कैलाली ।
कृषक सेवा केन्द्र कैलालीको नयाँ कार्य समिति चयन भएको छ । शनिबार एक कार्यक्रम गर्दै नयाँ ९ सदस्यीय कार्य समिति चयन भएको हो ।
जिल्लाको घोडाघोडि नगरपालिका १० मा कार्यक्रम सम्पन्न भएको थियो । नयाँ कार्यसमितिको अध्यक्षमा केशब बोहरा, उपाध्यक्षामा पुस्पा कुमारी चौधरी, कोषाध्यक्षामा करिस्मा खड्का, सचिवमा टेकबहादुर बुढा, सहसचिवमा प्रेम सहकारी चयन भएका हुन ।
त्यसै गरी सदस्यहरुमा समिक्षा कठरिया, कमला धामी, रमा रावत, कमल खनाल निर्विरोध चयन भएका छन । नवनियुक्त कार्यसमिती लाइ हार्दिक बधाइ तथा सफल कार्यकाल को अग्रिम शुभकामना व्यक्त गरिएको छ ।
कृषक हिकहितको लागि कृषक लाइ जैविक खेति तर्फ प्रेरित गर्ने कृषकलाइ बिभिन्न सिप मुलक तालिम सन्चालन गर्ने हेतु अगाडि बढेको नवनियुक्त बोहराले बताए ।