• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १९, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

      जेठो छोराको हत्या भएको खबरले आमाको ज्यान गयो, मलेसियाबाट फर्किँदै श्रीमान्

      रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

      तीन वर्षीया बालिकाको हत्या प्रकरण: शव खोज्न प्रहरीलाई सघाइरहेका थिए सहचालक, कुकुरले संकेत गरेपछि पक्राउ

      छानबिन समितिको निष्कर्ष– सुनसरी र सिरहामा बाहिरी घुसपैठ थिएन,दोषीमाथि कारबाही सिफारिस

    in
    आज: २०८३ भाद्र १९, शुक्रबार
    होमपेज /  प्रदेश न्युज

    के हो त रेड मर्करी ? किन करोडौं पर्ने लोभ देखाइरह्का छन त ?

  • बुटवल दैनिक
  • २०७७ मंसिर १०, बुधबार (५ साल अघि)
  • ४०२० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १५ मिनेट
  • फाईल तस्विर

    केहीदिनयता फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा पुरानो टिभी र रेडियोमा रेड मर्करी भनिने पदार्थ पाइने र त्यो बिक्री गरेमा ठूलो रकम हात पर्ने दाबी सहितका पोष्ट सेयर गरिएका छन् ।

    पुरानो टिभी रेडियोमा रेड मर्करी हुन्छ जुन एक ग्रामको करोडौँ रुपैयाँ आउँछ । युट्युबमा हेर्नुहोला,” मयुर श्रेष्ठ नाम गरेका फेसबुक प्रयोगकर्ताले रातो झोल पदार्थ भएको एउटा सानो सिलिन्डरको तस्बिरसहित सो सामग्री भए सम्पर्क गर्न भनेका छन् ।

    एउटा ट्वीटर थ्रेडमा प्रतिक्रिया जनाउँदै सदिक्षा कार्कीले लेखेकी छन्, “फिलिप्स कम्पनी आफैले खोजेको रैछ । रेडियोमा प्रयोग भएको यो सामान दुर्लभ भएकाले जर्मनीदेखि पठाएर नेपाल र भारतमा यसको खोजीकार्य व्यापक गरिएको छ । कोहीसँग भए जानकारी पाउँ ।”

    त्यस्ता फेसबुक पोष्टमा अधिकांशले आफूसँग उक्त सामग्री भएको प्रतिक्रिया जनाएका छन् भने स्टाटस शेयर गर्ने प्रयोगकर्ताले सम्पर्क गर्न भनेका छन् ।

    रेड मर्करी के हो ?

    रेड मर्करी सामाजिक सञ्जालमा दाबी गरिएजस्तो कुनै बहुमुल्य वस्तु नभई दशकौँदेखि फैलाइएको भ्रामक सूचना भएको पाइएको छ । यसको अस्तित्व बारेमा यकिन नभए पनि यो दशकौदेखि (खासगरी शीतयुद्ध यता) एक रहस्यमय पदार्थको रुपमा रहिआएको छ ।

    सन् २०१९ मा बिबिसीमा प्रकाशित एक लेखमा सामाजिक संजाल र वेबसाइटमा यसको व्यापक माग भएको भन्दै विज्ञापन गरिएको उल्लेख छ । न्युयोर्क टाइम्स म्यागेजिनमा युद्ध संवाददाता सिजे चिभर्सको ‘द डुम्सडे स्क्याम’ शीर्षक लामो लेख प्रकाशित छ । उक्त लेखमा इस्लाम उग्रवादी आइसिसले समेत यसको खोजी गरेको विवरण छ ।

    यी लेखहरुबाट के निष्कर्ष निकाल्न सकिन्छ भने, यस अप्रमाणित पदार्थलाई विभिन्न देशमा ठगहरुले सर्वसाधारणलाई ठग्नका लागि प्रयोग गरेका छन् । सन् २००७ मा चार जना वैज्ञनिकले गरेको रेड मर्करी सम्बन्धी अनुसन्धान साइन्स डाइरेक्ट नामक जर्नलमा ‘एनालिसिस अफ एन अब्जेक्ट एज्युम्ड टु कन्टेन रेड मर्करी’ शीर्षकमा प्रकाशित भएको थियो । उक्त शोधको निष्कर्षमा पनि प्राप्त नमुनामा रेड मर्करी भन्ने पदार्थ नपाइएको जनाइएको थियो ।

    बेलायतस्थित एसआरएम नामक जोखिम मुल्यांकन र गुप्त सूचनाको क्षेत्रमा कार्यरत संस्थाका अनुसार अमेरिकी भौतिकशास्त्री स्यामुअल कोहेनजस्ता केहीले यसको अस्तित्व दाबी गरेपनि यसको चर्चा षड्यन्त्र सिद्धान्त फैलाउनेहरु माझ मात्र सीमित रहेको छ । नेपालीमा पारो भनिने मर्करी आणविक हतियार बनाउन प्रयोग हुने पदार्थ हो । लेदोजस्तो यो पदार्थले ठूलो मात्रामा ताप धान्न सक्छ । औषधोपचारका लागि पनि यसको प्रयोग गरिन्छ ।

    गत सेप्टेम्बर महिनादेखि भारतमा यसबारे भ्रामक सूचना फैलिएको थियो । हिन्दी भाषामा सामाजिक सञ्जाल र युट्युबमा यसबारे विभिन्न सामग्री प्रकाशित गर्दै यसको मुल्य लाखौं पर्ने दाबी गरिएको थियो । भारतको फ्याक्टली नामक तथ्य जाँच गर्ने वेबसाइटले उक्त अफवाहको तथ्य जाँच गरेकाे छ ।

    नेपालमा ‘नेपाली पुरानो पैसा’ नामक ५७ हजारभन्दा बढी प्रयोगकर्ता रहेको फेसबुक ग्रुपमा यसबारे चर्चा गरिएको छ । पुराना सिक्का र नोटबारे पोष्ट शेयर गरिने उक्त फेसबुक ग्रुपमा रेड मर्करी भन्दै सानो बोतलमा रातो झोल भएको तस्बिर शेयर गरिएको छ । विभिन्न प्रयोगकर्ताले आफूसँग त्यो भएको वा किन्न इच्छुक भएको बताएका छन् ।

    “रेड मर्करी नामक कुनै रसायन वा पदार्थ अस्तित्वमा छैन,” काठमाडौ इन्स्टिच्युट अफ एप्लाइड साइन्ससँग आबद्ध वैज्ञानिक बसन्त गिरीले साउथ एसिया चेकलाई बताए । “त्यो रातो रंगको तरल पदार्थ रेड डाई वा मर्करीको कुनै कम्पाउण्ड हुनसक्छ । तर यसको कुनै विशेष मुल्य छैन । बरु मर्करी मिसिएको पदार्थ विषालु हुनसक्छ ।”

    उनले थपे, “पुराना रेडियो वा टिभी जस्ता विद्युतीय सामानमा लिड (शिशा) जस्ता भारी सामग्री हुनसक्छन् । त्यस्ता विषालु सामग्रीलाई रिसाइकल गर्न सकिन्छ । तर ती बहुमुल्य होइनन् ।”

    • #रेड मर्करी
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    प्रदेश न्युज सम्बन्धि थप

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

    नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

    कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

    भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

    समाचार

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

    नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑