• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन ८, बिहिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ आश्विन ८, बिहिबार
    होमपेज /  आर्थिक

    ‘ भित्र बसे भोकमरी र बाहिर निस्किए महामारी’ बैंक र व्यवसायीबीच तनाव

  • बुटवल दैनिक
  • २०७७ जेष्ठ १८, आईतबार (६ साल अघि)
  • १९४७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    जेठ १८, २०७७ नवलपरासी : कोरोना महामारी नियन्त्रण गर्न लगाइएको लकडाउनका कारण आर्थिक गतिविधि ठप्प भएपछि बैंक र व्यवसायीबीच तनाव बढ्न थालेको छ। कर्जा लगेका व्यवसायीहरूलाई बैंकले किस्ता र ब्याज तिर्न ताकेता गरिरहेका छन्‌ भने व्यवसायीहरूले बैंकलाई तत्काल सो रकम भुक्तानी नसक्ने जवाफ दिने गरेका छन्‌। व्यापार-व्यवसाय ठप्प भएपछि पश्चिम नवलपरासीका व्यवसायीहरुलाई बैंक तथा वित्तीय संघसंस्था बाट लिइएको ऋणको ब्याज र किस्ता कसरी तिर्ने भन्ने चिन्ताले सताएको छ। अहिले वित्तीय संघ-संस्थाले धमाधम ताकेता गर्न थालेपछि व्यवसायीहरु अत्तालिन थालेका छन्।

    फेसबुकमा पछ्याउनुहोस्

    एकातर्फ आम्दानीका श्रोतहरु ठप्प हुनु र अर्कातर्फ तारन्तारको ताकेताले व्यवसायीहरु चिन्तित बनेका छन्। लघुवित्त संस्थाबाट ऋण लिएर घर-व्यवहार चलाउँदै आएका गृहणीहरुको पीडा पनि उस्तै छ। लघुवित्तका कर्मचारीहरु घर-घरमै पुगेर किस्ता र ब्याज बुझाउन दबाव दिन थालेपछि अफ्ठेरोमा परेको गुनासो आउन थालेको छ। ‘लकडाउन अवधिभर व्यापार व्यवसाय संचालन गर्न पनि सकिएन, कोरोना भाइरस संक्रमण त्रासका कारण घरभित्रै बसेका छौं, तारन्तार फोन आइरहेको छ, अब कहाँबाट ब्याज र किस्ता बुझाउनु? अहिले गलाको पासो जस्तै भएको छ,’ बर्दघाट ४ बाढीपीडितका कृष्ण हिताङ्गले गुनासो गरे। कृष्णलगायत धेरैलाई अहिले बैंक तथा वित्तीय संघसंस्थाबाट लिएको ऋण गलाको पासो भएको छ। जिमीरेभार व्यापार संघका अध्यक्ष समेत रहेका व्यवसायी चिरञ्जिवी सुवेदी कोरोनाको त्रासभन्दा पनि ब्याज र किस्ताको लागि बैंक तथा वित्तीय संस्थाले गरिरहेको ताकेताले कयौं गुणा त्रसिद्‌ बनाएको बताउँछन् ।

    व्यवसायिक संघसंस्थाहरुले पटक-पटक विज्ञप्ती निकाली ब्याजमा छुट दिनुपर्ने, समयमा ब्याज र किस्ता बुझाउन नसक्दा तिर्नुपर्ने हर्जना मिनाहा हुनुपर्ने र लकडाउन पछि पनि कम्तिमा ६ महिनाको समय सीमा तोकिनुपर्ने माग गर्दै आएका छन्। सरकारले भने यस विषयमा अहिलेसम्म ठोस निर्णय गरेको छैन। ‘अहिले कमाएर बैंककको ब्याज तथा किस्ता तिर्न सक्ने अवस्था छैन, यस विषयमा सरकारले पनि केहि सोचेर निर्णय गरिदिए हुन्थ्यो, नत्र त हामी निकै चपेटामा पर्ने भयौं,’ बर्दघाटका अर्जुन चौधरीले दुखेसो पोखे। उद्योग बाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारी पनि उद्योगी-व्यवसायीलाई लक्षित गरेर राहत प्याकेज ल्याउनुपर्ने बताउँछन्। संकटका बेला निजी क्षेत्रले नै राहत बाँड्नुपर्ने अवस्थामा त्यही क्षेत्र नै धरापमा पर्ने अवस्था सिर्जना भएकोले तत्काल सरकारले यसतर्फ ध्यान दिनुपर्ने भण्डारीले बताए। पश्चिम नवलपरासीमा धेरै ठूला उद्योगहरु रहेपनि विभिन्न समस्या रहेकोले पनि संचालनमा कठिनाई भएको उनको भनाई छ।

    लकडाउन भएकै दुई महिनाभन्दा बढी भएकोले ‘भित्र बसे भोकमरी र बाहिर निस्किए महामारी’को अवस्था रहेकोले सरकारले लकडाउनको विधि फेरेर उद्योगधन्दा, वित्तीय संघसंस्था सबैलाई चलायमान गर्नुपर्ने भण्डारी तर्क छ। सरकारले ठोस निर्णय गरेर लकडाउन अवधिभरको ब्याज छुट गर्नपर्ने र ब्याज र किस्ता तिर्ने समयावधि थप गर्न माग राख्दै व्यवसायीहरूले नेपाल उद्योग बाणिज्य महासंघमार्फत अर्थ मन्त्रालयको ध्यानाकर्षण गराइसकेका छन्‌। बैंकका सम्बन्धित अधिकारीहरुसँग ब्याज र किस्ता असुलीबारे जानकारी लिने प्रयास गर्दा उनीहरुले बोल्न नमिल्ने बताउने गरेका छन्‌।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

    एलपीजी ग्यास आपूर्तिमा समस्या आए तुरुन्त समाधान गरिने, नेपाल आयल निगमले गठन गर्‍यो क्विक रेस्पोन्स टिम

    सहकारी ठगी नियन्त्रणमा सरकारको नयाँ कदम, छुट्टै इजलास गठनको तयारी

    धितोपत्र बजार सुधारको रोडम्याप तयार हुँदै, प्रधानमन्त्रीले भने- जायज माग सम्बोधन हुन्छ

    पटक–पटक गल्ती गरे मात्र ५० हजारसम्म जरिवाना : मन्त्री लम्साल

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑