• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ अषाढ १९, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना, १५ दिन बिक्रीवितरण रोक्का

      स्पेनका गोलकिपर उनाई सिमोनले बनाए नयाँ कीर्तिमान

      आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

      तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

      प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

      नहरपुर मा.वि को ५१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

      कृषक सेवा केन्द्र कैलाली नव कार्यसमिति गठन,अध्यक्षमा केशब बोहोरा

      धुर्कोटमा धारापानि धुर भिरथोक खानेपानी उपभोक्ता समिति गठन, एक घर एक धारा धमाधम विस्तार हुदै

      अन्तिम फाउन्डेसन नेपालको कार्यवाहक समिति गठन, फागुनमा अधिबेशन हुँदै,

      फोटो पत्रकार महासंघ कैलालीको सदस्यमा श्रेष्ठ र भट्ट मनोनित

      तिलोत्तमा नगरपालिकाका विद्यार्थीहरुका लागि स्थानिय पाठयक्रम लागु

      सहर्ष सहकारीको दशौ साधारण सभा सम्पन्न

      लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन

      लगनशील महिला उद्दम समुहद्वारा गरिब जेहेन्दार विद्यार्थीलाई उपहार प्रदान

      धुर्कोट गाउँपालिकाको प्रथम चौमासिक समिक्षा कार्यक्रमा सम्पन्न

    in
    आज: २०८३ अषाढ १९, शुक्रबार
    होमपेज /  आर्टिस्ट खबर

    विवादित विषयलाई मिलाउनुभन्दा आइ एम विथ राजेश हमाल भन्दै माहोल भड्काउनेले झन् बिगारे -दिपक राज गीरी

  • बुटवल दैनिक
  • २०७७ अषाढ २९, सोमबार (५ साल अघि)
  • १५८९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    काठमान्डौ – एक समयकी अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले एक टेलिभिजन अन्तर्वार्तामा अभिनेता राजेश हमाल ‘महानायक’ होइन भन्ने आशय व्यक्त गरेपछि उत्पन्न भएको विवादले यतिबेला सिंगो देश नै तताएको छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    यो विषय संसद् भवनमा समेत प्रवेश गर्न सक्ने संकेत देखिएको छ ।

    किनभने ‘महानायक’ को विवादमा सांसद गंगा चौधरीले समेत आफ्नो धारणा राखिसकेकी छन् ।

    राजेश हमाललाई ‘महानायक’ को रुपमा स्वीकार नगरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले दीपाश्रीलाई तल्लो स्तरमा ओर्लिएर गाली गलौच गरिरहेका छन् ।

    हमालका प्रशंसकसँग उनले माफी मागिसक्दा पनि गालीको वर्षा रोकिएको छैन ।

    उनको अभिव्यक्तिमा समर्थन गरेको भन्दै कलाकार दीपकराज गिरीमाथि पनि स्वघोषित ‘महानायक’ भन्दै प्रहार भइरहेको छ ।

    यस विषयमा केही दिनअघि उनले सामाजिक सञ्जालको माध्यमबाट आफ्नो लक्ष्य कहिल्यै ‘महानायक’ को घरतिर नमोडिएको बताउँदै आफ्नो गल्ती विनै जबरजस्ती रुपमा ‘महानायक’ बनाउनेहरूलाई धन्यवाद दिएका थिए ।

    यो विवाद साम्य हुने संकेत नदेखेपछि उनले आइतवार फेसबुकमा एक भिडियो पोस्ट्याउँदै ‘छक्का पन्जा’ को ब्रान्डमाथि प्रहार भएको बताएका छन् ।

    दीपकराजले अभिनेता हमालसँग दीपाश्रीबाट भएको गल्तीको माफी माग्दै भनेका छन्, ‘राजेश हमाल ‘महानायक’ हो वा होइन भनेर टिप्पणी गर्ने अधिकार हामीलाई छैन ।

    इन्डस्ट्रीले एउटालाई ‘महानायक’ मान्छ भने हामी त्यसलाई सम्मान गर्नुपर्छ ।

    दीपाजीले प्रयोग गरेका शब्दहरु र उहाँको बडिल्याङ्वेजमा कमजोरी भयो । उहाँले शब्द नै मिलाउन सक्नुभएन त्यो गल्ती हो ।

    दीपाश्रीले माफी मागिसक्दा पनि यो विवाद साम्य नहुनुलाई आफ्नो समूहमाथि साइबर बुलिङ भएको उनको भनाई छ ।

    उनले सामाजिक सञ्जालमा आफूहरुमाथि असभ्य भाषा प्रयोग गर्नेमध्ये ७५ प्रतिशत फेक आइडीबाट भएको उनी बताउँछिन् ।

    उनले थपेका छन् केही प्रतिशत राजेश हमालप्रतिको प्रेम छ । त्योभन्दा ठूलो प्रहार ‘छक्का पञ्जा’ ब्रान्डमाथि भइरहेको छ ।

    यस विवादमा कलाकारिता क्षेत्रमा आबद्ध बरिष्ठ व्यक्तिहरुले पनि दोहोरो भूमिका खेलेको दीपकराजले आरोप लगाएका छन् ।

    विवादित विषयलाई मिलाउनुभन्दा आइ एम विथ राजेश हमाल भन्दै माहोल भड्काउने काम भइरहेको र पहिला राजेश हमालको बारेमा नकारात्मक टिप्पणी गर्नेहरु अहिले हमालको पक्ष लिएर माहोल गरम बनाइरहेको उनको टिप्पणी छ ।

    उनले दीपाश्रीमाथि अस्लिल गाली गर्नेहरुप्रति लक्षित गर्दै भनेका छन् के तपाईंले आफ्नो दिदी बहिनीको बिषयमा पनि यस्तै शब्द प्रयोग गर्न सक्नुहुन्छ ।

    तपाइको दिदी बहिनी पनि कुनै केटा साथीसँग काम गर्नुहुन्छ के उहाँलाई पनि तपाई दिपाश्रीलाई प्रयोग गरे जस्तै शब्द प्रयोग गर्नुहुन्छ त ? दीपकले यो विवाद साम्य पार्न आफू राजेश हमालसँग भेट गर्ने सोचमा रहेको बताएका छन् ।

    • #दीपाश्री निरौला
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    आर्टिस्ट खबर सम्बन्धि थप

    कति चुप रहने ? कति सहने? भन्दै पुजा शर्माले बिरोध गर्दै कडा जवाफका साथ यस्तो लेखिन।

    अद्भुत क्षमताको धनि -प्रकाश सपुत

    पर्दा पछाडि बसेर अरुलाई पर्दामा चम्किलो देखाउने लोक संगीतका नायक जुजु गुरुङ

    आगोले के पोल्छ र तिम्रो यादले पोल्छ – बसन्त थापा

    नायिका बर्षा राउतको काहानी

    न्यानो माया दिनेहुने सबैलाई नमन गर्न चाहन्छु । उच्च मनोबल र जिम्मेवारीका साथ अगाडि बढ्ने निधो गरेकी छु ।’-वर्षा राउत

    समाचार

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    नहरपुर मा.वि को ५१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    बुटवल दैनिक बिशेष

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    नहरपुर मा.वि को ५१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑