गुल्मी, १० कार्तिक ।
गुल्मीको मदाने गाउँपालिकामा प्रथम मदाने कंकेदेउराली जनप्रिय पुर्कोटदह कृषि पर्यटन व्यापार सांस्कृतिक खेलकुद महोत्सव २०८० संचालन हुने भएको छ । महोत्सवको तयारीमा यतिबेला आयोजक जनप्रिय युवा क्लब लागि परिरहेको छ।
जनसेवाका लागि जनप्रिय युवा क्लब पुर्कोटदहको १७ औं वार्षिकोत्सबसँगै महोत्सवको आयोजना गरिएको छ । कार्तिक १६ देखि २५ सम्म संचालन हुने महोत्सव मदाने गाउँपालिका ६ पुर्कोटदह स्थित थामपोखरी खेल मैदान चामागाउँ मा संचालन हुने आयोजकले जनाएको छ ।
सामाजिक, साँस्कृतिक सम्पदा संरक्षण हाम्रो हात, युवा तथा देश विकास गतिशिलतामा हाम्रो साथ भन्ने नारा सहित जनप्रिय युवा क्लब आयोजनामा सो महोत्सव संचालन हुन लागेको हो । महोत्सवको संरक्षकमा मदाने गाउँकार्यपालिकाको कार्यालय, पुर्कोटदह र व्यवस्थापकमा एम.एम.बि.के.एस इनभेष्ट एन्ड बहुउद्देश्य प्रा. लि रहेको जनप्रिय युवा क्लबका अध्यक्ष दिपक जिसि जानकारी दिनुभएको छ । जसको मिडिया पार्टनर लुम्बिनी संचार नेटवर्क प्रालि द्वारा संचालित बुटवल दैनिक डट कम बुटवल ८ रुपन्देही रहेको छ।
चर्चित सर्वप्रिय गायक बम बहादुर कार्की, लोकप्रिय गायक बद्री पंगेनी, चर्चित गायक विष्णु खत्री, चर्चित गायक पशुपति शर्मा, चर्चित सर्वप्रिय प्रकाश सपूत, चर्चित सर्वप्रिय गायिका ज्योति मगर, गायिका प्रिति आले, गायक खेम सेन्चुरी, गायक बसन्त थापा, गायक पुस्कल शर्मा, गायिका शान्ति श्री परियार, चर्चित गायिका एलिना चौहान, गायक प्रकाश दुतराज, चर्चित नव गायिका सिमरन परियार, गायक टंक तिमिल्सिना, गायक रामचन्द्र चन्द,सुनिल थापा,श्याम राना,कुशल बेल्बासे, बिक्रमबावु विश्वकर्मा, अनिल खत्री, उदघोषक माधवजोन खत्री,बाल गायक सुप्रिम मल्ल ठकुरी, गायिका पुर्णकला बिसि, टीका सानू,अस्मिता डल्लाकोटी, डान्सर करिस्मा ढकाल, पुनम सेन, रेखा स्त्री लगायत दर्जनौं कलाकारको प्रस्तुति रहने छ।