• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १, सोमबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

      १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

      रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

      ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

      राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

      जय नेपाल पार्टीको दल दर्ता किन सर्‍यो ? राणा–प्रसाईंबीच शक्ति बाँडफाँटदेखि ‘साइत’सम्मका कारण

      कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

      पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणपछि तोडफोड, तीन जना पक्राउ

      संसदीय क्यालेन्डरबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम गायब

      एलपीजी ग्यास आपूर्तिमा समस्या आए तुरुन्त समाधान गरिने, नेपाल आयल निगमले गठन गर्‍यो क्विक रेस्पोन्स टिम

      थुनामा राख्ने आधार नदेखिएपछि दुर्गा प्रसाईं अदालतको आदेशबाट रिहा

      निर्मल पुर्जासहित दिवंगत आरोहीहरूको शव आज क्याम्प–१ ल्याइँदै

      सहकारी ठगी नियन्त्रणमा सरकारको नयाँ कदम, छुट्टै इजलास गठनको तयारी

      देवानगञ्ज घटनाका दुई मृतकको शव आफन्तलाई जिम्मा, आजै अन्त्येष्टि गरिने

      नारायणी अस्पतालमा चिकित्सकहरूको सामूहिक राजीनामा, स्वास्थ्य सेवा संकटमा

    in
    आज: २०८३ भाद्र १, सोमबार
    होमपेज /  अन्तरवार्ता

    कोरोना नियन्त्रणमा मालारानी गाउँपालिका : अध्यक्ष बालकृष्ण आचार्यसँगको अन्तर्वार्ता

  • विवश विष्ट
  • २०७७ बैशाख २७, शनिबार (६ साल अघि)
  • १६०८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ६ मिनेट
  • फाईल तस्विर

    विश्वव्यापी संकटका रुपमा फैलिरहेको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि मालारानी गाउँपालिका, अर्घाखाँचीले केकस्ता कामहरु गर्दै आएको छ त ? कोभिड नियन्त्रणका लागि अहिलेसम्म गरेका थुप्रै कामकारबाही बारे मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यसँग पत्रकार विवश विष्टले गरेको कुराकानी :

    फेसबुकमा पछ्याउनुहोस्

    ••विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि तपाईंको गाउँपालिकाले के कस्ता कार्य गरिरहेको छ ? अनि ती कार्यहरू कतिको प्रभावकारी बन्न सकेका छन ?
    >> कोरोना भाइरस नियन्त्रणका लागि मालारानी गाउँपालिकाले सुरुवात देखि नै थुप्रै काम गर्दै आएको छ । विशेष गरि यसको रोकथामका लागि सचेतनाका कार्यक्रम गर्दै आयो । त्यससँगै क्वारेन्टाइन शैयाहरु बनाएर व्यवस्थापन गरिरहेको छ । विभिन्न ठाउँमा हेल्प डेस्क बनाएर काम गरिरहेका छौँ । विभिन्न बोडरबोडर( नाकाहरु ) मा हेल्प डेस्क निर्माण गरिएको छ । बिशेष गरि हाम्रो गाउपालिकाले अर्घाखाँचीका ६ वटै स्थानीय तहमध्ये पहिलोपटक किटनाशक अौषधी ठाउँठाउँमा छर्दै आएका छौँ । जसमध्ये सार्वजनिक सौचालय, विद्यालय, स्वास्थ्य चौकी,बजारका नालीहरुमा छरेका छौँ । यसको व्यवस्थापनका लागि विभिन्न समिति बनाइ काम गरिरहेका छौ। विभिन्न टिम खटिरहेको छ।

    ••तपाईंको गाउँपालिकामा थुप्रै स्वास्थ्य संघसंस्था रहेका छन, ती स्वास्थ्य संघसंस्था लगायत अन्य क्षेत्रमा कति स्वास्थ्यकर्मी परिचालित छन् ? अनि स्वास्थ्य सामाग्रीको अवस्था कस्तो छ ?
    >> हजुर, हाम्रो मालारानी गाउँपालिकामा अहिले एमबिबिएस डक्टर हुनुहुन्न, छैठौं तहका कर्मचारीहरु हुनुहुन्छ। स्वास्थ्य संस्थासँग आबद्ध सबै कर्मचारी खटिनु भएको छ । स्वास्थ्य संस्था बाट उपलब्ध हुने सेवासुविधालाई थप अगाडि बढाउदै स्वास्थ्य चेकजाँच गरिदै आइएको छ। सम्पुर्ण स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सेवमसेवक लगाउतका व्यक्तिहरु परिचालित हुनुहुन्छ। पिपिई, सेनिटाइजर, मास्कहरु लगायतका अन्य स्वास्थ्य सामाग्री प्रशस्त मात्रामा व्यवस्था गरेका छौँ ।

    ••लकडाउनका कारण सबैभन्दा बढी मारमा परेका श्रमिकवर्ग, ज्यालादारी हुन । उनीहरुको बारेमा के गर्नु भएको छ ? राहतका कार्यक्रमहरु कसरी अगाडि बढाउनु भएको छ ?
    >> यो मालारानी गाउँपालिका एउटा विकट एरिया पनि हो । यहाँ ज्याला मजदुर गरि जीवन निर्वाह गर्नेको चाप अलिक बढी भएको हुदा सबैलाई चित्तबुझ्दो तरिकाले राहात वितरण गरेका छौँ । तथ्याङ्क संकलन गरेर पहिलो चरणमा ११ सय घरपरिवारलाई राहत दिइएको हो । राहातमा एकरुपता ल्याउन प्रतिघरपरिवार ३० केजी चामल,२ लिटर तेल, १ केजी दाल,१ केजी नुन र कोरोना नियन्त्रणमा ध्यान दिन साबुनपानीले हात धुनुपर्छ भन्ने शन्देशसँगै साबुन पनि वितरण गरिएको छ ।

    ••नेपाल सरकारले लकडाउन घोषणा गरेको पनि महिनौ भइसकेको छ, लकडाउन लम्बिदै गइरहेको अवस्थामा यहाँ लकडाउन कार्यान्नयनको अवस्था कस्तो छ ? सीमानाकाको निगरानी कस्तो छ ?
    >> लकडाउन कार्यान्वयनमा कुनै कमी छैन यद्यपि यस गाउपालिकाका नागरिक जो भारत काम गर्दै आउनुभएको थियो उहाँहरुको धेरै गुनासो आएको छ, हामीलाई उद्दार गर्नुपर्य‍ो,अब विदेशी भुमिमा कहिल्यै नआउने जस्ता कुराकानी गर्दै रुवाबासि भएको हुदा म सुनौली नाकामा गएरै यहाँका नागरिकलाई उद्दार गरेको छु। यसो गरिरहदा लकडाउन खुकुलो भयो कि जस्तो लागेको हुदा अब चाहिँ तपाईहरु बैधानिक तरिकाले आउन मिल्ने भए आउनुस होइन भने जहाँ हुनुहुन्छ त्यहि सुरक्षित साथ बस्नुस भनेर आग्रह गरेका छौँ । यसबाहेक गाउँपालिका भित्र लकडाउन कार्यान्वयन भएकै छ । गाउपालिकाका सिमानाकाहरुमा त हेल्प डेस्क बनाइएको छ । त्यहाँ सुरक्षाकर्मी,स्वास्थ्यकर्मी खटिनुभाछ,जे होस राम्रै छ अहिलेसम्मको अवस्था ।

    ••लकडाउन पश्चात् तपाईंको गाउँपालिकामा कति नागरिक आए ? तिनीहरु अहिले कहाँ छन ? उनिहरुको अवस्था कस्तो छ? कति क्वारेन्टाइन बेड निर्माण गर्नु भएको छ ?
    >> लकडाउन अगाडि र लगडाउन पश्चात् गरि भारत र विदेश दुवै,कतार लगायतका देशबाट आउनेको संख्या लगभग ४ सय जति रहेको छ। लकडाउन पहिले आउनुभएका जुन सुरक्षित हुनुहुन्छ उहाँ हरुलाई सुरक्षित साथ होम क्वारेन्टाइनमा अनि अन्यलाई कार्यलयको क्वारेन्टाइनमा राखिएको अवस्था थियो । अहिले हाम्रो गाउँपालिकामा १ सय ४४ क्षमताको क्वारेन्टाइन बेड छन जसमा ९३ जना क्वारेन्टाइन राखिएको थियो । ३२ जना लाई घर पठाइसकेको हुदा अहिले ६१ जना अझै बाकी हुनुहुन्छ । बाकि क्वारेन्टाइन खाली छन। क्वारेन्टाइनबाट निकालेर घर पठाउदा आरडिटी तरिकाबाट स्वास्थ्य चेकजाँच गरि पठाईएको हो। अब भोलीबाट भने क्वारेन्टाइनबाट घर पठाउदा आरडीटी सँगै पिसिआर तरिकाबाट स्वास्थ्य चेकजाँच गरिदै छ । त्यसको लागि आवश्यक पर्ने किटको उपलब्ध अहिले नभए पनि बाहिरबाट ल्याउने कुरा छ, कीट लिएर सबैलाई समय पुगेसँगै दुव‌ै तरिकाबाट स्वास्थ्य चेकजाँच गरि घर पठाइने छ।

    ••क्वारेन्टाइन बेड क्वारेन्टाइन जस्तो भएन भन्ने गुनासो छ ? तपाईंको गाउँपालिकामा कस्तो छ ? अनि क्वारेन्टाइनमा बस्ने हरुलाई खान बस्न अनि स्वास्थ्य चेकजाँचको अवस्था कस्तो छ ?
    >> सकेसम्मको व्यवस्थापन गर्दै क्वारेन्टाइन बनाएर सञ्चालन गरेका छौँ । खानबस्नको व्यवस्था राम्रो छ । १० जनाको स्वंमसेवक खाना बनाउने देखि लिएर अन्य कुराहरुमा व्यवस्थापनका लागि खटाएका छौँ । अघिपनि भनिसके स्वास्थ्य चेकजाँचको बारे, स्वास्थ्य चेकजाँचका लागि २ जना स्वास्थ्यकर्मी परिचालित हुनुहुन्छ ,बेलाबेलामा राम्रो चेकजाँच हुन्छ अनि निस्कने बेलामा पनि आरडिटि सँगै पिसिआर तरिकाबाट स्वास्थ चेकजाँच गर्नेछौं । यतिमात्र नभएर वडा नं ३ का वडाध्यक्ष सोभाखर खनालसोभाखर खनालको संयोजकत्वमा ५ समिति मेरै रोहबरमा गठन गरि उहाँहरुले राम्रो प्रवन्ध मिलाउनु भएको छ। यसका साथै क्वारेन्टाइनमा बस्न गार्‍हो नहोस भन्दै विभिन्न सिपमुलक तालिम सिकाउने व्यवस्था मिलाएको छौँ । क्वारेन्टाइनमा बस्ने नागरिकका लाई विभिन्न स्वरोजगारमुलक कृषि ,आयुर्वेद लगायतका तालिम सिकाउदै अब कुनै हालतमा विदेश नजाने,यहि देशमै गाउँमै केही गर्ने जस्ता कुराहरु उहाँहरुले गर्नुभएको छ । यो सकारात्मक पाटोको बिषय हो ।

    ••लकडाउनका कारण तपाईंका गाउँपालिकाका नागरिकहरु, श्रमिकहरु अलपत्र परेका छन ? केही श्रमिकहरुलाई विभिन्न स्थानीय तहले उद्दार गरेको समाचार हामीले नै सम्प्रेषण गरेका छौँ । यस बारेमा तपाईंको गाउँपालिकाले के गरुको छ ?
    >> हाम्रा नागरिकहरु त्यसरी अलपत्र, बिचल्ली परेको अवस्था भेटिएको छ । हाम्रो गाउपालिकाका नागरिक जो भारत काम गर्दै आउनुभएकाहरुको धेरै गुनासो आएको छ, हामीलाई उद्दार गर्नपर्य‍ो,अब विदेशी भुमिमा कहिल्यै नआउने जस्ता कुराकानी गर्दै रुवाबासि भएको हुदा म सुनौली नाकामा गएर पनि यहाँका नागरिकलाई उद्दार गरेको कुरा पनि बताइसके । यसका साथै अन्य नागरिकलाई पनि सहयोग गरिरहेका छौँ ।

    •• लकडाउनको अवसर पारि कालोबजारी मौलाइरहेका जनगुनासो पनि आइरहन्छ यतातिर के छ अवस्था ?
    >> हामीकहाँ केही पनि हुन दिएकै छैनौं किनभने हामीले जुन राहात सामाग्री खरिद गर्दा नै सबै व्यापारीहरुबाट दररेट लिएका छौँ । अबको असार मसान्तसम्म यो दररेट भन्दा बढाउन पाउनुहुन्न भनेका छौँ, यदि तेस्तो पाइएमा हामी कारबाही गर्ने छौँ अथवा माथिबाटै त्यस्तै मङ्गेर आयो देशको अवस्था त्यस्तै भयो भने त्यसको मुल्यांकन पनि गर्नेछौं ।

    ••कोरोना नियन्त्रणको यो महान अभियानमा तपाईंहरु जुटिरहनुभएको छ।जसको लागि आफ्ना सबै संयन्त्र प्रयोग गरी लागि रहनु भएको छ होला ? यहाँ सम्मको यात्रामा कस्ता-कस्ता चुनौतीहरु खेप्ननु भयो त ?
    >> चुनौती त अब भोग्न पर्छ , जनताको सेवामा लागेका छौँ । जनसेवाका लागि ती चुनौती भोग्नु सामान्य नै हो । जनताको धेरै फोन आइरहन्छन् यसो गर्न पर्यो उसो गर्न पर्यो जस्ता सल्लाह सुझाव आइनैरहनछन् तर मैले कसैका फोन रिसिभ नगरि बस्ने गर्दैन। सबैको गुनासोलाई सम्बोधन गरिरहेको छु।

    ••कोरोनाका कारण त्रसित बनेका आम मालारानी गाउँपालिका बासीको मनोबल उच्च बनाउनको लागि तपाईंको सन्देश केछ ?
    >> मालारानी गाउँपालिकाबासि सँगै सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ, दिदिबहिनी तथा आम नागरिकहरुलाई कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट जोगिन अनुरोध गर्दछु। नेपाल सरकारले जारी गरेका सुचनालाई पुर्ण पालना गर्नुहोला। लकडाउन कार्यान्वयनमा सहयोग गर्नुहोस किनभने यो तपाईं आफ्नो सुरक्षाको लागि गरिएको सुरक्षाको उपाय हो। यो विषम परिस्थितिमा आफू पनि बाचौ अरुलाई पनि बचाअौ, सकिन्छ भने दीनदुखिलाई राहातस्वरुप सहयोग गरौँ । आत्मबल लिएर अगाडी बढौं। साथै अहिलेको समयको लागि समाजिक दुरि कायम गर्न अनुरोध गर्दछु।

    ••हस, समय, संवाद र जानकारीको लागि धन्यवाद, अध्यक्ष ज्यु,
    >> हजुरलाई पनि धन्यवाद,हजुरको मिडियाबाट मालारानी गाउपालिकाले गरिरहेका कोरोना नियन्त्रण र प्रयासबारे आम रुपमा जानकारी दिने उदेश्यले यो अवसर दिनुभएकोमा अाभारी छु ।

    • #कोरोना नियन्त्रणमा
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    अन्तरवार्ता सम्बन्धि थप

    छोरी मान्छेहरुलाई चान्स मार्न कसले खोज्दैन र ! तर, आफू सचेत हुनपर्छ-अञ्जली अधिकारी ।

    आत्मबल लिएर अगाडी बढौं। समाजिकदुरी कायम गरौँ

    कोरोना नियन्त्रणमा अब्बल इस्मा गाउँपालिका : उपाध्यक्ष बिमला खत्रीसँगको अन्तर्वाता

    समाचार

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑