किताबको पानामा कोरिन्छ्न् आमा शीर्षकका कविताहरु।।
तर संघर्ष र बलिदानमा कम मान्दिन हाम्रा पिताहरु।।।
आज मेरो चाहाना मलाई एक खुड्किला मात्र लाग्छ ।।
थाहा छ, त्यसमा बाबाको आश र अटुट साथ छ।।
आमाको गर्भमा बसे र बाबाको मन मुटुमा बसे ।।
राजकुमारी त भन्दिन , तर बाबाको कर्ममहलम पसे ।।
कति हजुरका चाहानाहरु आफैशीत राख्नुभयो ।।
कमि केही नराखम् भनी आफ्नै शरीर हाक्नुभयो ।।
पानी,हुरि , आर्थिक संकट हामीले पत्तो पाएनम् है।।
कसरी पुग्यो होला र बाबा नमिठाे कहिलै खाएनम् है ।।
संघर्ष के हो बुझ्न पाए आट! कस्तो देख्न पाए।।
चिसा दाउरा परिश्रमका , त्यो पनि मैले सेक्न पाए।।
बिश्वास मलाई सधैं गर्नु निराश कहिल्यै गराउदिन ।।
सत्यको साथ सधैं दिन्छु , अगाडि बोल्न डराउदिन ।।
के सकौला गुन तिर्न एक जिन्दगी काफी छैन ।।
हाम्रा लागि संघर्ष कति , कुनै यहाँ नापी छैन।।
सबैजनाले गलत देख्दा साथ मलाई दिनुहोला।।
समाजले आक्षैप लगाउला मलाई हजुरले चिन्नुहोला।।
सफल मान्छे हुनेछु बाबा मेरै असल कामबाट ।।
भबिस्यमा हजुरलाई चिनाउनेछु मैले मेरो नामबाट ।।
दिपिका रेग्मी
स्याङ्जा,वालिङ