गरेपछि पक्राउ

    in
    आज: २०८३ भाद्र २०, शनिबार
    होमपेज /  लेख तथा साहित्य

    रेडियो स्क्रिप्ट लेख्ने तरिका हेरौ र एक सफल RJ बनौं..

  • बुटवल दैनिक
  • २०७७ श्रावण ८, बिहिबार (६ साल अघि)
  • २९५८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • फाईल तस्विर

    काठमान्डौ :- रेडियोका स्रोता अब पहिलेजस्तो कमजोर छैनन्। उनीहरुको चेतनास्तर कार्यक्रम प्रस्तोता वा सञ्चालकको भन्दा पनि माथि छ। उनीहरु कार्यक्रम संचालकलाई घरैमा बसीबसी सुनेर सिकाउन सक्ने भएका छन्। त्यसो त सबै स्रोता सक्रिय छैनन्, प्रस्तोतासँग दोहोर सवाल जवाफ गर्न। फुर्सद पनि छैन स्रोतालाई सबै र पूरै कार्यक्रम सुन्न। भौगोलिक विकटता वा अन्य कुनै प्राविधिक कारणले मात्र एउटै रेडियो सुन्ने ठाउँ कमै मात्र छन्।

    फेसबुकमा पछ्याउनुहोस्

    एक लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर क्षेत्रफलमा झण्डै ८ सय रेडियो अटाएका छन्। यस्ले गर्दा पनि आफ्नो स्टेसन र आफ्नो परिचय बनाउन निक्कै कठिन छ। अझै नामका लागि रेडियो सुन्ने स्रोताको संख्या ठूलो छ। यो संख्या टिकाई राख्न पनि स्टेसनहरुलाई कम्ति चुनौती छैनन्। स्रोता टिकाउने विभिन्न तरिका मध्ये यहाँ रेडियो स्क्रिप्टको चर्चा हुँदैछ।

    हुन त रेडियो लेखन र स्क्रिप्ट लेखनको नियम यही नै हो, यही अनुसार हुनु पर्छ भन्ने छैन। स्क्रिप्ट लेखन विज्ञान र गणित दुबै होइन। स्टेसनपिच्छे फरक फरक नियम छन्। स्टेसनले आफू अनुकूल नियम बनाएर स्क्रिप्ट लेख्छन्। हुनु पर्ने त त्यही नै हो। तै पनि कुनै पनि स्टेसनले पुरै स्थानीयपन दिन नसकेको अवस्था छ। अरुको नक्कल झक्कलमै स्टेसनका कार्यक्रम चलेका छन्। एउटै अवस्थितिमा रहेका रेडियोका कार्यक्रम पनि उही प्रकृतिका छन्। त्यसैले लेखाई पनि उस्तै।

    सामान्यतया स्क्रिप्ट लेखन पनि एउटा राम्रो निबन्ध लेखनसँग मेल खान्छः परिचय, जानकारी र निष्कर्ष। स्क्रिप्ट लेखनलाई स्वागत वा परिचय खण्ड, जानकारी खण्ड र निष्कर्ष वा समापन खण्ड गरि तीन भागमा बाँड्न सकिन्छ। पहिलो खण्डमा स्टेसन, कार्यक्रम र प्रस्तोता परिचय दिइन्छ। दोस्रो खण्डमा कार्यक्रममा के के समावेश गर्ने हो त्यस्को सिलसिलाबद्ध प्रस्तुति दिने हो। अन्त्यमा निष्कर्ष सहितको अन्त्य र आगामी कार्यक्रमको जानकारी सहित बिदा माग्नु हो। यसले गर्दा तीनवटा खण्डमा यस्तै हुनुपर्छ वा स्क्रिप्ट लेखनको सर्वमान्य सिद्धान्त यही हो भन्ने मेरो पनि दाबी हैन। स्क्रिप्ट लेखन यही हो अभिवादनबाट सुरु भएर अभिवादनमा अन्त्य हुन्छ। नमस्कारबाट सुरु हुन्छ नमस्तेमा अन्त्य हुन्छ। नमस्ते भन्ने शब्द संस्कृतिअनुसार फरक होलान्, कुरा यत्ति हो।

    स्क्रिप्ट लेखन सुरु गर्नु पहिले
    स्क्रिप्ट लेखन सुरु गर्नु पहिले रेडियो के हो भन्ने बुझ्नु नितान्त आवश्यक छ। रेडियो बोली हो, एक पटक हो, तत्काल हो, कानको लागि हो र सरल हो। यसर्थ रेडियोमा प्रसारण हुने कुनै पनि कुरा एकैपटकमा बुझ्नका लागि सरल, सरस र कर्णप्रिय हुनु पर्छ।

    कार्यक्रमको प्रकृति, बनोट, लक्षित स्रोता, कार्यक्रममको उद्देश्य, कार्यक्रम प्रसारण हुने क्षेत्र, कार्यक्रम प्रसारण हुने समय आदिले स्क्रिप्ट लेखनमा फरक पार्छन्। त्यसैले स्क्रिप्ट लेख्न बस्नु पहिले यी विषयबस्तुमा तयारी गरेर सुरुवात गर्नु पर्ने हुन्छ। अहिले स्रोताको मात्रै होइन, रेडियोको पनि समय कम छ। त्यसैले थोरैमा धेरै कुरा भन्न सक्नु नै स्क्रिप्टको विशेषता हो। लामो गफभन्दा छोटो गफमा अर्थपूर्ण खुराक दिन कार्यक्रम प्रस्तोता लाग्नै पर्छ। यस्ता प्रस्तोलाई सफल प्रस्तोता मानिन्छ।

    स्रोता किन सुन्छन् रेडियो?
    स्रोताले रेडियो सुन्ने तीनवटा कारण छन्। त्यसो त रेडियोमा प्रसारण हुने कार्यक्रम पनि तीन किसिमकै छन्। सूचनामूलक, मनोरञ्जनात्मक र मनोरञ्जनात्मक-सूचनामूलक (इन्फोटेन्मन्ट)। यसैले पनि स्रोताले रेडियो सुन्नुको तीन वटा कारण प्रष्ट्याउँछ। स्रोताले गीत सुन्न, जानकारी लिन र स्वर सुन्न रेडियो सुन्छन्। अझ यसलाई यसरी प्रष्ट्याउँ- एक प्रकारका स्रोता प्रस्तोताको स्वर सुन्नकै लागि रेडियो सुन्छन्, अर्काथरी गीत सुन्नकै लागि रेडियो सुन्छन् भने अर्काथरी जानकारी वा सुचना लिन रेडियो सुन्छन्।

    गीत सुनाउने, आवाज सुनाउने वा जानकारी दिने तपाईँको निर्णय। तपाईँ जस्तो प्रस्तोता बन्ने हो उस्तै सामग्री छान्न सक्नुहुन्छ।

    सरल कसरी बनाउने?
    रेडियो लेखन सरल र सहज हुनुपर्छ। रेडियो जहिले पनि तत्काल हो। यसैले स्क्रिप्टमा पूर्ण वर्तमानकालको प्रयोग राम्रो मानिन्छ। लामो वाक्य नलेख्ने। त्यसका लागि सरल वाक्यको प्रयोग सबैभन्दा उत्तम हुन्छ। एउटै शब्द र वाक्य कहिल्यै नदोहोर्या।उने। यसले स्क्रिप्टलाई छोटो बनाउन सहयोग गर्छ।

    धेरै प्रस्तोताहरु एउटै अर्थ आउने दुईवटा शब्द एकैचोटी लेख्छन्। जस्तै- केहीबेरको छोटो विश्राम पछि फेरि स्वागत छ। यहाँ ‘केहीबेर’ वा ‘छोटो’ मध्ये एउटा शब्द भने पुग्दैन र? यस्ता कैयौं उदाहरण छन्। अर्को भन्नै पर्ने कुरा, धेरै प्रस्तोताले ‘धन्यवाद दिन चाहन्छु’ भन्छन्। उनीहरु धन्यवाद दिन चाहन्छन् तर कहिल्यै पनि धन्यवाद दिँदैनन्। धन्यवाद दिन चाहनेले ‘ल धन्यवाद दिन चाहन्छु होइन, ‘धन्यवाद’ भन्नुपर्छ। दिन चाहँदैमा दिएको अर्थ लाग्दैन।

    प्रस्तोताहरु आफूलाई धेरै चोटी चिनाउन बारम्बार आफ्नो नाम उच्चारण गरिहेका हुन्छन्। तपाईँ आफूलाई चिनाउन धेरैचोटी नाम भन्ने होइन, सम्झन लायक एउटै मात्र कार्यक्रम बनाउनुहोस्, तपाईँलाई एउटै कार्यक्रमबाट स्रोताले चिन्दछन्। रेडियो लेखनमा क्लिस्ट शब्द नराख्नुहोस ताकि पूरै कार्यक्रम स्रोतालाई त्यही एउटा शब्दले अन्यौलमा नपारोस्। घुमाई घुमाई कुरा नगर्नुहोस् जस्ले स्रोता भड्कियोस्। अनि धेरैको भन्छन् आफूसँगै प्राविधिकलाई पनि बिदा दिनुहोस्। प्राविधिक पनि कार्यक्रम प्रस्तोतासँगै बिदा भएपछि रेडियो नै बन्द हुन्छ नि। कार्यक्रम प्रस्तुत गर्ने वा सञ्चालन गर्ने अरु पनि हुन्छन्। यही भएर अरुलाई पनि कार्यक्रम चलाउन दिनुपर्छ।

    कार्यक्रम सञ्चालकहरुको मुखमै झुण्डिएको कुरा छ– कार्यक्रममको समय सकिइसकेको जानकारी प्राविधिक मित्र अमुकले दिइसक्नु भएको छ। तसर्थ अब म अमुक पनि बिदा हुनुपर्छ। के तपाईँलाई आफ्नो कार्यक्रममको समय सकिएको पनि थाहा हुँदैन र प्राविधिकले भनिदिनु पर्ने? तपाईँ कार्यक्रम प्रस्तोता अबुझ होइन, यसर्थ तपाईँलाई नै थाहा हुन्छ तपाईँको कार्यक्रम अवधि कति हो र तपाईँले कतिबेला बिदा माग्नु पर्छ भन्ने। यसर्थ तपाईँलाई बिदा लिन प्राविधिकले संकेत गर्ने होइन, स्टुडियोमा रहेको घडीले संकेत गर्ने हो। यसर्थ सामान्य लाग्ने तथा सम्झनु पर्ने कुरालाई तपाईँ आफैले ख्याल गर्नुपर्छ।

    माफी दिँदैनन्
    स्रोताहरु जहिले पनि रेडियोमा वा कार्यक्रममा सहभागिता खोज्छन्। तर त्यो सहभागिता सफल र सार्थक हुनुपर्छ भन्ने आम स्रोताको रहन्छ। स्रोताहरु सहभागी गराउने कुरामा प्रस्तोता अत्यन्तै चनाखो बन्नु पर्दछ। कुनै मानिसले आफ्नो नाम, थर, पेशा, पद, ठेगान अस्पष्ट वा अपुरो भनेको रुचाउँदैनन्। त्यस्मा पनि गल्ती नै भयो भने कुनै स्रोताले पनि प्रस्तोतालाई माफी दिने छैनन्।

    अर्ती होइन, सन्देश दिनुहोस्
    अहिलेका कुनै पनि स्रोता पुरातन सोच र व्यवहारका अर्ती उपदेश खाँदैनन्। उनीहरु जहिले पनि कार्यक्रममार्फत सन्देश मात्रै खोज्छन्। जुन कार्यक्रममा सन्देश हुन्छ त्यो नै रुचाउँछन्। तपाईँ कार्यक्रमबाट सन्देश नै दिनुहुन्छ भने पनि त्यो अर्ती वा उपदेश हो भन्ने भान नपारीकन दिनु पर्छ। जस्तै प्रात भ्रमण गर्नुहोस् भनेर तपाईँले भन्नु भयो भने स्रोताले त्यसलाई अर्ती ठान्छन्। यसर्थ यस कुरालाई तपाईँले प्रात भ्रमण गर्दा यो यो फाइदा हुन्छ भनेर भन्दा स्रोताहरु आफूलाई फाइदा हुने काम गर्न लालायित हुन्छन्। अथवा यस्ता कुरा गर्दा स्रोत व्यक्ति र विशेषज्ञबाटै भन्नु उपयुक्त हुन्छ।

    प्राविधिक कुरा
    कार्यक्रम प्रसारण गर्न जाँदा कार्यक्रम प्रस्तोतासँग मात्रै खाली स्टुडियो हुन्छ। त्यो भन्दा बाँकी सबै कुरा प्राविधिक रुम वा कन्ट्रोल रुममा हुन्छ। स्टुडियोमा प्रस्तोताले बोल्न मात्रै सक्छ, त्यो भन्दा केही पनि गर्न सक्दैनन्। यसर्थ प्राविधिकसँग राम्रो तालमेल हुनु आवश्यक हुन्छ। तालमेल गर्नको लागि के गर्ने कसो गर्ने समन्वय गर्न सकिन्छ। साथै हरेक स्टेसनले स्टुडियो आचारसंहिता बनाएको हुन्छ त्यस्लाई प्रस्तोताले ख्याल गर्नुपर्छ। साथै माइक्रोफोनको संरचना र संवेदनशीलता नबुझी स्टुडियो प्रवेश गर्दा दुर्घटना हुन सक्छ। कुनै कुनै स्टेसनले आफैं प्राविधिक र सञ्चालक बन्ने वातावारण बनाएको हुन्छ। यस्मा तपाईँले प्राविधिक र प्रस्तुति दुबै पक्षमा चनाखो बन्नुपर्छ।

    प्रस्तुति
    जहिले पनि शब्दले भाव र स्वरले भावना बोल्नुपर्छ। यसमा प्रस्तोता बफादार बन्नु आवश्यक छ। एउटा गीतिकथाको उदाहरण यहाँ प्रस्तुत गरौं। कथामा कुनै मानिस दुःखको साथ पढ्छ। त्यो दुःख ज्यादै दर्दनाक छ भने त्यसको प्रस्तुति त्यस्तै कारुणिक हुन्छ। जब ऊ एसएलसी वा कुनै परीक्षामा सफल हुन्छ भने त्यसको प्रस्तुत ज्यादै सुखद हुन्छ। पहिले दुःखको बेलामा भएको जस्तै प्रस्तुतिले त्यहाँ काम चल्दैन। स्क्रिप्ट र मुड अनुसार प्रस्तुतिमा उतार चढाव आउनै पर्छ। तर ध्यान दिनुहोस्, उतार चढावको नाममा स्रोताको कान नटट्याओस्।

    निष्कर्ष
    स्क्रिप्ट लेखनका नियम वा सिद्धान्त यी नै हुन् भन्ने कतै पनि उल्लेख छैन। यसो भन्दैमा भाषा बिगार्ने अधिकार कसैलाई पनि छैन। भाषा आफू अनुकूल बनाउने होइन, भाषा अनुकूल आफू बन्ने हो। यसर्थ रेडियो लेखन जहिले पनि सुन्नको लागि हो भन्ने भुल्नु हुँदैन।

    स्क्रिप्ट लेखनको पनि योजना, उद्देश्य र लक्ष्य किटान गरेर लेख्न बस्यो भने अवश्य सफल भइन्छ। आखिर जति लामो डोरी बाटे पनि गाँठो एउटै पार्ने हो। यसर्थ तपाईँले डोरी लामो बाटेर मात्रै गाँठो पार्नुपर्छ भन्ने नसोच्दा हुन्छ। छोटो डोरीमै गाँठो पार्न सिक्नु पर्छ। सरल, सरस र कर्णप्रिय हुनु नै रेडियो स्क्रिप्टको गुण हो।

    • #रेडियो स्क्रिप्ट
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    लेख तथा साहित्य सम्बन्धि थप

    विश्व मानवअधिकार दिवस : ‘मानवलाई बाँच्नै सकसको वर्ष’

    न्यायका लागि ढिलाइ किन ? आखिर किन बलत्कारीलाई संरक्षण ?

    लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

    यसपालिको तिहारमा जे गरेपनि कसैलाइ चासो छैन, स्थानीय सरकार बोलीमा मात्र सिमित

    यसरी मनाइन्छ  तिहारका पाँच दिन , महत्त्व सहित

    Problems and recommended solutions to the seed sector in the present scenario of COVID-19

    समाचार

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑