फर्साटिकर, २७ मंसिर।
सहर्ष बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुद्धोधन गाउँपालिका २ भुजौली रुपन्देहीको दशौ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
। कार्यक्रममा आफ्नो मन्तव्य राख्नु हुदै प्रमुख अतिथि संस्थागत अध्यक्ष लोकबहादुर थापा संस्था स्थापना कालदेखि दशौ साधारण सभा सम्म सहयोग गर्ने सम्पुर्ण पदाधिकारी एंव कर्मचारीहरुलाई धन्यवाद दिनुभयो ।
पछिल्लो समयमा सहकारी एकीकरणको लहर चलिरहदा सहर्ष सहकारीले पनि आफ्नो अपनत्व कायम हुने गरि एकीकरणको प्रयास गर्नुपर्ने बताउनुभयो ।
शुद्धोधन वडा नम्बर २ सदस्य उमाकान्त चापागाई, भुजौली इङ्लिस बोडिङ्ग स्कुलका प्रीन्सिपल झलक थापा,महाकल्प सहकारीका अध्यक्ष विष्णु गौतमले आफ्नो शुभकामना मन्तब्य राख्दै कोरोना भाइरसको विषम परिस्थितिका बाबजुद पनि सहकारीले प्रगति गरेकोमा कार्यसमितिको प्रशंसा गर्नुभयो।
। संस्थाका अध्यक्ष दलबहादुर श्रीसले सञ्चालक समितिको तर्फबाट आव २०७६ –७७ को प्रगति विवरण,भावी कार्ययोजना र सचीव देवराज पौडेलले संस्थाको सांगठनिक प्रतिवेदन, आन्तरिक लेखा सुपरिवेक्षण प्रतिवेदन संयोजक खिमानन्द भुसालले सस्थाको आन्तरिक लेखा सुपरिक्षण प्रतिवेदन यस्तै संस्थाका कोषाध्यक्ष देविराम मरासिनीले गत आर्थिक वर्षको आयव्यय विवरण आगामी वर्षको प्रस्तावित वार्षिक लक्ष्य तथा बजेट प्रस्तुत गरेका थिए ।
संस्थाले आर्थिक वर्ष २०७६–७७ मा १ करोड ८० लाख ५९ हजार ४ सय सेयर पुजि जम्मा गरेको छ भने कर्जा लगानी ६ करोड ९ लाख ७७ हजार ५ सय ५२ रुपैंया रहेको छ । संस्थामा हाल ५०३ जना शेयर सदस्यहरु रहेका छन् ।
संस्थाको अध्यक्ष दलबहादुर श्रीसको अध्यक्षता,संस्थाका पुर्व अध्यक्ष लोकबहादुर थापाको प्रमुख आतिथ्यता,उपाध्यक्ष दशरथ चौधरीको स्वागत एंव सचीव देवराज पौडेलको सञ्चालनमा साधारण सभा सम्पन्न भएको थियो ।