काठमाडौँ । अमेरिकामा ४२ बर्षिय पतिको क्यान्सरबाट निधन भएपछि पत्निले दाहसंस्कारको लागि सहयोगको अपिल गरेकी छिन् । टेक्सस अर्भिङ्गकी सरस्वती ओलीले पतिको निधनसँगै गम्भिर रोग क्यान्सरसँग लड्दा लड्दै ठूलो रकम गुमाएसँगै दाहसंस्कारको लागि सहयोगको आह्वान गर्दै गो फन्ड मी मा उल्लेख गरेकी छिन ।
यो समाचार तयार पार्दासम्म १७ हजार २ सय डलर रकम संकलन भइसकेको छ । मृतककी पत्नि ओलीका अनुसार उनका पतिको ४२ वर्षको उमेरमा निधन भएको हो । उनले भावुक हुँदै भनिन् जम्मा ४२ बर्षको उमेरमा ११ वर्षीय छोरा र छोरीलाई छोडेर जानु भयो ।
पतिलाई क्यान्सर भएको पत्ता लागेदेखि हामीले निकै कठिन समय भोगेको र दुबै जना एक वर्षदेखि काम नगरेको समेत ओलीले बताएकी छिन । यो दुखद घडिमा आफ्ना स्वर्गिय पतिको अभावमा उनले दुई बच्चाहरुसंगै आफ्नो जीवन कसरी अगाडि बढाउन सक्छु भनेर सोच्न सकिरहेको छैन भन्दै भक्कानिइरहेकी छिन् ।
आँफुले पतिलाई बचाउन उनको उपचारमा सक्दो प्रयास गरेको उल्लेख गर्दै भावुक हुँदै भनिन् हाम्रो सबै समय र पैसा खर्च गरेर पनि उहाँलाई बचाउन सकेनौं। भक्कानिँदै ओलीले भनिन् मैले मानव जीवनको सत्यलाई स्वीकार गरेको छु, अब मेरा बच्चा र भविष्यप्रति चिन्तित छु । सहयोगका लागि यो लिंकमा क्लिक गर्नुहोस् ।
https://www.gofundme.com/f/help-and-support-needed-for-my-husbands-funeral?utm_campaign=p_cp+share-sheet&utm_content=undefined&utm_medium=copy_link_all&utm_source=customer&utm_term=undefined