बिपिन नेपाल – आफ्नै देशमा संभावना हुदा हुदै पनि रोजगार सृर्जना भएन भन्दै धेरै युवाहरु विदेशीनीेको संख्या दिन प्रतिदिन बृद्धी हुदै गएको छ । केही युवामा भने विदेशी भुमिमा बगाउने पसिना आफ्नै देशमा बगाउने उद्देश्य रहेको हुन्छ ।
यस्तै जोश र जागरका साथ अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं ५ का युवा सन्तोष कुवँर ले मालारानी गाउँपालिको वडा नं.७ बामरुकको भुस्पातामा कुनै संघ संस्थाको सयोग बिन आफ्नै लगानीमा “मालारानी बाख्रापालन फर्म संचालनमा ल्याएका छन ।
करीब १५ लाख लगानीमा संचालनमा ल्याएको फर्म लाइ तीन तहमा विभाजित गरे संगै आधुनिक खोरको निर्माण गरीएको छ । २७० बाख्रा अट्ने फार्ममा हाल अष्ट्रेलियन बोयर बोका र स्थानीय जातका बाख्रा रहेका छन । बाख्राको संख्या ५५ रहेको छ ।
पछिल्लो समय धेरै युवा रोजगारको सृर्जना नहुदाँ विदेश पलायन भएका छन ।त्रर मैले आफ्नै ठाउँमा लगानी गरेर अन्य युवा लाई पनि शन्देश प्रभा होस भन्ने उद्देश्यका साथ फर्म संचालनमा ल्याएको जानकारी दिएका छन । व्यावसायिक बाख्रा फार्म संचालनमा ल्याएका कुवँर ले । अब अष्ट्रेलियन बोयर बोका थप्ने योजना रहेको जानकारी दिएका छन ।