चर्चित लोक दोहोरी गायिका पुनम सुनारको मौलिक लोक दोहोरी गीत ‘ लाहुरे माया ‘ सार्बजनिक भएको छ। नेपाली मौलिकतालाई आत्मसाथ गर्दै बिगत एक दशकदेखि नेपाली लोक संगीतमा संघर्षरत गायीका सुनारको लाहुरेहरु प्रति समर्पित लोक दोहोरी गीत लाहुरे माया संगीतको डिजिटल बजारमा सार्वजनिक भएको हो।
प्रवासमा रहेर पनि नेपाली गीत संगीत तथा मौलिकतामा चासो दिदै विभिन्न दर्जनौ सफल गीत बजारमा पथाउन सफल गायक सुर्य खड्का ,गायिका सुनार र दिपेन थापाको आवाजमा रहेको गीत लाहुरे मायालाई चर्चित सर्जक कलाकार शिव अखेलीले शब्द तथा संगीत सिर्जना गरेको हुन्। यसो त गायक खड्का र अखेली बीच दर्जनौ गीतमा सहकार्य भएको छ। दरबार ,ढुङ्गे धारा ,चौतारी लगायत कैयौ सफल गीत दर्शक एवम स्रोता माझ निकै लोकप्रिय बनेका छन्।
गीत लाहुरे मायामा लोमश शर्मा,अस्मिता रनपाल, राज के सी ,करन खतिवडा, ममता राना मगर लगायतको अभिनय देख्न सकिन्छ। कुमार के सी को निर्देशन, मुकेश हुमगाईको छायांकन र अमृत चापागाईंको सम्पादन रहेको गीतको म्युजिक भिडियोलाई सुर्य खड्काको आफ्नै अफिसियल युट्युब च्यानलबाट संगीतको डिजिटल बजारमा सार्बजनिक गरिएको छ।
हेरौं गीतको भिडियो।।