• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १०, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ आश्विन १०, शनिबार
    होमपेज /  अन्तरवार्ता

    कोरोना नियन्त्रणमा अब्बल इस्मा गाउँपालिका : उपाध्यक्ष बिमला खत्रीसँगको अन्तर्वाता

  • विवश विष्ट
  • २०७७ बैशाख १९, शुक्रबार (६ साल अघि)
  • १८०४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ७ मिनेट
  • फाईल तस्विर

    विश्वव्यापी संकटका रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि इस्मा गाउपालिकाले केकस्ता कामहरु गर्दै आएको छ त? अहिलेसम्म गरेका थुप्रै कामकारबाहीलाइ बारे इस्मा गाउँपालिका उपाध्यक्ष बिमला खत्री सँग बुटवल दैनिकका पत्रकार विवश विष्टले गरेको कुराकानी :

    फेसबुकमा पछ्याउनुहोस्

    ••विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि तपाईंको गाउँपालिकाले के कस्ता कार्य गरिरहेको छ ? अनि ती कार्यहरू कतिको प्रभावकारी बन्न सकेका छन ?
    >> कोरोना भाइरस नियन्त्रणका लागि इस्मा गाउँपालिकाले सुरुवात देखि नै थुप्रै काम गर्दै आएको छ। यसको व्यवस्थापनका लागि विचिन्न समिति बनाइ काम गरिरहेका छौ। विभिन्न टिम खटिरहेको छ। जसमा मोबाइल समितिको टिम छ जसले यश गाउँपालिका भन्दा बाहिरबाट बुटवल,काठमाडौ लगायत भारत लगायत विदेशबाट जो कोही आएर यस गाउँपालिकामा बसिरहेको थाहा पाउन सकिन्छ त्यसपछि उनिहरुलाई सिधै गएर क्वारेन्टाइनमा राखेका छौँ । यसलाई कडाइका साथ अगाडि बढाइरहेका छौँ । यस अलवा सुरुवात देखि नै विभिन्न जनचेतनामुलक कार्यक्रम गर्दै जनतालाई सचेत बनाईरहेका छौं ।

    ••तपाईंको गाउपालिकामा थुप्रै स्वास्थ्य संघसंस्था रहेका छन, ती स्वास्थ्य संघसंस्था लगायत अन्य क्षेत्रमा कति स्वास्थ्यकर्मी परिचालित छन् ? अनि स्वास्थ्य सामाग्रीको अवस्था कस्तो छ ?
    >> हजुर, हाम्रो गाउँपालिकामा थुप्रै स्वास्थ्य संस्थाहरु रहेका छन। त्यहाँ काम गर्ने स्वास्थ्यकर्मी सबै खटिरहनु भएको छ । विभिन्न स्वमसेवक बनाइएको छ उहाँहरु खटिरहनु भएको छ, साथै महिला स्वास्थ्य स्वमसविकाहरु पनि खटेर काम गरिरहेको अवस्था छ । स्वास्थ्य सामाग्रीहरुमा कुनै पनि अभाव छैन, हाम्रो गाउपालिकामा स्वास्थ्य सामाग्री पर्याप्त मात्रामा उपलब्ध छन। माननीय मन्त्री ज्युहरुले पठाइदिनूभएको हुदा यहाँ थरमल गन, पिपिई, मास्कहरु, अौषधीहरु पर्याप्त मात्रामा छन । स्वास्थ्यकर्मीहरुलाई मोबाइल टिममा जोडिएको हुदा सहजै रुपमा माम गरिरहेको हामीले पाएका छौँ । इस्मा गाउँपालिका प्रवेश गर्ने छल्दीपनाहमा हेल्प डेस्क बनाएर त्यहाँ सुरक्षाकर्मी, स्वास्थ्यकर्मी परिचालन गरेका छौँ । इस्मा गाउपालिकाका विभिन्न चोकचोकमा स्वमसेवक पनि परिचालन गरिरहेको अवस्था छ।

    •• यो विपतको समयमा गाउँपालिकाले राहत संकलन तथा वितरण जस्ता कार्य गर्दै आएको होला ? कसरी अगाडि बढ्नु भएको छ ?
    >> गुल्मीकै १२ स्थानीय निकायमध्ये सबैभन्दा बढी राहात संकलन गर्न सफल भएका छौं । इस्मा गाउँपालिकाले लगभग सवा करोडको राहत संकलन गरेको छ। हामीले विपत व्यवस्थापनको खाता बनाएका छौँ । सोहि खातामा जनप्रतिनिधिको १ महिनाको सेवा सुविधा संकलन गर्ने निर्णय गरिएको छ । विभिन्न कर्मचारी,विभिन्न संघसंस्थाहरुले आर्थिक संकलन गर्ने कार्य जारी छ। जिल्ला विपत व्यवस्थापनलको अनुरोधलाई कार्यान्वयन गर्दै आएका छौँ ।

    ••लकडाउनका कारण सबैभन्दा बढी मारमा परेका श्रमिकवर्ग हुन । उनीहरुको बारेमा के गर्नु भएको छ ? राहतका कार्यक्रमहरु कसरी अगाडि बढाउनु भएको छ ?
    >>एकदम, हामीले गरिब तथा श्रमिकबर्गहरुलाई पहिलो चरणको राहात वितरण कार्य गरिसकेका छौँ । दैनिक ज्याला मजदुर गरेर खाने १,२४८ घरपरिवारलाई राहत वितरण गरिसकेका छौ। जसमा लाभान्वित संख्या ५,५०१ जना रहेका छन। यससँगै छुट्नै नपर्ने ज्यालादारी मजदुर छुटेको हुदा उहाँहरुलाई लक्ष्यित गर्दै दोस्रो चरणको राहात सामाग्री वितरण गर्ने सल्लाह गर्दै छौँ । कार्यपालिकाको बैठक बसि दोस्रो चरणका राहात सामाग्री निष्पक्ष तरिकाले मजदुर गरिबलाई दिने छौँ । अनि इस्माका नागरिक जो बुटवल काठमाडौ बस्दै आउनुभएको छ उहाँहरुलाई पनि राहात सामाग्री दिने सल्लाह गर्दै छौँ यस अलवा त्यहाँ रहेका इस्माली समाज काठमाडौ, बुटवलजस्ता संघसंस्थाहरुले राहात वितरण गर्दै आउनुभएको छ यसरी यो विपतको समयमा सबैको साथ पाइरहेका छौँ ।

    ••नेपाल सरकारले लकडाउन घोषणा गरेको पनि महिनौ भइसकेको छ, लकडाउन लम्बिदै गइरहेको अवस्थामा यहाँ लकडाउन कार्यान्नयनको अवस्था कस्तो छ ? सीमानाकाको निगरानी कस्तो छ ?
    >> नेपाल सरकारले घोषणा गरेको लकडाउनलाई पुर्ण समर्थन गर्दै कार्यान्वयन गरिरहेका छौँ । यसका लागि सुरक्षाकर्मी खटिरहेको अवस्था छ । सिमानाकामा पनि पुर्ण निगरानी बढाइएको छ। विभिन्न ठाउँबाट भागेर आउने हरुलाई सिधै क्वारेन्टाइनमा राखिन्छ । काठमाडौं, बुटवलबाट आउने हरुका लागि पनि हामीले बनाएको सिस्टम अनुसार अगाडि बढिएको छ। कार्यालयको क्वारेन्टाइन र होम क्वारेन्टाइनमा राखिको अवस्था छ। सिमानाकामा हेल्प डेस्क बनाएर पनि निगरानी बढाइएको अवस्था छ।

    ••लकडाउन पश्चात् तपाईंको गाउँपालिकामा कति नागरिक आए ? तिनीहरु अहिले कहाँ छन ? उनिहरुको अवस्था कस्तो छ? कति क्वारेन्टाइन बेड निर्माण गर्नु भएको छ ?
    >> लकडाउन अगाडि र लगडाउन पश्चात् भारत र विदेशबाट आउनेको संख्या १ सय ६१ रहेको छ। लकडाउन पहिले आउनुभएका जुन सुरक्षित हुनुहुन्छ उहाँ हरुलाई सुरक्षित साथ होम क्वारेन्टाइनमा अनि अन्यलाई कार्यलयको क्वारेन्टाइनमा राखिएको अवस्था थियो । गुल्मिका सबै स्थानिय तहमध्ये सबैभन्दा बढी क्वारेन्टाइनमा राख्ने गाउँ इस्मा गाउपालिका बजेको छ। अहिलेसम्म इस्मा गाउँपालिकामा ६० जना क्वारेन्टाइनमा राखियो। समय र म्याद सकिएसँगै ४२ जनाको स्वास्थ्य जाच गरि घर पठाइसकिएको छ। अब हामिसँग १८ जना अझै क्वारेन्टाइनमा हुनुहुन्छ ।

    ••क्वारेन्टाइन बेड क्वारेन्टाइन जस्तो भएन भन्ने गुनासो छ ? तपाईंको गाउँपालिकामा कस्तो छ ? अनि क्वारेन्टाइनमा बस्ने हरुलाई खान बस्न अनि स्वास्थ्य चेकजाँचको अवस्था कस्तो छ ?
    >> हिजो मात्र जिल्लाका प्रमुख सिडिय‍ो सर, एसबि, डिएसबि लगायतको टिम हाम्रो इस्मा गाउँपालिकामा अवलोकनका लागि आउनु भएको थियो। छल्दीमा रहेको पालुक माविमा रहेको क्वारेन्टाइन अवलोकन गर्नुभयो। उहाँहरूले एकदमै राम्रो, व्यवस्थित पाइयो भनेर प्रतिक्रिया दिनुभयो । मापदण्डअनुसार भनेको खाना बनाउने मान्छे राखेर बिहान बेलुका खाना, नास्ता सबै राम्रो व्यवस्थापन गरेका छौँ। समयसमयमा माछामासु लगायतका खाना पनि दुवाउदै आएका छौँ । क्वारेन्टाइनमा बस्नेहरु खुसी हुनुहुन्छ । बेडहरु पनि दुरि कायम गरेर बनाइएको हुदा राम्रो गरिएको जानकारी गराउछुँ। उहाँहरुलाई समयसमयमा चेकजाँच पनि गरिएको छ। १४/१५ दिन पुगेर निस्कने बेला पनि चेकजाँच गरेर घर पठाएको अवस्था छ।
    यतिमात्र नभएर गाउपालिकामा क्वारेन्टाइन रहेका स्कुलहरुको नतिजा निकाल्ने जस्ता कार्य सहज होस भनी गाउपालिका नजिक रहेको आनन्दपुर माविमा महिला मात्र र वडा न ३ को थारुङ्गा मा वि मा पुरुष मात्र राख्ने निर्णय पनि गरिएको छ ।

    ••लकडाउनका कारण तपाईंका गाउँपालिकाका नागरिकहरु, श्रमिकहरु अलपत्र परेका छन कि नाई ? केही श्रमिकहरुलाई विभिन्न स्थानीय तहले उद्दार गरेको समाचार हामीले नै सम्प्रेषण गरेका छौँ । यस बारेमा तपाईंको गाउँपालिकाले के सोचेको छ ?
    >> हाम्रा नागरिकहरु त्यसरी अलपत्र, बिचल्ली परेको अवस्था छैन। किनभने विभिन्न ठाउहरुमा सम्पर्क समाज जस्ता संघसंस्थाहरु रहेको हुदा अलपत्रहरुलाई उहाहरुले नै उद्दार गरेको अवस्था छ। त्यस्ता व्यक्तिहरुलाई सोही संघसंस्थाहरुले राहात दिएक‍ो अवस्था छ। विभिन्न व्यक्तिहरुले पनि सहयोग गरिरहनु भएको छ। माननीय गोकर्णराज बिष्ट पनि यहीँ गाउँपालिकाको भएको हुदा काठमाडौ लगायतका ठाउहरुमा उहाकै मातहतमा कोठाकोठामा पुगि सहयोग गरेको अवस्था छ।

    ••कोरोना नियन्त्रणको यो महान अभियानमा तपाईंहरु जुटिरहनुभएको छ।जसको लागि आफ्ना सबै संयन्त्र प्रयोग गरी लागि रहनु भएको छ होला ? यहाँ सम्मको यात्रामा कस्ता-कस्ता चुनौतीहरु खेप्ननु भयो त ?
    >> अवश्य पनि चुनौती त भोग्न परेको छ । क्वारेन्टाइनमा मान्छे राख्न सजिलो छैन उसलाई कन्भिन्स गर्न गार्‍हो छ। कुनै व्यक्तिलाई ल्याएर राख्दा पनि सजिलो छैन। हामिलाई मासुभात चाहियो जस्ता कुरा गर्नुहुन्छ उहाहरुलाई सम्झाउन बुझाउन गार्‍हो छ। राहात संकलनमा गार्‍हो छ। लगडाउन पुर्ण कार्यान्वयनमा चुनौतीपुर्ण छ । गाउमा आउन पाउछ कि नाई भनेर धेरैले सोध्नुहुन्छ तर लकडाउन भर तपाईं जहाँ हुनुहुन्छ त्यहि बसेर सहयोग गर्नुस बरु अापत पर्यो सहयोग चाहियो भने इस्मा गाउपालिका पुर्ण सहयोग गर्ने छ भनी अगाडि बढेको अवस्थामा निकै चुनौती खेप्नु परेको छ ।

    ••कोरोनाका कारण त्रसित बनेका आम इस्मा गाउँपालिका बासीको मनोबल उच्च बनाउनको लागि तपाईंको सन्देश केछ ?
    >> इस्मा गाउँपालिकाबासि मात्र नभएर सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ, दिदिबहिनी तथा आम नागरिकहरुलाई कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट जोगिन अनुरोध गर्दछु। नेपाल सरकारले जारी गरेका सुचनालाई पुर्ण पालना गर्नुहोला। लकडाउन कार्यान्वयनमा सहयोग गर्नुहोस किनभने यो तपाईं आफ्नो सुरक्षाको लागि गरिएको सुरक्षाको उपाय हो। यो विषम परिस्थितिमा आफू पनि बाचौ अरुलाई पनि बचाअौ, सकिन्छ भने दीनदुखिलाई राहातस्वरुप सहयोग गरौँ ।आत्मबल लिएर अगाडी बढौं। साथै अहिलेको समयको लागि समाजिक दुरि कायम गर्न अनुरोध गर्दछु।

    ••हस, समय, संवाद र जानकारीको लागि धन्यवाद उपाध्यक्ष ज्यु,
    >> हजुरलाई पनि धन्यवाद,हजुरको मिडियाबाट इस्मा गाउपालिकाले गरिरहेका कोरोना नियन्त्रण र प्रयासबारे आम इस्माबासि लाई जानकारी दिने उदेश्यले यो अवसर दिनुभएकोमा आभारी छु ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    अन्तरवार्ता सम्बन्धि थप

    छोरी मान्छेहरुलाई चान्स मार्न कसले खोज्दैन र ! तर, आफू सचेत हुनपर्छ-अञ्जली अधिकारी ।

    आत्मबल लिएर अगाडी बढौं। समाजिकदुरी कायम गरौँ

    कोरोना नियन्त्रणमा मालारानी गाउँपालिका : अध्यक्ष बालकृष्ण आचार्यसँगको अन्तर्वार्ता

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑