• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २६, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

    in
    आज: २०८३ भाद्र २६, शुक्रबार
    होमपेज /  सुचना प्रविधि

    सबैभन्दा बढी रुचाइएका एप्लिकेसन (एप) हरू तथा तिनको रेटिङ

  • बुटवल दैनिक
  • २०७७ जेष्ठ १, बिहिबार (६ साल अघि)
  • ७८० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • फाईल तस्विर

    सन् २०२० को सुरुवातसँगै सूचना–प्रविधिको क्षेत्रमा सबैभन्दा बढी रुचाइएका एप्लिकेसन (एप) हरू तथा तिनको रेटिङ सार्वजनिक भएको छ । एप्लिकेसन रिसर्च एजेन्सी, एप एन्नीले १० वर्षको अवधिमा मानिसले सर्वाधिक रुचाएका एप्लिकेसन तथा उक्त एप्लिकेसनले बनाएको स्थानलाई मूल्यांकन गर्दै एक रिपोर्ट सार्वजनिक गरेको हो ।

    फेसबुकमा पछ्याउनुहोस्

    फेसबुक 

    सन् २०१० देखि २०१९ सम्मको अवधिभर सबैभन्दा धेरै पटक डाउनलोड गरिएका एपमध्ये फेसबुक अग्रस्थानमा छ । १५ वर्षअघि सन् २००४ मा मार्क जुकरबर्गले सामाजिक सञ्जालका रूपमा फेसबुक बनाएका थिए । अहिले यसको प्रयोगकर्ता संसारभर ५ अर्ब पुगेको छ ।

    स्नापच्याट

    एप एन्नीले स्नापच्याटलाई धेरै पटक डाउनलोड गरिएको एप्लिकेसनमध्ये पाँचौं स्थानमा राखेको छ । यो एप प्रयोगकर्ताहरूबीच फोटो तथा स्नापच्याटका लागि प्रख्यात छ । यो एपको माध्यमबाट विभिन्न प्रकारका फोटो बनाउन मिल्छ भने विभिन्न अवतार बनाएर भिडियो च्याट गर्न सकिन्छ । यो एपलाई फेसबुकले सन् २०१३ मा ३ अर्ब डलरमा खरिद गर्ने प्रस्ताव राख्दा स्नापच्याटले इन्कार गरेको थियो । सन् २०१३ मा लन्च गरिएको यो एपको प्रयोगकर्ता अहिले १ अर्बभन्दा बढी छन् ।

    युसी ब्राउजर

    युसी ब्राउजर एक मोबाइल वेब ब्राउजर हो । यसलाई सिंगापुर र चीनमा आधारित मोबाइल इन्टरनेट कम्पनी युसी वेबद्वारा विकसित गरिएको हो, जुन कम्पनी हाल अलिबाबा समूहको स्वामित्वमा रहेको छ । यो एप गुगल क्रोमभन्दा बढी लोकप्रिय छ । युसी ब्राउजरलाई सन् २००४ मा लन्च गरिएको थियो । अहिले यसका प्रयोगकर्ता ५ अर्बभन्दा बढी छन् ।

    ह्वाट्सएप

    तेस्रो स्थानमा पनि फेसबुक परिवारकै ह्वाट्सएप रहेको छ । सन् २००९ मा जान कौम तथा ब्रायन एक्टनले यसको निर्माण गरेका थिए, तर फेसबुकले सन् २०१४ मा १९ अर्ब डलरमा यसलाई खरिद गरेको थियो । अहिले संसारभर यसका प्रयोगकर्ता १ अर्बभन्दा धेरै छन् । ह्वाट्सएप च्याटिङ, फाइल ट्रान्सफर, अडियो तथा भिडियो कलका लागि राम्रो मानिन्छ ।

    स्काइपी

    यो एप आजभन्दा १६ वर्षअघि प्रयोगमा आएको एप हो । सन् २००३ मा स्वीडेनका निक्लास जेनस्ट्रोम तथा डेनमार्कका जानस फ्रिइसद्वारा यसको स्थापना भएको थियो । स्काइपीको सफ्टवेयर भने एस्टोनियस अहि हेनला, प्रित केसलालु तथा जान टल्लिनले बनाएका हुन् । हाल विश्वका १ अर्ब मानिसले स्काइपीको आनन्द लिइरहेका छन् ।

    युट्युब

    युट्युब एक अमेरिकी भिडियो साझेदारी प्लेटफर्म भएको एप हो । सन् २००५ मा अमेरिकी नागरिक चाड हर्ली, स्टिव चेन तथा जावेद करिमले यसको निर्माण गरेका थिए । हाल गुगलको स्वामित्वमा रहेको यो एप सन् २००६ मा १६ खर्ब ५० अर्ब अमेरिकी डलरमा गुगलले किनेको थियो । भिडियोका लागि लोकप्रिय मानिएको यो एपका प्रयोगकर्ता अहिले विश्वभर ५ अर्बभन्दा बढी छन् ।

    इन्स्टाग्राम

    इन्स्टाग्राम प्रयोगकर्ताहरूबीच फोटो तथा भिडियोहरूका कारण लोकप्रिय छ । प्रयोगकर्ताहरूले यसमा आफ्ना दैनिकी पनि अपलोड गर्ने गर्छन् । त्यस्तै अनलाइन मार्केटिङका लागि पनि अहिले इन्स्टाग्राम उपयुक्त माध्यम बनिरहेको छ । सन् २०१० मा केबिन सिस्ट्रोम र माइक क्रेगरले स्थापना गरेको यो एप अहिले फेसबुकको स्वामित्वमा रहेको छ । त्यसैकारण यो एप फेसबुकसँग कनेक्ट गरेर पनि चलाउन मिल्छ । अहिले संसारभर यसका प्रयोगकर्ता १ अर्बभन्दा बढी छन् ।

    का प्रयोगकर्ता अहिले विश्वभर ५ अर्बभन्दा बढी छन् ।

    फेसबुक म्यासेन्जर 

    एप्लिकेसन रिसर्च एजेन्सी एप एन्नीले फेसबुक कम्पनीकै म्यासेन्जर सर्वाधिक रुचाइएको एपको दोस्रो स्थानमा राखेको छ । फेसबुकले सन् २०११ मा यसलाई प्रयोगमा ल्याएको थियो । आठ वर्षअघि प्रयोगकर्ताहरूमाझ आएको यो एप मूलत: अडियो तथा भिडियो कलका कारण लोकप्रिय छ । प्रयोगकर्ताहरूले यो एपलाई १ अर्ब पटकभन्दा बढी डाउनलोड गरेका छन् ।

    टिकटक

    धेरै रुचाइएका एपहरूमा टिकटक सातौं स्थानमा रहेको छ । यसको स्वामित्व बाइटड्यान्स नामक चिनियाँ प्रविधि कम्पनीसँग रहेको छ । यसलाई झाङ यिमिङले सन् २०१२ मा स्थापना गरेका थिए । चीनमा प्रयोग हुँदै आएको यो एपको आधिकारिक प्रयोग भने सन् २०१७ बाट चीनबाहिरका देशहरूमा गरिएको हो । टिकटकभन्दा अगाडि यसको जस्तै फिचर भएको म्युजिकल्ली एप चर्चामा रहेको थियो, तर सन् २०१७ नोभेम्बर ९ मा टिकटकको कम्पनी बाइटड्यान्सले आफ्नो प्रतिस्पर्धी एप म्युजिकल्लीलाई १ अर्ब अमेरिकी डलरमा खरिद गरेको थियो । अहिले यसका प्रयोगकर्ता ५ अर्बभन्दा बढी छन् ।

    ट्विटर

    यो एप १३ वर्षअघि स्थापना भएको एप हो । सन् २००६ मा ज्याक डोर्सी, नूह ग्लास, बिज स्टोन तथा इभान विलियम्सले यसको स्थापना गरेका थिए । ट्विटर विश्वभर सूचनामूलक जानकारीका कारण प्रख्यात मानिन्छ । जापनिज, चाइनिज तथा कोरियन भाषाबाहेक अन्य सबै भाषामा यो एप उपलब्ध छ । हाल यसका प्रयोगकर्ता ५ अर्बभन्दा बढी छन् ।

    • #सूचना–प्रविधि
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    सुचना प्रविधि सम्बन्धि थप

    सम्मरीमाईमा सामाजिक सुरक्षा तथा अनलाइन व्यक्तिगत घटना दर्तको उद्घाटन 

    डायनामिक टेक्नोसफ्टको नयाँ शाखा बुटवलमा , क्यान महासंघका अध्यक्षद्वारा उद्घाटन

    के हो त रेड मर्करी ? किन करोडौं पर्ने लोभ देखाइरह्का छन त ?

    दुर्गम गाउँमा इन्टरनेट पुर्याउनमा व्यक्तिगत प्रयास

    युवतिले बनाइन बलात्कार हुनबाट बचाउने पेन्टी

    नेपालमा भित्रियो विद्युतिय मोटरसाइकल, कति पर्छ मूल्य हेर्नुहोस् ।

    समाचार

    भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

    तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

    भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑