बुटवल – चर्चित लोक तथा दोहारी गायक रामचन्द्र चन्दको नयाँ गीत घांटी रेट्नलाई सार्वजनिक भएको छ । आज्ञा क्रियसनको युट्युव च्यानल मार्फत म्युजिक भिडियो सार्वजनिक भएको हो । प्रकाश न्यौपानेले शब्द सिर्जना गरेको गीतमा नन्दु परियारको संगीत तथा रामचन्द्र चन्द र समीक्षा अधिकारीको स्वर रहेको छ । बिछोडिएको प्रेम सम्बधको प्रशंगमा तयार पारिएको गीतले पछिल्लो समयको समाजको वास्तविक चित्रण गरेको छ ।
प्रेमिकाले धोका दिएर अन्तै सम्बन्ध जोडेपछि बिक्षिप्त बनेका प्रेमीको मनोभावलाई गीतमा प्रस्तुत गरिएको छ । गीतमा प्रयोग भएका मार्मिक शब्द र भिडियोमा देखाइएको परिबेशले गीतलाई अझ जीवन्त बनाएको छ ।
जी बि चिरन ,यशु भट्टराई ,अन्जना दुलाल , तथा अन्य साथीहरुको अभिनय गरेका छन् । सिर्जन बरालले निर्देशन गरेको म्युजिक भिडियोको छायाङ्कन राम के सी ले गरेका छन् भने सम्पादन अमृत चापागाइले गरेका छन् । आज्ञा क्रियसनको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरिएको गीत घांटी रेट्नले दर्शक एवम स्रोताको मन जित्न सफल होस् बुटवल दैनिकको शुभ -कामना । ।
हेरौं म्युजिक भिडियो