काठमाडौँ : फिल्मी दुनियाँमा नायक-नायिकाको अफेयर्स, ब्रेकअप अनि प्याचअपका चर्चाहरू सार्वजनिक हुनु नौलो हैन। नायिका पूजा शर्माको हकमा पनि यस्तै भयो। उनी फिल्मी क्षेत्रमा आएदेखि उनको नाम धेरैसँग जोडियो।निर्देशक सुदर्शन थापासँग नाम जोडियो। लामो समय यी दुवै प्रेमी-प्रेमिकाको रूपमा चिनिए। बिचमा दुवैको ब्रेकअपको हल्ला आयो। केही हप्ता अगाडि सुदर्शनले अर्कैसँग विवाह गरे। बिचमा उनको नाम अभिनेता आकाश श्रेष्ठसँग जोडियो। सार्वजनिक कार्यक्रमहरूमा मात्रै हैन हलमा फिल्म हेर्दा रियल रोएका दृश्यहरू पनि सार्वजनिक भए।
फिल्म ‘रामकहानी’ बाट यी दुवैको जोडी चर्चामा आएको थियो। यी दुवै आफ्ना सम्बन्धनमा खुलेका थिए। बिचमा यी दुवैको सम्बन्धमा ख’टपट आएको बजार हल्ला आइनै रहे। एक्कासि पूजा आफ्नो प्रेम सम्बन्धबारे प’छुताउँदै मिडियामा सार्वजनिक भइन् ।उनको मनमा प’छुतो नै प’छुतो थियो।
उनले पटक-पटक भनिरहिन्’ सक्ने भए म मेरो साढे तीन, चार वर्ष मे’टाउँथे।’ हिट नेपालसँगको कुराकानीमा उनी निकै भा’वुक बनिन्। उनले कसैको नाम लिइनन्। तर सम्बन्धनमा पाएका धो’काहरूबारे खुलेर कुरा गरिन्। उनको भनाई जस्ताको त्यस्तै :-मैले मेरो परिवारलाई ४ वर्ष लात हाने। मेरो अङ्कलले एक दिन प’छुताउने छौँ, त्यो बेला हामी हुने छैनौँ भन्नुभएको थियो। अहिले उहाँहरू म सँग हुनुहुन्न। परिवारभन्दा जोसँग जीवन जिउने हो त्यो ठुलो हो भन्ने लाग्ने रहेछ। तर हैन रहेछ। परिवार चाहिने रहेछ।
म एकोहोरो भएर लागेकी रहेछु। मैले गु’माएको मात्र रहेछु। अरूको प्रेम राम्रै होला। मेरो हकमा चैँ भोगेको कुरा यही हो। अहिले त मनै मरेको छ। मेरो आँसु म’रिसकेको छ। म अहिले खुसी छु। मैले सक्ने भए चार वर्षको समय म मेरो जीवनबाट मेटाउने थिए।
मेरो भावनासँग खेल्ने धेरै भेटे। मलाई नै पर्ने रहेछ। त्यसैले म अहिले जोसँग बसे पनि सतर्क हुन्छु। अब हत्तपत्त कसैलाई विश्वास गर्दिन। परिआएपछि सबै थाहा हुने रहेछ। फ्रेन्डसिप लामो हुन्छ भन्ने लाग्थ्यो। तर हैन रहेछ। जोसँग पनि सहज भइदिन्छु ।त्यसले मलाई गलत रूपमा लिए।म कसैको जिन्दगी बि’गार्दिन। कसैको लाइफ राम्रो भयो भने म खुसी हुन्छु। मेरो गुरुका अनुसार मेरो ग्रह नै जसलाई साथ दियो उसले प्रगति नै गर्छ रे। तर मेरै लागि चैँ घा’तक हुन्छ। मसँग जो देखिन्छ उ हिट हुन्छ अनि पछि ला’त हान्छ। आफू ज’लेर अरूलाई उज्यालो दिने हो।
मैले कसैलाई नराम्रो गरेको त छैन। भोलि आउने सहयात्रीले के गर्छ भन्ने त लाग्छ। मैले चो’ट खाइसकेको छु नि। चो’टले धेरै सिकाउने रहेछ। मेरो चार वर्ष खे’र गयो भन्ने लाग्छ। त्यो समयमा राम्रो काम गर्न सक्थे हुँला। साथीहरू गु’माए। परिवारका सदस्यहरू गु’माए।त्यही भएर म त्यही ठाउँमा पुगेर इमेज गर्न पाए हुन्थ्यो। त्यहीँबाट जीवन सुरु गर्न पाए हुन्थ्यो भन्ने लाग्छ। जीवनमा केटीले सबै सहन सक्छ। आफ्नो केटा अरूसँग गइरहेको छ भने सहन सक्दैन। आफ्नो मान्छे अरूसँग त्यही सम्बन्धमा छ भन्ने थाहा भयो भने सहन सक्दैन।
कुनै पनि केटीले सहन सक्दैन। म त भन्छु शरीर हेरेर प्रेम गर्दा धोका पाइदो रहेछ, मन सफा भएको माया गर्ने मान्छेसंग प्रेम गर्नुहोस कैले रुनुपर्दैन साधु खुसि मिल्च्झ ।