• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १, सोमबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

      १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

      रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

      ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

      राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

      जय नेपाल पार्टीको दल दर्ता किन सर्‍यो ? राणा–प्रसाईंबीच शक्ति बाँडफाँटदेखि ‘साइत’सम्मका कारण

      कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

      पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणपछि तोडफोड, तीन जना पक्राउ

      संसदीय क्यालेन्डरबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम गायब

      एलपीजी ग्यास आपूर्तिमा समस्या आए तुरुन्त समाधान गरिने, नेपाल आयल निगमले गठन गर्‍यो क्विक रेस्पोन्स टिम

      थुनामा राख्ने आधार नदेखिएपछि दुर्गा प्रसाईं अदालतको आदेशबाट रिहा

      निर्मल पुर्जासहित दिवंगत आरोहीहरूको शव आज क्याम्प–१ ल्याइँदै

      सहकारी ठगी नियन्त्रणमा सरकारको नयाँ कदम, छुट्टै इजलास गठनको तयारी

      देवानगञ्ज घटनाका दुई मृतकको शव आफन्तलाई जिम्मा, आजै अन्त्येष्टि गरिने

      नारायणी अस्पतालमा चिकित्सकहरूको सामूहिक राजीनामा, स्वास्थ्य सेवा संकटमा

    in
    आज: २०८३ भाद्र १, सोमबार
    होमपेज /  अन्तरवार्ता

    छोरी मान्छेहरुलाई चान्स मार्न कसले खोज्दैन र ! तर, आफू सचेत हुनपर्छ-अञ्जली अधिकारी ।

  • बुटवल दैनिक
  • २०७७ आश्विन १७, शनिबार (५ साल अघि)
  • १५५४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ८ मिनेट
  • फाईल तस्विर

    काठमान्डौ-लोकदोहोरी क्षेत्रकी व्यस्त मोडल हुन्, अञ्जली अधिकारी । उनले करिब चार सय हाराहारी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । प्रकाश सपुतको ‘बोल माया’ गीतबाट उनी धेरै दर्शकमाझ छाइन् । पछि ‘प्रसाद’ फिल्मको ‘वनकी चरी’ गीतमा नाचेपछि उनको मोडलिङ उचाई थप बढ्यो । उनीसँग गरिएको अन्तरंग कुराकानी :

    फेसबुकमा पछ्याउनुहोस्

    तपाईंलाई त भ्याईनभ्याई छ है ?

    पहिलेजस्तो त होइन । पहिले त जस्तो पनि गरिन्थ्यो, अहिले त सेलेक्टेड भिडियो मात्रै गर्छु ।

    तपाईंले त एकैदिन तीन वटासम्म म्युजिक भिडियोको सुटिङ भ्याएको कुरा छ, हो ?

    पाँच वटासम्मै भ्याएको छु । त्यो त तीजको बेला हो ।

    कसरी सकिन्छ हौ त्यसरी काम गर्न ?

    बिहान ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म ननस्टप काम गरेपछि सकिहालिन्छ नि !

    हैट्, नसकिने रहेछ । ऊर्जा कहाँबाट आउँछ ?

    रेडुबल खाएर (हाँस्दै) ! ढाँटेको होइन, म अलि बढी नै खान्छु रेडबुल । अर्को कुरा, फेरि यो हाम्रो काम हो । परेको बेलामा गर्नु पनि पर्छ ।

    एकै दिन त्यत्रो भिडियोको सुटिङ भ्याउनुको पछाडि मूल कारण पैसा नै हुन्छ होला, हैन ?

    पैसा मात्रै पनि होइन । त्यो तीजको सिजनमा गरेको हो क्या ! अहिले त दिनमा एउटा काम पनि मुस्किलले हुन्छ ।

    झन प्रतिस्पर्धा उस्तै बढिरा’छ । आउने तीजमा पहिलेजस्तो नहोला । योभन्दा अघिल्लो वर्ष मैले महिनामा कम्तीमा पनि २५ वटा जति भिडियो त गरेकै हुन्थेँ । यो वर्ष अलि कम गर्ने सोचमा छु ।

    पैसाका लागि कति खेलियो अनि कलाका लागि कति ?

    सबैले काम गर्ने भनेको पहिला त पैसाकै लागि हो । त्यसपछि अरु कारण आउने हुन् । कतिपय सम्बन्धका कारण पनि गर्नुपर्ने बाध्यता हुन्छ, कतिपय काम मनदेखि मन परेरै पनि गरिएको हुन्छ । मूल कारण त पैसै हो नि !

    मोडलिङ तपाईंको सानैदेखिको रहर हो ?

    रहर नै हो । बच्चैमा कसैले ‘तँ ठूलो भएर के बन्छस्’ भन्दा ‘म हिरोनी बन्छु’ भन्थेँ । कस्तोसँग बिहे गर्छेस् भन्दा लाहुरेसँग गर्छु भन्थेँ । कहाँ बिहे गर्छेस् भन्दा पोखरा भन्थेँ (हाँस्दै) ।

    अहिले पनि रहर त्यस्तै हो ?

    अब अहिले त भाग्यले कहाँ लेखेको छ त्यतै हुन्छ होला नि (मुस्कुराउँदै) !

    अनि, हिरोइन बन्ने रहर त अझै पूरा भइसकेको छैन नि ! अफर नआएरै हो कि रहर हराएर ?

    अँ, ‘प्रसाद’ फिल्मको एउटा गीतमा नाचेँ तर फिल्ममा अभिनय नै गरिसकेकी छैन । तीन–चार वटा फिल्मबाट अफर आएकै हो । एउटा त चलेर हिट पनि भयो । ढिलोचाँडो हिरोइन त बन्ने नै हो (हाँस्दै) ।

    हालसालै दोहोरीकी व्यस्त मोडल करिश्मा ढकालले दोहोरीका मोडलहरु दोहोरी क्षेत्रबाटै हेलामा परेको अभिव्यक्ति राख्नुभयो ।

    फिल्मका हिरोइनहरुलाई लाखसम्म दिन पनि तयार हुने तर दोहोरीमै लागेका मोडललाई १०–१५ हजार दिन पनि कन्जुस्याइँ गर्ने उहाँको तर्क थियो ।

    तपाईं यसमा सहमत हो ?

    यो मेरो गुनासो होइन है ! कति पारिश्रमिक लिने, कसरी काम गर्ने त्यो कलाकारमा भर पर्ने कुरा हो । पहिले फिल्मका कलाकारले दोहोरी भनेपछि अर्कै किसिमले हेर्थे ।

    अहिले उहाँहरु आफैँ दोहोरीमा नाच्न आउनु त गर्वको कुरा हो नि ! किन आपत्ति मान्नु ? म यसमा ‘जेलियस’ छैन । निर्माताले आफ्नो रोजाइअनुसार पारिश्रमिक निर्धारण गर्ने हो । चित्त बुझ्यो भने खेल्ने नत्र नखेल्ने ।

    तपाईं दोहोरी क्षेत्रको डिमान्डिङ मोडल हो ?

    दोहोरी क्षेत्रमा जतिसम्म पच्छ, त्यति लिन्छु । आफ्नो स्ट्यान्डमा रहेर काम गर्छु ।

    कति लिनुहुन्छ, भन्न मिल्छ ?

    त्यो पछि खुलाउँला नि (हाँस्दै) ! हुन्न ?

    मिल्छ भने भन्दिनुस् भन्ने हो ?

    त्यही २० देखि २५ हजार लिइरहेकी हुन्छु । भिडियो र मेकर्स हेरेर पनि हुन्छ । मैले भनेँ नि, काम दुई किसिमको हुन्छ– एउटा धनको, अर्को मनको ।

    संघर्षका बेला त पैसा बिना पनि खेलियो होला ?

    पैसा बिना त होइन तर हजार, दुई हजारमा पनि खेलियो । त्यो पैसा पाउँदा पनि एकदमै खुशी लाग्थ्यो ।

    कसरी आइपुग्नुभयो मोडलिङ क्षेत्रमा ?

    मेरो घर बर्दिया हो । चार वर्षअघि बासगढी भन्ने ठाउँमा महोत्सव चलिरा’को थियो । महोत्सवमा काठमाडौंबाट शंकर बिसी, बद्री पँगेनी, पशुपति शर्मा लगायत कलाकार आउनुभएको थियो ।

    बद्री दाइले त्यहाँनेर दोहोरीमा प्रतिस्पर्धा नै घोषणा गर्नुभयो । उहाँले म यहाँ स्टेजमा गाउँछु र स्टेज तल मेरो गीतमा जसले सबैभन्दा राम्रो र जर्बजस्त नाच्न सक्छ, त्यसलाई पाँच सय रुपैयाँ पुरस्कार दिन्छु भन्नुभयो ।

    म पनि पूरा दिल खोलेर नाचेँ । पछि फस्ट पनि म नै भएँ । पाँच सय रुपैैयाँ पनि पाएँ । पुरस्कार थापेपछि मैले उहाँहरु सबैलाई मेरो कलाकारिता रुचिबारे सुनाएँ । त्यसपछि बद्री दाइले ‘हुन्छ, सुरुमा एउटा गीतमा चान्स दिन्छौँ ।

    त्यसमा तिमीले राम्रो गर्न सक्यौँ भने जमिहाल्छौँ नत्र फेरि घर फर्कने’ भन्नुभयो । त्यसको केही समयपछि बद्री दाइकै एउटा गीतमा काम गर्ने मौका पाएँ । त्यसमा राम्रो भयो । बिस्तारै अफर बढ्दै गयो । त्यसरी यहाँसम्म आइपुगे ।

    दर्शकमाझ तपाईं बढी नोटिस्ड भएको त प्रकाश सपुतको ‘बोल माया’ गीतबाटै हो नि, हैन र ?

    हो । ‘बोलमाया’ बाटै हो । त्यसपछि ‘वनकी चरी’ले पनि धेरै चिनाउन मद्दत ग¥यो । चिनाउन हेल्प गर्ने अरु पनि थुप्रै गीत छन्, जस्तै ‘पसिना आइराछ’, ‘बत्ती बाल्नै पर्दैन ।’

    फिल्ममा नाच्नका लागि कसरी अफर आयो ?

    निर्देशक शिव विक दाइको गीतको सुटिङ परेको थियो । उहाँले त्यतिबेला ‘वनकी चरी’ गीत सुनाएर, यो गीत कस्तो छ भनेर सोध्नुभयो । मैले राम्रो छ भनेपछि उहाँले ‘म तिम्रोलागि कुरा गर्दिन्छु’ भन्नुभएको थियो ।

    पछि मैले अभिनय गरेको ‘बोल माया’ गीत फिल्मको टिमलाई देखाउनुभएछ । मलाई त्यही गीतमा हेरेर लिने निर्णय गर्नुभयो ।

    भनेपछि ‘बोलमाया’ गीतकै कारण फिल्मको गीतमा नाच्न पाइयो ?

    अँ, त्यस्तै भयो ।

    मोडलिङ क्षेत्रमा लागेको यो चार वर्षलाई आफैँले समीक्षा गर्नुपर्दा कसरी गर्नुहुन्छ ?

    संघर्ष गर्नुपर्ने रहेछ । सबैले सहयोग गर्छन् भन्ने हुन्न । नयाँनयाँ मान्छेहरुसँग नयाँनयाँ ठाउँमा चिनजान हुन्छ । त्यहाँ कति जनाले प्रेम गर्नुहुन्छ, कति जनाले गर्नु हुन्न । त्यो पनि सहनुपर्छ ।

    एउटा छोरी मान्छे भएर इन्डस्ट्रीमा लागिसकेपछि विभिन्न खाले प्रश्नहरु उठ्छन्, त्यसलाई पनि सहनुपर्छ । जस्तो, मेरै गाउँघरमा पनि म दोहोरीमा नाच्न आइपुगेको पचेको थिएन । मेरै घरमा ममीलाई छरछिमेकले प्रश्न गर्थे । समाज त त्यस्तै हुनेरै’छ । ए छोरीलाई त्यहाँ पठाइस्, अब बिग्रिन्छे, अब भत्किन्छे, अब बर्बाद हुन्छे भन्दै टिप्पणी गरेछन् ।

    अरु त अरु मेरो ममीलाई ड्याडी र दाइलेसम्म टर्चर दिनुभयो त्यतिबेला । तर ममीको पूरा सहयोग थियो । बाबाको सपना त मलाई स्टार्फ नर्स बनाउने थियो तर हिरोनी बन्न भागेर काठमाडौं आइपुगेँ । उहाँ पनि रिसाउनुभएको थियो । जब मेरा भिडियोहरु रिलिज हुन थाले, त्यसपछि उहाँ पोजिटिभ हुन थाल्नुभयो । अहिले त ममीभन्दा बढी मेरो भिडियो बाबाले सेयर गर्नुहुन्छ ।

    बिहे गर्ने उमेर त भइसक्यो होला नि ?

    कहाँ हुनु ? ०५४ साल असोजकी त हुँ । बल्ल २२ वर्ष पुग्दैछु ।

    २२ मात्रै ?

    हेर्दामात्रै बूढी देखिने हो (हाँस्दै), मान्छे त सानै हो नि ! तर मान्छेहरुले मलाई दिदी नै भनेको मनपर्छ । रेस्पेक्ट गरेजस्तो लाग्छ क्या (हाँस्दै) !

    विश्वभर अहिले मीटू मुभमेन्ट चलिरहेको छ । हालै शुक्रवारसँग रंगमञ्चका कलाकारले त्यहाँ हुने यौन दुव्र्यवहारबारे खुलेर अनुभव सेयर गरे ।

    दोहोरी क्षेत्रमा पनि चान्स मार्न खोज्नेहरुको कमी छैन । त्यस्ता मान्छेहरुको सामना तपाईंले कत्तिको गर्नुप-यो ?

    सुरुमा आउँदाखेरी नै जग बलियो भएर होला मलाई कसैले हेप्न सकेन । सिनियर दाइहरु बद्री पंगेनी, पशुपति शर्मा, शंकर बिसीहरुको सपोर्ट थियो, त्यही भएर पनि कसैले केही गर्ने हिम्मत गरेन ।

    सायद म अर्कै माध्यमबाट आएको भए मलाई पनि त्यस्तो प्रयास हुन्थ्यो होला, नहुने होइन । छोरी मान्छेहरुलाई चान्स मार्न कसले खोज्दैन र, खोजिहाल्छ नि ! तर, आफू सचेत हुनपर्छ त्यस्तो कुरामा । एकपल्ट कार्यक्रममा जाँदाखेरी आयोजकका दाइहरुले बसेर वाइन खाऊ न, हुक्का तानौँ न, रुमसँग पु¥याइदिउँ ? जस्ता प्रस्ताव गर्न थाल्नुभएको थियो ।

    टचसम्म गर्न खोज्नुभएको थियो । त्यो बेलामा म अझै बच्चै थिएँ । उहाँको नियतमा समस्या देखेपछि तत्कालै शंकर दाइ (बिसी)लाई फोन लगाएर मलाई यस्तोयस्तो भनिरा’छ भनेर सुनाएँ ।

    शंकर दाइले फोन देऊ, म कुरा गर्छु भन्नुभयो । लास्टै झपार्दिनुभएछ । त्यसपछि चुप लाग्यो । त्यसैले म सधैँ भन्छु, सहेर बस्नुहुन्न । कि आफैँले प्रतिकार गर्नुपर्छ, आफैँ सकिँदैन भने सिनियर दाइहरुलाई तत्कालै सुनाएर भए पनि एक्सन लिनुपर्छ ।

    शक्ति र सत्तामै हुनेहरुबाट नै धेरै दुव्र्यव्यहार हुने गरेको पाइन्छ । सिनियरहरुबाटै तपाईंलाई कहिल्यै समस्या भएन ?

    मलाई त्यस्तो भएन । किनभने मैले ती सिनियरहरु सबैलाई आफ्नो अभिभावक बनाएँ ।

    पछिल्लो समय दोहोरी गीत एकदमै फोहोरी भएको देखिन्छ । सहमत हुनुहुन्छ ?

    केही समयअघिसम्म व्यापक थियो तर अहिले सुधार भएको छ ।

    द्विअर्थी र भद्दा शब्दले भरिएका त्यस्ता गीतहरुमा एक समय तपाईंले पनि खुब नाच्नुभयो । अप्ठेरो लागेन ?

    अधिकांश गीत त्यस्तै निस्किन्थे । भ्यूज पनि त्यस्तैका बढी आउँथे । घरमा आर्थिक अवस्था एकदमै कमजोर थियो । त्यसैले नाच्न पथ्र्यो, नाचियो । तैपनि अप्ठेरो त लाग्थ्यो ।

    घरमा ममी, ड्याडीदेखि दाजुभाइ सबले हेर्थे, अप्ठेरो त भइहाल्छ नि ! तैपनि त्यो बाध्यता थियो । अहिले सम्झिदा त्यस्तो नगरेको भए हुन्थ्यो भन्ने लाग्छ ।

    तीन वर्षअघि एउटा इन्टरभ्यूमा तपाईंले मोडलिङमा आउनुअघि ब्वाइफ्रेन्डसँग ब्रेकअप भएको बताउनुभएको रहेछ । अहिले त नयाँ बनाइसक्नुभयो होला ?

    थ्याङ्क गड, त्यतिबेला ब्वाइफ्रेन्डले ब्रेकअप दियो र त म अहिले यहाँसम्म आइपुगेँ । ब्वाइफ्रेन्डलाई बोकेर हिँडेको भए त कहाँ पुग्थे कहाँ ! यो क्षेत्रमा आइपुग्न त रत्तिभर सपोर्ट थिएन । कि इन्डस्ट्री कि मलाई रोज रे ! मैले इन्डस्ट्री रोजेँ ।

    अहिले को छ नि ब्वाइफ्रेन्ड ?

    छैन हौ (हाँस्दै) ।

    अनुहारले प्रस्टै भनिराछ, ढाँट्नुभयो ?

    मैले अहिले मेरो ब्वाइफ्रेन्ड छ भनेँ भने भोलि उसले मलाई छोड्यो भने (हाँस्दै) ? त्यसैले छैन क्या !

    अघि लाहुरे बिहे गर्ने रहर सुनाउँदै हुनुहुन्थ्यो । पक्कै लाहुरे नै होला ?

    यत्रो संकेत गरेपछि त बुझ्नुपर्ने हो । ब्रिटिस आर्मी हो । अहिलेलाई त्यति बुझ्नुस् ।

    यो मनोरञ्जन क्षेत्रको के कुराले चित्त दुख्छ ?
    अस्ति एउटा अवार्डमा कपाललाई कर्ली बनाएर गएकी थिएँ । अंग प्रदर्शन गरेको थिइनँ तर कपाललाई लिएर हेर्न नहुने, पढ्नै नसकिने कमेन्ट्स आएको थियो ।

    लङ ड्रेस लाएकी थिएँ तर कपाल त्यस्तो गरेको भन्दैमा त्यसरी गाली गर्नुभयो कि घरबाट ममी ड्याडीसम्मको फोन आयो । मान्छेहरुले मुखै छाडेर गाली गरेका थिए । लास्टै चित्त दुखेको थियो त्यो बेलामा ।

    अर्चना पनेरुदेखि दुनियाँको पोर्न मुभी हेर्न हुने, मेरो कर्ली कपाल हेर्न नहुने ? कहाँको नियम हो त्यो ? मलाई त्यत्तिकै चित्त दुखेको होइन क्या ! ममीले रुँदै फोन गर्नुभयो, यो काम नै छोड्दे भनेर । अनि चित्त दुख्दैन त, आफैँ भन्नुस् न ।-साभार

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    अन्तरवार्ता सम्बन्धि थप

    आत्मबल लिएर अगाडी बढौं। समाजिकदुरी कायम गरौँ

    कोरोना नियन्त्रणमा मालारानी गाउँपालिका : अध्यक्ष बालकृष्ण आचार्यसँगको अन्तर्वार्ता

    कोरोना नियन्त्रणमा अब्बल इस्मा गाउँपालिका : उपाध्यक्ष बिमला खत्रीसँगको अन्तर्वाता

    समाचार

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑