बागलुङ । बरेङ गाँउपालिकामा थप ३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।
आज शुक्रबार वडा न ३ बाटाकाचौरका ४ जनाको एन्टिजेन बिधिबाट परिक्षण गर्दा जन प्रतिनिधि तथा वडाका कर्मचारी सहित ३ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको स्वास्थ्य साखा प्रमुख पदम बहादुर पुनले बताउनु भयो ।संक्रमितको स्वास्थ्य अबस्था सामान्य रहेको कारण होम आईसोलेसनमा राखिएको छ ।
यो सँगै बरेङ गाँउपालिकामा दोस्रोलहरको कोरोना संक्रमितको संख्या १५० जना पुगेको छ भने १४७ जना कोरोना संक्रमण बाट मुक्त भैसकेका छन ।
३ जना होम आईसोलेसनमा रहेका छन ।