• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २२, सोमबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

      जेठो छोराको हत्या भएको खबरले आमाको ज्यान गयो, मलेसियाबाट फर्किँदै श्रीमान्

    in
    आज: २०८३ भाद्र २२, सोमबार
    होमपेज /  लेख तथा साहित्य

    नकोर देशको नक्शा छिमेकी आइ च्यातेर जान्छ ! -लोकेश जलन

  • बुटवल दैनिक
  • २०७७ जेष्ठ १, बिहिबार (६ साल अघि)
  • ११३३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • फाईल तस्विर

    साहित्यकार लोकेश जलनका यी मन छुने गजल हरु तपाइको लागि ।

    फेसबुकमा पछ्याउनुहोस्

    मलाई मनुवा मर्ला लाग्दैन मनुवाको लागि !
    कुवाको भ्यागुता मर्ला बरु कुवाको लागि !

    मेरो खुट्टाको रहर पूरा गर्ने जो जुत्ता थियो ।
    त्यहीँ जुत्ता हो काल बनेको बुवाको लागि !

    सबै रङ्ग सबैका लागि रङ्गिन कहाँ हुन्छन् ।
    रङ्ग बिहिन भैदिन्छ रातो विधुवाको लागि !

    यो आँखामा आँसु देखेर कठै भन्छौ तिमी ,
    अरे यार नदि केही होइन बालुवाको लागि !

    यसरी पनि त सकिन्छ नि मान्छे रिझ्याउन ।
    ऊ पुगेको छ सगुन बोकेर सरुवाको लागि !

    ******************************

     

    ओल्टे,कोल्टे फर्कियो छट्पटीदै उत्तानो फर्कियो !
    यत्तिकै,यत्तिकैमा उज्यालो घरको छानो फर्कियो !

    मेलो नसकिदै मेलामा परेको हो मुसलधारे पानी,
    बाआमा भिजेर फर्किए बच्चा ओभानो फर्कियो ।

    आमाको यै जिज्ञासा घरिघरि दोहोरीन्छ ममाथि ।
    तँ फर्कन्नस छोरो तँसगै गएको फलानो फर्कियो !

    दिनमा यौटा रातमा अर्को राज गर्छ यो आङमा ।
    चिसोको पालो थ्यो चिसो आयो न्यानो फर्कियो !

    आफ्नो थियो कोही बेला अघि भेटिएको मान्छे ।
    रत छातीबाट गएको छातीमै भक्कानो फर्कियो !

    ************************************

     

    ठुलो मर्कामा छु मेरै घर हो बर्षाले खोला भएको !
    अझै मिलेन क्षतिपूर्ति पोहोरै लेखाजोखा भएको !

    बा किन सहेको त्यो पसलेले कठालो तान्दा पनि ?
    बाबू नसहे,मैले देख्नुपर्छ तिमीहरु भोका भएको !

    क्वै मान्छेको क्वै भुमिको बेपार गर्छन् यो देशमा ,
    हामी मात्रै किन इमानदार भएको सोझा भएको ?

    चुलो देखि पिढी पुग्न लौरोकै सहायता लिनुपर्छ।
    छ न त ऊ,छ नि छोरो बलिस्ठ हातगोडा भएको !

    न ऊ मेरो काम लाग्यो,न त म उसको काम लागे ,
    अर्कैले लाभ उठायो ऊ गाग्री म लोहोठा भएको !

    ************************************

     

    स्मृतिमा मात्रै रह्यो यौटा चेहरा जो हँसिलो लाग्थ्यो !
    जसको दिल पनि भूगोल भन्दा फराकिलो लाग्थ्यो !

    मुरी फल्ने बास्कोट फेरि बाँझो रह्यो यो साल पनि ।
    लाग्न त छोराबुहारी हामी जस्तै जाँगरिलो लाग्थ्यो !

    गधा भन्नू भयो अल्लि अग्लो भएको छु र मालिक ?
    म आजसम्म हजुरको आँखालाई कमिलो लाग्थ्यो ।

    आगामी रात ऊ बिना आसामले उज्यालो पार्नु छ ।
    जो बिना तकिया होचो बिस्तरा असजिलो लाग्थ्यो !

    सुकिलो हुन पाएको छैन आफ्नै काखमा यो जीउ ,
    आमाको काखमा न धुलो लाग्थ्यो न हिलो लाग्थ्यो !

    *************************************

     

    ओ नानी हो कपि खेर जान्छ पेन्सिल खेर जान्छ !
    नकोर देशको नक्शा छिमेकी आइ च्यातेर जान्छ !

    हिजो पाउमा पाउ लागे पनि पाउमा शिर राख्थ्यो ।
    आज ऊ छातीमा पाउ लाग्दा पनि कुल्चेर जान्छ !

    जुन मान्छे म सयौं बर्ष बाँचोस् भनेर प्रर्थाना गर्छु ।
    त्यहीँ मान्छे आएर यो घाँटीमा डोरी नापेर जान्छ !

    ए काडा तेरो जस्तो सजिलो छैन फूलको दैनिकी ।
    यौटा आएर हेेरेर जान्छ अर्को आएर चुडेर जान्छ !

    बाढी आउँछ भुकम्प आउँछ लिएर जान्छ घरखेत ।
    सरकार आउँछ एक पोको चाउचाउ दिएर जान्छ !

    • #गजल
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    लेख तथा साहित्य सम्बन्धि थप

    विश्व मानवअधिकार दिवस : ‘मानवलाई बाँच्नै सकसको वर्ष’

    न्यायका लागि ढिलाइ किन ? आखिर किन बलत्कारीलाई संरक्षण ?

    लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

    यसपालिको तिहारमा जे गरेपनि कसैलाइ चासो छैन, स्थानीय सरकार बोलीमा मात्र सिमित

    यसरी मनाइन्छ  तिहारका पाँच दिन , महत्त्व सहित

    Problems and recommended solutions to the seed sector in the present scenario of COVID-19

    समाचार

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑