• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २६, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

    in
    आज: २०८३ भाद्र २६, शुक्रबार
    होमपेज /  मुख्य समाचार

    नवराज भाइ शायद तिमीले आफ्नो प्रेममा सुनपानी छर्किन सकेनौ

  • बुटवल दैनिक
  • २०७७ जेष्ठ १३, मंगलबार (६ साल अघि)
  • ७३९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    नरेन्द्र प्यासी र अञ्जु पन्तले गाएको ‘जाम क्यारे उडेर माथि जुनैमा’ निकै भावनात्मक गीत हो। यो गीतको मूल आशय यस्तो हुन्छ, धर्तीमा रमाइरहेका एकजोडी प्रेमी-प्रेमिकालाई धर्तीका मानिसहरूले नै अनेकथरी दु:ख दिएर, रिस राग, डाहा गरेर बसिखानु नभएपछि उनीहरूले टाढा कतै बसाइ सरेर जाने संकेत गर्छन् ।

    फेसबुकमा पछ्याउनुहोस्

    धर्तीका मानिसहरूले आफ्नो प्रेमलाई अस्वीकार गरेपछि उनीहरू यो धर्ती नै छाडेर उडेर माथि जुनमा गएर पिरती लगाउने कुरा गर्छन् । धर्तीमा फूल बनेर बस्दा बास्ना हराएको, खोली बनेर बस्न खोज्दा खोलामा पानी नै सुकेको उनीहरूको दु:खेसो हुन्छ । मान्छे र मान्छेहरूको छाया झुटो भएको र आफ्नो मूल हराएको, धुन हराएको, दु:ख सुनिदिने दैव पनि नभएको उनीहरूको गुनासो हुन्छ । अनि फेरि उनीहरू माथि जुनमा नै उडेर जाने कुरा गर्छन् । धर्ती छाडेर जाने कुरा गर्छन् ।

    हो, आज नवराज विक भाइ उडेर जुनमा गएका छन्, तर एक्लै । उनी आफ्नो प्रेमिकालाई धर्तीमै छाडेर बसाइ सरेर गएका छन् । उनको प्रेमिकासँग बसाइ सरेर जाने सपना आखिर सपना नै भएको छ । उनले जुनतर्फको यात्रा एक्लै गरेका छन् । शायद गाउँ छाडेर जाने अन्य दाजुभाइजस्तै आफ्नो मनको मायालु, मुटुको टुक्रालाई सँगै लिएर जाने उनको संकल्पमा यतिखेर पूर्णबिराम लागेको छ । हार्दिक बधाइ भन्न तयार परेका उनका साथीहरू एकाएक हार्दिक श्रद्धाञ्जली भन्न बाध्य छन्, बुहारी नानीको हातको तातोपानी पिउने आशा बोकेकी नवराजकी आमाको शरीर तातो आँसुमा डुबेको छ ।

    मुना मदनको प्रेम कथा लेखिएजस्तै अब नवराज विक र उच्च जातकी नानीको प्रेम कथा लेखिनुपर्छ । माया त आखिर माया हो । मुनाको होस् कि मदनको, नवराज विकको होस् कि ठकुरीको छोरीको । हो, माया त आखिर माया हो । माया मात्र हैन, रगत रातो हो । फेर्ने हावा अक्सिजन हो। मुटु उस्तै हो, आँखा उस्तै हो । सबथोक उस्तै हो । फरक यही हो, यो निर्दयी समाज अनि यही समाजले स्थापित गरेका कथित उचनिचका मान्यताहरू । आफ्नो प्रेमको जित र हारका लागि अझै कति जवानको बाजी थाप्नु पर्ने हो, किनकी यहाँ ज्यानकै बाजी थापेर पनि एउटा प्रेम हारेको छ । जुठो भएको छ ।

    प्रिय नवराज विक भाइ, तिमीले नेपाल प्रहरीको सिपाहीमा नाम निकालेका थियौ। तालिम गर्न बाँकी थियो। तिमीले पनि आफ्नो प्रेमिकासँग रमाउने सपना देखेका थियौ, तर धर्तीका मानिसहरूले तिमीहरूको प्रेमलीला रुचाएनन्, सहेनन्। मलाई २१औं शताब्दीको मान्छे हुँ भन्नलाई घृणा लाग्छ ।

    मलाई म बाँचेको यो समय, हाम्रो आन्दोलन, हाम्रो सबै-सबैसँग घृणा लाग्छ, अनि घृणा लाग्छ सचेत समाजको परिकल्पना अनि वकालतहरू सुन्दा ।यस्तो पनि हुन्छ, तिमीलाई र तिम्रो प्रेमलाई सम्झँदा डर लाग्छ, किनकी तिमी धर्तीमा पनि बस्न सकेनौ । आफ्नै प्रेमिकालाई दुलही बनाएर उडेरसँगै जुनमा पुग्न सकेनौ ।

    तिमीले पनि सोचेका थियौ होला एउटा सुन्दर संसारमा रमाउने प्रयास जसरी विष्टका छोराहरू रमाइरहेका थिए । तिमीले सोचेका थियौ होला यो समाजको निरन्तरतालाई क्रमभंग गर्ने र क्रान्तिकारीभएर बाँच्ने। तिमीले पनि सोचेका थियौ होला, चोखो प्रेमको निम्ती कसैसँग नडराउने, नझुक्ने । तर त्यस्तो हुन सकेन । जसरी तिम्रा बाउबाजेहरू झुक्दै आएका थिए । ती चोखा थिए तर जुठो हुँदै आएका थिए । जसरी तिम्रा बाउ बाजेहरूले अन्याय वा अत्याचार सहजै आएका थिए । त्यसरी नै तिमीले झुक्न किन जानेनौ ?

    यो समाजमा तिमीले छोएका हरेका कुराहरू जुठो हुन्थ्यो । तिमीले पानी छोए पानी जुठो हुन्थ्यो, तिमीले भगवानको मूर्ति भगवान जुठो हुन्थ्यो, तिमीले मान्छे छोए मान्छे नै जुठो हुन्थ्यो र छर्किनुपर्थ्यो बूढी बज्यैको फोहोरी नाकको सुनपानी । तिमीले त मान्छे नै छोयौ अनि कसरी चोखो हुन्छ तिम्रो प्रेम ? कसरी सर्वस्वीकार्य हुन्छ तिम्रो मुटुको हरेक धड्कनका आवाजहरू । यो विभेदकारी समाजमा तिम्रो चोखो प्रेम जुठो हुन्थ्यो नै । शायद तिमीले आफ्नो प्रेममा सुनपानी छर्किन सकेनौ कि ?

    गीत नै छ, ‘श्रम चल्छ, सीप चल्छ, पानी नचल्ने भो’ ।

    हिजो पँधेरीमा अरूको पानी छोइदिँदा मारियौ । हिजो दुर्गामाताको मन्दिर पस्न खोज्दा गाउँ निकालामा पर्‍यौ । हिजो स्कूलको कक्षामा झुक्किएर बिष्टका छोराको रोटी छुँदा तिम्रो कपाल चारपाटा मुडियो । हिजो बिहे घरमा मलखादमा बसेर खान नमान्दा आफ्नै मुखभरी कालोमोसो दल्न बाध्य भयौ र आज कसैलाई चोखो प्रेम गर्दा मारियौ । आखिर कहिलेसम्म चलिरहन्छ, यो विभेदको शृंखला ?

    प्रिय नवराज भाइ, आज यति नै भन्न सक्छु, तिमीलाई फूल बर्साउन नसकेर धूवाँ बर्साउने ती मान्छेहरूले पनि एकदिन चिहानघाटमा पुग्नै पर्छ । उनीहरूलाई कानूनले छाडेपनि, यो समाजले तिमीलाई नै दोष दिएर ती आक्रमणकारीहरूलाई सदा जस्तै सुनपानीले चोख्याए पनि एकदिन मैले नदेखेको भगवानले सजाय दिने नै छ । तिमी पुगेको जुनेली आकाशबाट पनि यी दुष्टहरूका लागि केही न केही प्रार्थना त गर्नु नै पर्छ ।हामी यही कामना गर्छौं तिम्रो चोखो प्रेम जसरी जुठो प्रेममा बदलिएको छ, यसको मूल्य इतिहासले चुकाउनुपर्ने नै छ ।

    आखिर किन यस्तो हुन्छ?

    धेरैलाई थाहा भएर पनि थाहा नभए जस्तो गरेको यो अन्यायपूर्ण आक्रमण आफ्नो प्रेमिकालाई दुलही बनाएर लिन जाँदा जाजरकोटको भेरी नगरपालिका– ४, रानागाउँका २० वर्षीय नवराज विक गाउँलेहरूको आक्रमणमा परेर मारिएका छन् । पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८, सोतीकी मल्ल थरकी १७ वर्षीया युवतीसँग उनको ३ वर्षदेखि प्रेम सम्बन्ध रहेछ । दलित समुदायका नवराज र ठकुरी समुदायकी ती युवतीको ‘जात’ नमिलेपनि उनीहरू विवाह बन्धनमा बाँधिन चाहन्थे, त्यसैले नवराज शनिवार राति आफ्ना साथीहरूलाई लिएर दुलही ल्याउन चौरजहारी गए ।

    काटे रगत सबैको रातो नै हुन्छ। जात एक व्यवस्था थियो, त्यो हट्यो । तर समाजबाट भने अझै पनि हट्न सकेन। नवराजले न घरमा दुलही ल्याए, न त आफू नै घर फर्किए । केटीतिरका मान्छेहरूको आक्रमणमा परेर उनको ज्यान गुम्यो । उनलाई साथ दिनका लागि सँगै गएका चौरजहारीका टीकाराम सुनार र रानागाउँका गणेश बुढा मगरको पनि मृत्यु भयो । अन्य ३ जना सन्दीप विक, लोकेन्द्र सुनार र गोविन्द शाही अहिले पनि बेपत्ता छन् ।

    विगतमा दलित समुदायका मानिसहरूलाई सार्वजनिक पार्टीपौवा, धारापँधेरा, मठमन्दिरलगायतका स्थानमा प्रवेश गर्न पाउँदैन थिए । प्रेमको त परै जावस्, अनेक प्रकारका आन्दोलनहरूले समाजमा केही परिवर्तन आयो कि भनिएको हो । केही कुराहरूमा परिवर्तन आयो, तर अझै पनि गाउँशहरमा दलितलाई डुम, अछुतजस्ता संज्ञा दिएर अपमान गर्ने लगायतका कुराहरू हुनाले पनि कथित उपल्लो जात भन्नेहरूको चरम विभेदमा पर्दै आएका छन् । त्यसैको उदाहरण हो यो घटना।

    यो भूमिमा दलितहरूको सबैकुरा चल्यो । उनीहरूको आँसु, पसिनाको मूल्य शायद नेपाली समाजले चुकाउन सक्दैन । मन्दिरमा खुकुरी चल्यो तर फूल चलेन । बिहेमा बाजागाजा चल्यो तर भोज चलेन । शरीरको लाज छोप्ने कपडा चल्यो तर घरभित्र पस्ने अनुमति चलेन। मायाप्रेम त झन् चल्दै चलेन। आखिर कहिलेसम्म उनीहरूको आँसु पसिनामाथि खेलबाड भइरहन्छ ? कहिलेसम्म भइरहन्छ, मानिसहरूमाथि मानिसहरूको विभेद ?

    नेपालमा जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन, २०६८ लागू गरिसकेको भएतापनि अझैपनि समाजबाट यस्तो प्रथाको अन्त्य हुन सकिरहेको देखिँदैन । उक्त ऐनको दफा ४ को उपदफा २, ३, ४, ५, ६ वा ७ बमोजिमको कसुर गर्ने व्यक्तिलाई एक महिनादेखि एक वर्षसम्म कैद वा पाँच सयदेखि ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । तर कसलाई फुर्सद छ नियम कानूनको पाना पल्टाउन । शासक वर्गहरू मानिसहरूमाथि यो वा त्यो बाहनामा विभेद थोपार्न बाध्य छन् ।

    जातीय विभेदलाई कानूनी अपराध मानेको भएपनि नेपाली समाजमा अझैसम्म जातीय छुवाछुत हट्न सकेको छैन । २०६३ जेष्ठ २१ छुवाछुतमुक्त राष्ट्र घोषणा र २०६८ मा जातीय भेदभाव तथा छुवाछुत कसूर र सजाए ऐन बनेको थियो । ऐन बनेको ८ वर्ष भइसक्दा पनि विभेदका घटनाहरू बढिरहेका छन् । छुवाछुतमुक्त राष्ट्र घोषणा कागजमा मात्र सीमित देखिन्छ ।

    कानून संशोधन हुन नसकेका कारण हरेक दिन विभेदका घटनाहरू बढिरहेका छन् । जातीय भेदभाव तथा छुवाछुत (कसूर र सजाय) ऐन, २०६८ को पहिलो संशोधन, २०७५ मा जातीय भेदभाव तथा छुवाछुत गर्नेलाई कसूरको अवस्थाअनुसार एक महिनादेखि ३ वर्षसम्म कैद र २० हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म जरिवानाका साथै दुई लाखसम्म क्षतिपूर्ति पीडितलाई भराइदिने व्यवस्था गरिएको छ । तर पँधेरो, स्कुल, मन्दिर, अस्पताल, सार्वजनिक सवारी साधन, मेला, समारोह इत्यादि स्थानमा दलित भएकै कारण अपमानित हुनुपर्ने विडम्बना छ ।

    समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने संकल्प गरिएपनि संविधानमा उल्लेख गरिएका व्यवस्थाको फितलो कार्यान्वयनका कारण दलित समुदाय न्युनतम मानवअधिकारबाट वञ्चित रहन बाध्य छन् । उनीहरू हत्या, बलात्कार, कुटपिट, दमन र अत्याचार, अन्तरजातीय विवाह विभेद आदिजस्ता हिंसाबाट निरन्तर पीडित रहँदै आएको देखिन्छ ।

    जातकै कारण गालीगलौजका भाषा, अपशब्द, सुन्नुपर्ने मात्रै होइन, दलितसँग बिहे, प्रेम गर्दा गाउँनिकाला हुनुपर्ने, यातना, हत्या, बहिष्कार सहन बाध्य पारिने स्थिति अन्त्य हुन सकेको छैन । बरु संविधानले सुनिश्चित गरेका कतिपय अधिकारमाथि समेत ऐन, कानून निर्माण गरिँदा कटौती गरिने र दलित समुदायमाथि थप मर्कामा पार्ने जालसाजी भएका हुन् ।यसैका कारण आज धर्ती बस्नलायक छैन र आज नवराज विकहरू बसाइ सरेर जुनमा जान बाध्य छन् ।-दिल निशानी मगर

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

    तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

    भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    समाचार

    भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

    तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

    भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑