करिब २ महिना अघि शंका”स्पद मृ”त्यु भएको भनिएकी तिलोत्तमा नगरपालिका जानकीनगरकी अमृता खत्री टण्डनको अ”न्त्येष्टि गर्न पाउनु पर्ने भन्दै माईती पक्ष र अधिकारकर्मी संस्था बिरुद्ध रिट दायर भएको छ।
गत चैत्र २९ गते राती लुम्विनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृ”त्यु भएकी अमृताको झण्डै दुई महिना हुदा पनि अन्ते’ष्टि हुन सकेको छैन्। अमृतको शव अहिले पनि लुम्विनी प्रादेशिक अस्पतालको श’व गृहमा राखिएको छ।
यता अमृताको घर पक्षले भने आफुहरुको ज्यु ज्यानको असुरक्षा भएको र आफ्नो परिवारको सदस्यको दुःखद मृ”त्यु हुँदा पनि कुलधर्म संस्कार अनुसार अन्तेष्टि गर्न अ”वरोध भएको भन्दै टण्डन परिवारले उच्च अदालत तुल्सीपुरको बुटवल ईजलासमा रिट दायर गरेका छन्।
टण्डन परिवारले ईलाका प्रहरी कार्यालय बुटवल, जिल्ला प्रहरी कार्यालय रुपन्देही, जिल्ला प्रशासन कार्यालय रुपन्देही मेचिमहाकाली बुहारी अभियान र अमृतको माईति पक्षलाई बिपक्षी बनाएर दायर गरेको रिटमा बिपक्षीहरुले मानवअधिकारको हनन गरेको, अ”न्तेष्टिमा अवरोध गरेको र आफ्नै घरमा बस्न समेत असुरक्षित भएको उल्लेख गरेका छन्।
माइती पक्षको माग बमोजिम घ”टनाको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान टोलीले गरेको र त्यसैका आधारमा जिल्ला अदालतबाट थुनछेक बहस समेत भई अदालतले आदेश गरी सकेको अवस्था भएकोले अन्तेष्टी गर्ने बिषयमा सघाउदा राम्रो हुन्थ्यो ईलाका प्रहरी कार्यालय बुटवलका निमित्त प्रमुख प्रहरी निरिक्षक सन्तोष घिमिरे बताए ।
जिल्ला अदालत रुपन्देहीले श्रीमान प्रेम टण्डनलाई पुर्पक्षको लागि थुनामा पठाएको भएपनि प्रमाण नपुगेको भन्दै मृतकका सासु दिपा टण्डन र ससुरा टहलसिंह टंण्डन दुवैलाई रि;;हागरेपछि माईति पक्षले अस;’न्तुष्टि जनाएका कारण अन्तेष्टी अझै अनिश्चित जस्तै भएको छ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ जानकीनगरकी २९ वर्षीया अमृता टण्डन (खत्री) को मृत्यु बारेमा आज पनि बिरोध प्रदर्शन भएको छ । अमृताको बुधबार राति शंकास्पद मृत्यु भएपछि उनका माईती पक्ष तथा आफन्तले परिवारबाटै हत्या भएको भन्दै कारबाहीको माग गरेका छन् । कारबाही माग गर्दै उनको घरअगाडि प्रदर्शनहुँदा सो क्षेत्र तनावग्रस्त बनेको छ । बिरोध प्रदर्शनमा सम्भावित दुर्घटना रोक्नका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ ।
अस्पताल पुर्याउँदा चिकित्सकले अमृताको पहिल्यै मृत्यु भइसकेको जानकारी गराएकाले उक्त घटना हत्या नै भएको अमृताका छिमेकी दाजु लक्ष्मण शर्माले दाबी गरे । ‘बुधबार करिब राति साढे ८ बजेसम्म अमृता माईतमै थिइन्, ज्वाईले तीन पटकसम्म फोन गरेर घर आउने भए आऊ नभए छोरालाई जे पनि हुनसक्छ भनेपछि घर गएकी थिइन् ।’–माइती पक्षले भने । बुधबार जानकीनगरमै माइती घरमा रहेकी अमृतालाई श्रीमान् प्रेम टण्डनले पटक पटक फोन गरेर घरमा बोलाएको एक घण्टा नबित्दै उनको मृत्यु भएको माइती पक्षको दाबी छ ।
अमृतालाई परिवारकै सदस्यले हत्या गरेर छिमेक र प्रहरी कसैलाई खबर नगरी विष सेवन गरेको बहाना बनाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्याएको माइती पक्षको आरोप छ घटनाको विवरण सुनाउँदै शर्माले भने ‘घर गएपछि साढे ९ बजे मलाई बचाऊ भनेर दाइलाई म्यासेज गरेकी रहिछ, दश नबज्दै मृत्यु भएको खबर आयो ।’ छोरीलाई घरमा सासु, ससुरा, श्रीमान्ले धेरै पहिलादेखि नै गालीगलौज र यातना दिंदै आएको अमृताकी आमा सावित्रा खत्रीले बताइन् । अमृताको सात वर्षअघि प्रेम विवाह भएको थियो ।
पटकपटक यातना पाएपछि गत भदौमा वडा कार्यालयमा निवेदन दिएपछि आइन्दा मिलेर बस्ने सहमति भएको थियो । मृतकका ५ वर्षीय छोरा छन् । मृतकका श्रीमान्, सासु र ससुरालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले बताए । घटनाको सत्यतथ्य छानविन गरी दोषिमाथि कडा कारबाहीको माग गर्दै माईती पक्षले ईलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका छन् ।