विश्वव्यापी संकटका रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि रिब्दिकोट गाउँपालिकाले के कस्ता कामहरु गर्दै आएको छ त ? अहिलेसम्म गरेका थुप्रै काम कारबाही बारे रिब्दिकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जि सी सँग बुटवल दैनिकका पत्रकार बिपिन नेपालले गरेको कुराकानी :
•• अध्यक्ष्य ज्यू नमस्कार ,आरामै हुनु हुन्छ ?
<> नमस्कार !! आरामै छु ।
••विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि तपाईंको गाउँपालिकाले के कस्ता कार्यक्रमहरु गरिरहेको छ ? अनि ती कार्यहरू कतिको प्रभावकारी बन्न सकेका छन ?
<> कोरोना भाइरस नियन्त्रणका लागि हाम्रो यस रिब्दिकोट गाउँपालिकाले सुरुवात देखि नै धेरै खाल्को काम गर्दै आएको छ। यसको व्यवस्थापनका लागि हामिले सबैभन्दा पहिले तानसेन नगरपालिका अनुरोधमा एउटा समिति बनाइ काम गरिरहेका छौ। हामीले पहिलो काम ६ वटा वडामा क्वारेन्टाइन बनाएको थिएम भने पछि संख्या बढी हुँदै गएपछि थप २ वटा वडामा क्वारेन्टाइन थपिएको हो। विभिन्न वडामा टिम खटिरहेको छ। सुरुमा हामिले यहि नेपालमा विभिन्न ठाउँमा काम गर्न जानू भएको र अहिले आफ्नो क्षेत्रमा आउनुभएको लाई चौध दिन अनिवार्य होम क्वारेन्टाइनमा बस्न भनेको थिएम भने पछिलो समय नेपाल भित्रै भेटिन थाले पछि हामिले क्वारेन्टाइन हाल्न थालेका हौ । हामिले विभिन्न माध्यम बाट जनचेतनामूलक कार्यक्रम गर्दै घरघरमा गएर सेनिताइजर माक्र्सहरु पनि वितरण गर्दै आएको छौ । हामिले स्वास्थ विभागको टिम पनि खटाएको छौ । यसलाई कडाइका साथ अगाडि बढाइरहेका छौँ । यस अलवा सुरुवात देखि नै विभिन्न जनचेतनामुलक कार्यक्रम गर्दै जनतालाई सचेत बनाईरहेका छौं ।
•• तपाईंको गाउपालिकामा थुप्रै स्वास्थ्य संघसंस्था रहेका छन, ती स्वास्थ्य संघसंस्था लगायत अन्य क्षेत्रमा कति स्वास्थ्यकर्मी परिचालित छन् ? अनि स्वास्थ्य सामाग्रीको अवस्था कस्तो छ ?
<> हजुर भने अनुसार हाम्रो गाउँपालिकामा हरेक वडमा एक एक स्वास्थ्य संस्थाहरु रहेको छ। त्यहाँ काम गर्ने स्वास्थ्यकर्मी सबै आफ्नो ठाउँमा खटिरहनु भएको छ । हामिले स्वमसेवकहरुलाइ समुहमा छुटाएर,उहाँहरुको काम दिएको थियौँ भने, उहाँहरुले आफ्नो काममा खटिरहनु भएको छ, साथै महिला स्वास्थ्य स्वमसविकाहरु पनि खटेर काम गरिरहेको अवस्था छ । स्वास्थ्य सामाग्रीहरुमा अहिलेको समय सम्म केही अभाव भएको छैन, त्यसैले हाम्रो गाउपालिकामा स्वास्थ्य सामाग्री पर्याप्त मात्रामा उपलब्ध छन। हामी छिम अहिले माननीय मन्त्री ज्युहरुले पठाइदिनूभएको हुदा यहाँ थरमल गन, पिपिई, मास्कहरु, अौषधीहरु पर्याप्त मात्रामा छन । स्वास्थ्यकर्मीहरुलाई टिममा छुटाएर काम गरेको हुनाले सहजै रुपमा काम गरिरहेको हुनाले हामीले पाएका छौँ । रिब्दिकोट गाउँपालिका प्रवेश गर्ने हामिले हेल्प डेस्क बनाएर त्यहाँ सुरक्षाकर्मी, स्वास्थ्यकर्मी परिचालन गरेका छौँ । गाउपालिकाका विभिन्न वडामा स्वमसेवक पनि परिचालन गरिरहेको अवस्था छ। स्वमसेवकलाई हामिले सहजको रुमा मोबाइलमा पैसा पनि हाल्देको छौ भने उहाँको स्वास्थ क्षेत्रको जिम्मेवारी पनि लिएका छौ ।
•• यो विपतको समयमा गाउँपालिकाले राहत संकलन तथा वितरण जस्ता कार्य गर्दै आएको होला ? कसरी अगाडि बढ्नु भएको छ ?
<> हाम्रो यस रिब्दिकोट गाउँपालिकाले लगभग १२ लाख जति राहत संकलन गरेको छ। हामीले सुरुमा राहतको लागि भनेर चौधरी ग्रुप र सर्वोत्तम सिमेन्टलाई मागेको तर नदिएपछि ,विपत व्यवस्थापनको लागि भनेर मिडियामा जान्कारी दिएको थियौ । सोहि जानकारी अनुसार हामीलाई विभिन्न चालीस संघसंस्थाहरु र बिधालय बाट संकलन गरिएको छ हामीलाई भैरवनाथ मन्दिर बाट सबैभन्दा धेरै राहत एक लाख र एन आइसी बैंक बाट पचास हजार जति सहयोगभएको थियो भने अन्य विभिन्न संघसंस्थाहरु बाट दस हजार बाट चालीस हजार सम्मको आर्थिक संकलन भएको थियो ।
यसरी यो विपतको समयमा सबैको साथ पाइरहेका छौँ ।
•• लकडाउनका कारण सबैभन्दा बढी मारमा परेका श्रमिकवर्ग हुन । उनीहरुको बारेमा के गर्नु भएको छ ? राहतका कार्यक्रमहरु कसरी अगाडि बढाउनु भएको छ ?
<> एकदम, हामीले गरिब तथा श्रमिकबर्गहरुलाई पहिलो चरणको राहात वितरण कार्य गरिसकेका छौँ । दैनिक ज्याला मजदुर गरेर खाने २०८ घरपरिवारलाई राहत वितरण गरेको छौ । यससँगै पहिलो चरणमा छुट्नै नपर्ने ज्यालादारी मजदुर छुटेको हुदा उहाँहरुलाई लक्ष्यित गर्दै दोस्रो चरणको राहात सामाग्री वितरण पनि गरेको जस्मा ३०० जना घरपरिवार रहेको थियो । हाम्रो यस गाउँपालिकामा धेरै राहत दिने जस्तो मानिस नभएको हुनाले कार्यपालिकाको बैठक बसि अबको चरणका राहात सामाग्री निष्पक्ष तरिकाले मजदुरलाई दिने छौँ र उनिहरुलाइ चाहिँ अबको राहत दिदा केही कामहरु गराएर दिने भनिएको छ जस्मा यता काम पनि हुने र उता मजदुरहरुले भोकै पनि बस्न नपर्ने भएकोले यसरी राहत दिने भनेर सल्लाह भएको छ।
•• नेपाल सरकारले लकडाउन घोषणा गरेको पनि दुई महिना भन्दा बढी भइसकेको छ, लकडाउन लम्बिदै गइरहेको अवस्थामा यहाँ लकडाउन कार्यान्नयनको अवस्था कस्तो छ ? सीमानाकाको निगरानी कस्तो छ ?
<> नेपाल सरकारले घोषणा गरेको लकडाउनलाई पुर्ण समर्थन गर्दै अगाडि गरिरहेका छौँ । यसका लागि हामिले सुरक्षाकर्मी खटाएको छौ । सिमानाकामा पनि पुर्ण निगरानी बढाइएको छ। विभिन्न ठाउँबाट आउनेहरुलाइ सिधै क्वारेन्टाइनमा राखिन्छ । काठमाडौं, बुटवलबाट आउने हरुका लागि पनि हामीले बनाएको सिस्टम अनुसार अगाडि बढिएको छ। हामिले हिज भखरै तानसेन नगरपालिकामा बैठक बसेको थिएम जस्मा अब हाम्रो गाउँपालिकामा भारतमा रोजगारीको सिलसिलामा गरेकालाई अबको केही दिनमा आफ्नो आफ्नो गाउँपालिकामा लेउने भनिएको छ र नेपाल भारत सिमानामा पनि जानकारी दिएको छौ। कार्यालयको क्वारेन्टाइन र होम क्वारेन्टाइनमा राखिको अवस्था छ। सिमानाकामा हेल्प डेस्क बनाएर पनि निगरानी बढाइएको अवस्था छ।
••लकडाउन पश्चात् तपाईंको गाउँपालिकामा कति नागरिक आए ? तिनीहरु अहिले कहाँ छन ? उनिहरुको अवस्था कस्तो छ? कति क्वारेन्टाइन बेड निर्माण गर्नु भएको छ ?
<> लकडाउन अगाडि र लगडाउन पश्चात् भारत बाट कोहिपनी आएको छैनन् तर अब उहाँहरु अब उहाँहरुलाइ छिट्टै लेउने सल्लाह भएको छ । आउनेको संख्या धेरै नभएको र सुरुसुरुमा आउनु भएकोलाइ होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको हो । लकडाउन पहिले आउनुभएका जुन सुरक्षित हुनुहुन्छ उहाँ हरुलाई सुरक्षित साथ होम क्वारेन्टाइनमा अनि अन्यलाई कार्यलयको क्वारेन्टाइनमा राखिएको अवस्था थियो । अहिलेसम्म रिब्दिकोट गाउँपालिकामा २८ जना क्वारेन्टाइनमा राखियो। समय र म्याद सकिएसँगै १२ जनाको स्वास्थ्य जाच गरि घर पठाइसकिएको छ। अब हामिसँग १६ जना अझै क्वारेन्टाइनमा हुनुहुन्छ । क्वारेन्टाइनमा बस्नुभएको कोहिलाइ पनि त्यस्तो जतिल अवस्था छैन ।
•• क्वारेन्टाइन बेड क्वारेन्टाइन जस्तो भएन भन्ने गुनासो छ ? तपाईंको गाउँपालिकामा कस्तो छ ? अनि क्वारेन्टाइनमा बस्ने हरुलाई खान बस्न अनि स्वास्थ्य चेकजाँचको अवस्था कस्तो छ ?
<> हाम्रो गाउँपालिकाको त्यस्तो अवस्था नभएको र हुन पनि नदिने । हाम्रो गाउँपालिकामा त्यस्तै धेरै क्वारेन्टाइनमा नभएकोले हामीलाई अफ्ट्यारो परेको छैन। हुनत भनिहरुले कुनै कुरा छोड्नुन तर पनि हामिहरुले भन्ने बाटो दिदैनौ । अहिले सम्म एकदमै राम्रो, व्यवस्थित तरिकाले अगाडि बढिरहेको छौ। मापदण्ड अनुसार भनेको खाना बनाउने मान्छे राखेर बिहान बेलुका खाना, नास्ता सबै राम्रो व्यवस्थापन गरेका छौँ। हप्ताको एक दिन माछामासु लगायतका खाना पनि खुवाउदै आएका छौँ । क्वारेन्टाइनमा बस्नेहरु खुसी हुनुहुन्छ । बेडहरु पनि दुरि कायम गरेर बनाइए र क्वारेन्टाइनमा बस्नेहरुको लागि ईन्टरनेटको सुबिधा पनि भएको जानकारी गराउछुँ। उहाँहरुलाई समयसमयमा चेकजाँच पनि गरिएको छ। १५ दिन पुगेर निस्कने बेला पनि चेकजाँच गरेर घर पठाएको अवस्था छ।
यतिमात्र नभएर गाउपालिकामा कुनै ठाउँमा ठाउँ अनुकुल भएर बिधालयमै बिधालयको सामान सदुपयोग गरि बनाएको छौ । त्यसमा पनि केही कमि कमजोरी भएक होला तर पनि हाम्रो क्षेत्रबाट राम्रै गरेको छौ। यसै सिलसिलामा हामिले बिधालयको नतिजा पनि निकालेको छौ,कुनै बिधालयमा क्वारेन्टाइन बनाएको हुनाले त्यो बिधालयको बिद्यार्थीहरुको नतिजा परिवारलाई फोन गरेर सुचना दिएको हो ।
••लकडाउनका कारण तपाईंका गाउँपालिकाका नागरिकहरु, श्रमिकहरु अलपत्र परेका छन कि नाई ? केही श्रमिकहरुलाई विभिन्न स्थानीय तहले उद्दार गरेको समाचार हामीले नै सम्प्रेषण गरेका छौँ । यस बारेमा तपाईंको गाउँपालिकाले के सोचेको छ ?
<> यश बारेमा हाम्रा नागरिकहरु त्यसरी अलपत्र, बिचल्ली परेको अवस्था छैन। किनभने विभिन्न ठाउहरुमा हामिले हट लाइन खुलाएको हुनाले त्यस्तो अवस्था अजै आएको छैन ।
•• कोरोना नियन्त्रणको यो महान अभियानमा तपाईंहरु जुटिरहनुभएको छ।जसको लागि आफ्ना सबै संयन्त्र प्रयोग गरी लागि रहनु भएको छ होला ? यहाँ सम्मको यात्रामा कस्ता-कस्ता चुनौतीहरु खेप्ननु भयो त ?
<> अवश्य पनि चुनौती त हुन्छनै यस्तो सारा संसार लकडाउन भएको बेला चुनैती भोग्नुनै पर्छ तर पनि हामी लागि परेको छौ । सबैभन्दा हामीलाई चुनौती क्वारेन्टाइन निर्माण गर्दा परेको थियो। जनताहरुले आफ्नो घर अघि बिधालयमा क्वारेन्टाइन बनाउन नपाइने भनु भएको थियो तर हामिले त्यो चुनौती पार गरि अगाडि बढेको । क्वारेन्टाइनमा मान्छे राख्न सजिलो छैन उसलाई कन्भिन्स गर्न गार्हो छ। कुनै व्यक्तिलाई ल्याएर राख्दा पनि सजिलो छैन। हामिलाई मासुभात चाहियो जस्ता कुरा गर्नुहुन्छ उहाहरुलाई सम्झाउन बुझाउन गार्हो छ। राहात संकलन गर्दा हामिले चौधरी ग्रुप र सर्वोत्तम सिमेन्टलाई सहयोगको लागि भनेको थिएम तर उहाँहरुले नदिए पछि हामीलाई केही गार्हो भयो। लगडाउन लम्बिदै गर्दा चुनौतीहरु पनि आउने गर्दछ। जनताले भनेको नमानेपछि धेरै समस्या देखिनछ। यदि हामिहरु पनि चिन , कोरिया जस्तो देशको मानिस जस्तै अनुशासन भएर भनेको मान्दिनु भयो भने हामीलाई सजिलो हुन्छ । धेरै चुनौती पनि खेप्नु पर्दैन ।
•• लकडाउन पश्चात् तपाईंको गाउँपालिकामा कालो बजारीकरण मौलाएको छ कि छैन ? हजुरको गाउँपालिकामा महिले बुझे र देखे अनुसार युवाहरु जम्मा भएर जुवा खेल्ने , मदिरा सेवन गर्ने बिक्रीवितरण गर्ने तेस्तो खाल्को क्रियाकलाप भएको छ । यसबारे कसरी अगाडि बढाउनु भएको छ ?
<> हजुरले भने अनुसार यो रिब्दिकोट गाउँपालिकामा कालो बजारी नभएको जानकारी दिन्छु । हामिले आठै वटा वडाको अध्यक्ष ज्युहरुलाइ हप्ताको एक दिन आफ्नो वडामा भएको खाद्यान्न पसलहरुमा गएर चेक जाच गर्न भनिएको छ । उहाँहरुल समय तालिका बनाएर खाद्यान्न पसलहरु खुलाउने भनु भएको छ। भने जुवा खेल्ने साथै मदिरा सेवन र बिक्रीवितरण बिषयमा पहिला पनि कुरा आएको हुनाले यस समस्या बारे हामी बैठक बसि सधैको लागि अन्त्य गर्नको निम्ति हामी लागि परेको छौ । जस्मा हामिले यहाँ रहेको प्रहरी साथीहरूलाई झुक्याएर गाउँ डुल्ने र उहाहरुलाइ पहिलो चोटि मौका दिएर छोड्ने ,त्यस पछि फेरि फेला परेको खण्डमा कारबाही गरिने भनिएको छ।
•• कोरोनाका कारण त्रसित बनेका आम रिब्दिकोट गाउँपालिका बासीको मनोबल उच्च बनाउनको लागि तपाईंको सन्देश केछ ?
<> अहिले देखिएको समस्या हाम्रो गाउँपालिकाबासिमा मात्र नभएर सम्पूर्ण नेपालीहरुमा भएको हुनाले सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ, दिदिबहिनी तथा आम नागरिकहरुलाई कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट आफू पनि जोगिन र अरुलाइ पनि जोगाउन अनुरोध गर्दछु। नेपाल सरकारले जारी गरेका सुचनालाई पुर्ण पालना गरि लकडाउन कार्यान्वयनमा सहयोग गरिदिनको लागि अनुरोध गर्छु। किनभने यो तपाईं हामी आफ्नो सुरक्षाको लागि गरिएको सुरक्षाको उपाय हो। हामी सँग यो बहेक अरु कुनै उपाए नभएको हुनाले यसलाई पालना गर्न आग्रह गर्छु । यो विषम परिस्थितिमा आफू पनि बाचौ अरुलाई पनि बचाऔं, सकिन्छ भने दीनदुखिलाई राहातस्वरुप सहयोग गरौँ ।आत्मबल लिएर अगाडी बढौं। साथै अहिलेको समयको लागि समाजिक दुरि कायम गर्न अनुरोध गर्दछु। अन्तिममा हामीले यो भाइरस बाट जतिसक्दो चाडो बिजय प्राप्त गर्छौ।
••हस, समय, संवाद र जानकारीको लागि धन्यवाद अध्यक्ष ज्यू ,
<> हजुरलाई पनि धन्यवाद,हजुरको मिडियाबाट रिब्दिकोट गाउपालिकाले गरिरहेका कोरोना नियन्त्रण र प्रयासबारे आम रिब्दिकोट र अन्य नेपालिहरुमा जानकारी दिने उदेश्यले यो अवसर दिनुभएकोमा हजुर लगाएत हजुरको अन्लाईन समाचार टिम बुटवल दैनिक प्रति आभारी छु । धन्यवाद ।